युवाहरूले गरे जिल्लापाललाई जीम खोलिदिने अनुरोध

युवाहरूले गरे जिल्लापाललाई जीम खोलिदिने अनुरोध
Please Like and Share our website Samay Dainik

युवाहरूले गरे जिल्लापाललाई जीम खोलिदिने अनुरोध

गान्तोक, 9 जुलाई (हिस)।
बडीबिल्डर सञ्जय छेत्री बुढ़ाथोकीको समर्थनमा रम्फूका केही युवाहरू अघि आएका छन्। उनीहरूले आज प्रेस क्लब अफ सिक्किममा एक संवाददाता सम्मेलन आयोजन गरेर उनीहरू सञ्जय छेत्री बुढ़ाथोकीको साथमा रहेको बताउँदै उनीप्रति ऐक्यबद्धता प्रकट गरे। उल्लेखनीय छ, बडीबिल्डर सञ्जय छेत्री बुढ़ाथोकीद्वारा रम्फूमा सञ्चालित एउटा जीम पूर्व जिल्ला प्रशासनले सिल गरिदिएको छ। लकडाउनको समयमा पनि जीम खोलेको आरोपमा प्रशासनले उनको जीम सिल गरेको बताइएको छ। अर्कोतिर, बडीबिल्डर छेत्रीले जिल्ला प्रशासनमाथि भेदभाव अनि आफुलाई मात्र टार्गेट गरिएको आरोप लगाएका छन्। उनको जीम अझै पनि खोलिएको छैन।

 

बडीबिल्डर छेत्रीको पक्षमा बोल्दै शेखर राईले भने, ‘जिम किन बन्द गरियो, त्यो हामीलाई थाहा छैन, तर जीम बन्द हुँदा हामीलाई धेरै नोकसान भइरहेको छ। सञ्जय छेत्रीले धेरै युवाहरूलाई ड्रग्स र अन्य कुलतहरूबाट निकालेर स्वास्थ्यप्रति सचेत गर्ने काम गरिरहेका छन्। तर, आज अचानक जीम बन्द हुँदा युवाहरू फेरि कुलततिर फर्कने डर बढ्न थालेको छ।’ आपदा प्रबन्धन अधिनयमको अनुसार हो भने जीम अस्ति नै खोलिनुपर्ने हो, तर अझै पनि नखोलिँदा हामी यसरी मीडिया समक्ष आएर गुहार लगाउन बाध्य बनेका छौ भनी उनले बताए।

 

उनले जिल्लापाललाई जिम चाँड़ोभन्दा चाँड़ो खोलिदिने अनुरोध गरे।यसैगरी, अभिषेक दर्नालले खेलकुदको साटो आफुहरू बडीबिल्डिङको क्षेत्रमा आएको, तर जीम बन्द हुँदा धेरै समस्या भइरहेको बताए। उनले सञ्जय छेत्रीको पक्षमा बोल्दै एक प्रगतिशील युवामाथि यस्तो घटना हुँदा धेरै दुख लागेको बताए। यसै क्रममा प्रशान्त प्रधानले पनि जीम बन्द हुँदा कुलतबाट बडीबिल्डिङमा आएका युवाहरू फेरि ड्रग्स जस्तो कुलतमा फँस्न सक्ने बताए।

युवाहरूले गरे जिल्लापाललाई जीम खोलिदिने अनुरोध


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment