नयाँ शिक्षा नीतिमाथि सिक्किम राज्य विश्वविद्यालयको राष्ट्रिय वेभिनार सम्पन्न

नयाँ शिक्षा नीतिमाथि सिक्किम राज्य विश्वविद्यालयको राष्ट्रिय वेभिनार सम्पन्न
Please Like and Share our website Samay Dainik

गान्तोक, 1 अक्टोबर।
सिक्किम राज्य विश्वविद्यालयले आज नयाँ शिक्षा नीतिमाथि राष्ट्रिय वेभिनार आयोजन गर्‍यो। विश्वविद्यालयको संस्कृत तथा नेपाली विभागको संयुक्त आयोजनामा सम्पन्न यस राष्ट्रिय वेभिनारको विषय ‘भारतीय भाषाहरूको भविष्य : राष्ट्रिय शीक्षा नीतिका सन्दर्भमा’ रहेको थियो।
वेभिनारको उद्घाटन मुख्य अतिथि एवं पञ्जाब विश्वविद्यालयका सम्मानित प्रोफेसर तथा महाराणा प्रताप विश्वविद्यालय उदयपुर, देश भगत् विश्वविद्यालय तथा खालसा विश्वविद्यालयका पूर्व कुलपति प्रो. एस.एस. चहालले गरेका थिए। सरकारी संस्कृत महाविद्यालय, साम्दोङ एवं संस्कृत भारती, उत्तर बङ्गालको सहयोगमा आयोजित यस राष्ट्रिय वेभिनारको अध्यक्षता सिक्किम राज्य विश्वविद्यालका कुलपति प्रो. जीके निरौला छेत्रीले गरेका थिए।
वेभिनारमा वीजभाषण राख्दै संस्कृत भारतीका सङ्गठन सचिव दिनेश कामतले विश्वका समृद्धशाली देशहरू स्वीट्जरल्याण्ड, नर्वे, इटाली, जर्मनी, सिङ्गापुर, जापान, फ्रान्स, आयरल्यान्ड, चीन, ग्रीस आदिको उदाहरण दिँदै ती देशमा शिक्षाको माध्यम मातृभाषामा रहेको उल्लेख गरे। नयाँ शिक्षा नीतिले हामीलाई मातृभाषामा शिक्षा ग्रहण गर्ने अवसर प्रदान गरेको छ, त्यसको हामीले लाभ उठाउनुपर्छ, नयाँ शिक्षा नीति पाश्चात्यमुखीबाट भारतमुखी बनेको उनले उल्लेख गरे।

नयाँ शिक्षा नीतिमाथि सिक्किम राज्य विश्वविद्यालयको राष्ट्रिय वेभिनार सम्पन्न

संस्कृत प्रमोसन फाउन्डेसनका निर्देशक एवम् संस्कृत भारतीका पूर्व अध्यक्ष डा. चाँदकिरण सलुजाले आफ्नो वक्तव्यमा नयाँ शिक्षा नीतिले स्थानीय भाषालाई उच्च प्राथमिकता दिएको उल्लेख गर्दै स्थानीय भाषाका विशेषज्ञहरूलाई शिक्षकका रूपमा नियुक्त गर्ने प्रावधान प्रदान गरेको बताए। भारतमा पहिलोपल्ट शिक्षा नीतिले युरोपीयकरणबाट भारतलाई भारतीयकरण गरेको उल्लेख गर्दै हामीले यसको महत्त्व बुझ्न आवश्यकछ भने। भारतका धेरै भाषा आज लोपोन्मुख अवस्थामा पुगेको उल्लेख गर्दै यी भाषालाई बचाउन शिक्षा नीतिले महत् भूमिका निर्वाह गर्ने विचार राखे। स्थानीय भाषालाई डिजिटलीकरण गर्नका लागि नीतिमा प्रावधान गरेको उनले उल्लेख गरे। शिक्षा नीतिले प्राचीन भारतीय संस्कृतिलाई ग्रहण गरेको पनि सलुजाले उल्लेख गरे।
काशी हिन्दू विश्वविद्यालको भारतीय भाषा विभाग प्रमुखडा. दिवाकर प्रधानले आफ्नो मनतव्य राख्दै संस्कृत भाषाले भारतका विभिन्न मातृभाषाहरूको संरक्षण गर्न आवश्यक रहेको छ भन्दै मातृभाषामा धर्म प्रचार गर्न आवश्यक रहेको उल्लेख गरे। भाषाले देश बनाउनेछ, भाषा नबचाए देश मासिनेछ, उनले भने। उनले नेपाली भाषामा विदेशी आगन्तुक भाषाका शब्दहरूको प्रयोग बढ़ेको चिन्ता प्रकट गर्दै बङ्गला, तमिल, कन्नड भाषाले जस्तो संस्कृतका शब्दलाई बढ़ी प्रयोग गर्न आग्रह गरे।
नरबहादुर भण्डारी सरकारी महाविद्यालय, तादोङका लिम्बू विभाग प्रमुख डा. एबी सुब्बाले राज्य सरकारसित स्थानीय भाषाका शिक्षकहरूको नियुक्तिमा प्राथमिकता दिन आग्रह गरे। जनजाति अनुसन्धान संस्थान, सिक्किमका विशेष अधिकारी टीटी लेप्चाले नयाँ शिक्षा नीतिले स्थानीय भाषालाई उच्च प्राथमिकता दिएको उल्लेख गर्दै उनले लेप्चा भाषाको सम्बर्द्धन र विकासमा ध्यान दिन आवश्यक रहेको बताए। नरबहादुर भण्डारी सरकारी महाविद्यालय, तादोङका भोटिया विभाग प्रमुख डा. नामडोल भोटियाले स्थानीय भाषाको विकासका लागि शिक्षक-विद्यार्थी अनुपातमा केही छुट दिनु पर्ने तथा सिक्किमका विकासन्मुख भाषाको विकासमा सबै तहबाट सहयोग आवश्यक रहेको उल्लेख गरे।
मुख्यअतिथि प्रो. एस एस चाहालले शिक्षा नीति त आएको छ, अब यसलाई कसरी कार्यन्वयन गर्ने हो त्यो महत्त्वपूर्ण छ भन्दै नयाँ शिक्षा नीतिले बहुभाषिक प्रणालीलाई उच्च प्राथमिकता दिएको उल्लेख गरे। उनले सैद्धान्तिकताभन्दा बढ़ी व्यावहारिकतालाई महत्त्व दिन आग्रह गरे। शिक्षा नीतिलाई सफल बनाउन व्यापक जनसहभागिता हुनु पर्ने बताए। अध्यक्षीय सम्भाषण राख्दै विश्वविद्यालयका कुलपति प्रो. जीके निरौला छेत्रीले शिक्षा नीति जस्तो महत्वपूर्ण विषयमा राष्ट्रिय वेभिनार आयोजन गर्न सफल भएकोमा नेपाली एवं संस्कृत विभागलाई बधाई दिँदै यस विषयमा अझ छलफलको आवश्यकता रहेको उल्लेख गरे।
वेभिनारमा संस्कृत महाविद्यालयकी अध्यापिका नीता शर्माले ध्येयमन्त्र पाठ गरेकी थिइन भने पाचेखानी संस्कृत विद्यालयकी शिक्षिका अमृता शर्माले संस्कृतगीत प्रस्तुत गरिन्। संस्कृत महाविद्यालयका प्राचार्य शिवप्रसाद पोखरेलले अतिथिहरूको परिचय राखेका थिए भने आयोजक समितिका संयोजक डा. प्रदीप लुइँटेल शर्माले स्वागत सम्बोधन एवं सह संयोजक डा. केशव पोखरेलले धन्यवाद ज्ञापन गरेका थिए। कार्यक्रमको सञ्चालन नेपाली विभागका सहायक प्राध्यापक डा. पारसमणि दङ्गालले गरेको जानकारी वेभिनारका संयोजक एवं संस्कृत विभागका प्राध्यापक डा. प्रदीप लुइँटेलद्वारा जारी प्रेस विज्ञप्तिमा दिइएको छ।

नयाँ शिक्षा नीतिमाथि सिक्किम राज्य विश्वविद्यालयको राष्ट्रिय वेभिनार सम्पन्न


Please Like and Share our website Samay Dainik

Related posts

One Thought to “नयाँ शिक्षा नीतिमाथि सिक्किम राज्य विश्वविद्यालयको राष्ट्रिय वेभिनार सम्पन्न”

  1. I am very happy to be a part of today’s discussion.

Leave a Comment