कोभिड-19 को खोप जाइकोभ-डी को मानव परिक्षण शुरू

कोभिड-19 को खोप जाइकोभ-डी को मानव परिक्षण शुरू
Please Like and Share our website Samay Dainik

नयाँ दिल्ली, 16 जुलाई।
जाइडस केडिला औषधी कम्पनीले कोभिड-19 को खोप जाइकोभ-डी को मानव परिक्षण शुरू गरेको छ। प्लाजमा आधारित डीएनए खोप जाइकोभ-डी को नमूना तयार पार्ने र यसलाई विकसित गर्ने काम जाइडस केडिलाले गरेको छ। जैवप्रौद्योगिकी विभागले यसमा आंशिक रूपमा वित्तीय सहायता उपलब्ध गराएको छ। भारत बायोटेकद्वारा विकसित खोप-को भ्याकसिनपछि यो दोस्रो टिका हो र यसको प्रयोग गर्ने अनुमति केन्द्रिय औषधी नियन्त्रण संस्थानले दिएको छ। जाइडस केडिलाद्वारा विकसित जाइडस-डी टिका र यसको मानव प्रयोगमाथि कोभिड-19 का निम्ति खोप विकास कार्यक्रमका लागि एउटा माइलखुट्टी मानिएको छ। केन्द्रिय स्वस्थ्य एवं परिवार कल्याण मन्त्री डा. हर्षवर्द्धनले जाइडस केडिलाद्वारा विकसित कोभिड-19 खोप जाइडस-डी को मानव प्रयोग आत्मनिर्भर भारतका लागि महत्वपूर्ण पाइला भएको बताएका छन्।

कोभिड-19 को खोप जाइकोभ-डी को मानव परिक्षण शुरू


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment