केन्द्र सरकारबाट दिइने प्याकेजको हिस्सा हस्टपिटालिटी सेक्टरलाई राहत दिन खर्चनुपर्छ ः दिले नामग्याल बर्फुङपा

केन्द्र सरकारबाट दिइने प्याकेजको हिस्सा हस्टपिटालिटी सेक्टरलाई राहत दिन खर्चनुपर्छ ः दिले नामग्याल बर्फुङपा
Please Like and Share our website Samay Dainik

गान्तोक 1 जून।
सिक्किममा सत्ता परिवर्तन भएको एक वर्षपछि नयाँ सरकारको कार्यकौशलको पर्यालोचना गर्दै सिक्किम नेशनलिष्ट पिपल्स पार्टी (एसएनपीपी) ले सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारले आफ्नो बाचाहरू र घोषित मुद्दाहरूमा आधामात्र सफल भएको अनि आधा असफल भएको मन्तव्य व्यक्त गरेको छ। राजधानी गान्तोकमा पत्रकार सम्मेलन आयोजन गरेर एसएनपीपीका अध्यक्ष दिले नामग्याल बर्फुङपाले एसकेएम सरकारको काम गरिगराईलाई दशमा पाँच अङ्क दिने दाबी गरे।

उनले भने, अहिले एक साल पूरा गरेकोमा एसएनपीपीको तर्फबाट सरकारलाई बधाई दिन्छौं एक साल पूरा गरे पनि सही रूपमा काम गर्ने मौका नपाएको कारण सरकारले आफ्ना बाचाहरू पूरा गर्न नसकेको होला हामीले कोभिड-19 को कारण सरकारले गर्नुपर्ने कार्यहरूमा आएको रोकावटको बारेमा पनि बुझिदिनुपर्छ। उनले अर्कोतिर सरकारले सत्तामा आउन अघि गरेका प्रतिज्ञा र सरकारमा आएर गरेका विभिन्न अधिसूचनाको आधारमा भने अहिलेसम्म काम नभएको भन्दै असन्तुष्टि पोखे। उनले भने, पहिलो अप्रेलदेखि नियुक्ति र अन्य कुरा गरिँदैन भनेर अधिसूचना जारी गरिन्छ तर त्यही अधिसूचनाको उल्लंघन गर्दै नियुक्ति र एक्सटेन्सन दिइन्छ जुन सरकारको गल्ती हो।

यसैगरी उनले एक्सटेन्सन दिनको साटो सबैलाई नोकरीको समय सीमा बडाएर 60 वर्ष गरिदिनुपर्ने कसैलाई भेदभाव नगर्नुपर्ने माग राखे। अर्कोतिर कोभिड 19 को महामारीले प्रभावित चालक, होटल, पर्यटन व्यावसाय र अन्य साना साना व्यापारीहरूलाई परेको मार्गबारे सरकारले ध्यान दिएर उनीहरूलाई मासिक रूपमा राहत प्रदान गर्नुपर्ने बताए। केन्द्र सरकारले घोषणा गरेको 20 लाख करोड़ रूपियाँको राहत प्याकेजबाट सिक्किमले पाउने हिस्सालाई सिक्किमको अतिथि सत्कारको क्षेत्रमा रहेको पर्यटन, होमस्टे, होटल र अन्य व्यावसायलाई राहत दिन र विकास गर्नमा खर्च गर्नुपर्ने माग राखे। चालकलाई वाहनको लोनको इएमआई पूर्णरूपमा तीन महिनाको मिनाहा गर्नुपर्ने माग राखे।
यसैगरी चालकहरूलाई राहत दिन राज्य सरकारले तेलमा लगाएको कर हटाएर पनि राहत दिनुपर्ने बताए। अर्कोतिर राज्य सरकारले चुबुर चुबुर होइन तर एक मुष्ठरूपमा जनतालाई राहत सामग्री वितरण गर्नुपर्ने माग पनि राखे।

अर्कोतिर उनले राज्यमा कोरोनाको महामारी भरि जनतालाई सबै प्रकारको निःशुल्क औषधी उपलब्ध गराउनुपर्ने बताए। अर्कोतिर राज्य सरकारले गठन गरेको इकोनमिक रिभाइभल कमिटिले राज्यको सबै विपक्षी दलका प्रतिनिधिहरूबाट पनि सुझाउ र सल्लाह लिएर राज्यको खस्किन्दो अर्थनीतिलाई सुधारने दिशामा पहल गर्नुपर्ने बताए। एसएनपीपीले आवश्यक परेकाहरूलाई अहिले सहयोग गर्दै आएको अनि आफ्नो जिम्मेवारी पूर्ण रूपमा निर्वाह गरिरहेका पनि दाबी गरे।

केन्द्र सरकारबाट दिइने प्याकेजको हिस्सा हस्टपिटालिटी सेक्टरलाई राहत दिन खर्चनुपर्छ ः दिले नामग्याल बर्फुङपा


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment