6 महिनापछि अन्तर राज्य आवगमन खुल्ला

6 महिनापछि अन्तर राज्य आवगमन खुल्ला
Please Like and Share our website Samay Dainik

गान्तोक, 1 अक्टोबर (हिस)।
सिक्किम सरकारले आज बिहीबारदेखि अन्तर राज्य आवगमन पूर्णरूपमा खुल्ला गरिदिएको छ। आजदेखि मानिसहरूका साथै वाहनहरूको आवगमन पनि पहिले सरह खुल्ला भएको छ। देशलगायत सिक्किममा कोरोना भाइरसको सङ्क्रमण फैलिन थालेपछि लकडाउन लागू गरिएको थियो। राज्यभित्र स्थितिलाई ध्यानमा राख्दै समय समयमा लकडाउन खकुलो गरिएको भए तापनि अन्तर राज्य आवगमनमा भने पूर्णरूपमा छुट दिइएको थिएन।
लगभग 6 महिनाको लामो समयपछि आजदेखि अन्तर राज्य आवगमनका साथै राज्यव्यापी रूपमा सबै प्रकारका आवगमनहरू पनि खुल्ला गरिएको छ। आज प्रथम दिन सामान्यभन्दा वाहनहरूको चलाचल निकै देखियो। विशेष रूपमा राज्यबाट बाहिर चल्ने र राज्य बाहिरबाट सिक्किम आउने वाहनहरूको चलाचल पनि बढेको थियो। आवगमन खुल्ला भएपछि विशेषगरि चालक समुदायमा हर्षको माहोल रहेको छ। यद्यपि, बढ्दो कोरोना महामारीका कारण पहिले सरह मानिसहरूलाई खुलेर अघि आएर यात्रा गरेको भने देखिएन। अर्कोतिर, यात्रीहरूको निम्ति वाहनको भाड़ा पनि ठूलो समस्या बनेको देखियो।

विशेषगरि राज्य सरकारद्वारा जारी गरिएको दिशानिर्देशअनुसार साना वाहनहरूमा तीनजना र ठूला वाहनहरूमा पाँचजना (चालक बाहेक) यात्रा गर्नु पाउने छ। तर, यसमा यात्रीहरूको भाडा भने निर्धारित गरिएको छैन, जसकारण यात्रीहरूबाट अधिक भाडा उठाउन सकिने समस्या देखिएको छ। यसैगरी, निर्धारित यात्रीहरू लिएर हिड्दा पनि चालकहरूलाई मर्का पर्ने भनाइ रहेको छ। देवरालीस्थित मेनलाइन ट्याक्सी स्ट्याण्डबाट आज दार्जीलिङ, सिलगढीसहित अन्य गन्तव्यतिर वाहन चलेको थाहा लागेको छ।

6 महिनापछि अन्तर राज्य आवगमन खुल्ला


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment