सिक्किममा कोरोना सङ्क्रमणको दुई नयाँ मामिला

सिक्किममा कोरोना सङ्क्रमणको दुई नयाँ मामिला
Please Like and Share our website Samay Dainik

गान्तोक, 25 जून (हिस)।
सिक्किममा फेरि कोरोना सङ्क्रमणको दुइवटा पोजिटिभ मामिला थपिएको छ। अब कूल कोरोना भाइरस पोजिटीभ 46 पुगेको छ। स्वास्थ्य विभागका सचिव डा. पेम्पा टी. भोटियाले दिएको जानकारीअनुसार हिजो 179 जनाको रगतको नमूना जाँच गरिएको थियो। 179 जनामध्ये पुरानै 18 जना पोजिटीभ व्यक्तिहरूको पुनः जाँच गरिएको थियो भने 2 जना नयाँ पोजिटीभ रिपोर्ट आएको छ। यसमा 159 जनाको रिपोर्ट नेगेटीभ आएको छ।
आज रिपोर्ट गरिएको दुई नयाँ सङ्क्रमितहरूमध्ये एक बिहारबाट सिक्किम फर्केकी दक्षिण सिक्किम जोरथाङ माझीगाउँ निवासी 21 वर्षीय महिला रहेकी छन्। दोस्रो ग्रेफमा कार्यरत एक 49 वर्षीय पुरुष रहेका छन् जो ईटावादेखि दिल्ली हुँदै सिक्किम फर्किएका हुन्। जोरथाङ निवासी महिला 12 जूनको दिन सिक्किम आइपुगेकी हुन् भने ग्रेफमा कार्यरत पुरुष 15 जूनमा सिक्किम आएका हुन्।
हाल एसटीएनएमको आईसोलेसन वार्डमा 32, गेजिङको आईसोलेशन वार्डमा 5 अनि दक्षिण सिक्किमको सामड्रुपसे आईसोलेशन वार्डमा 9 जना उपचाराधीन छन्।

सिक्किममा कोरोना सङ्क्रमणको दुई नयाँ मामिला


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment