हात्तीको दाँतसहित दार्जीलिङनिवासी दुइजना मङ्पूबाट पक्राउ

हात्तीको दाँतसहित दार्जीलिङनिवासी दुइजना मङ्पूबाट पक्राउ
Please Like and Share our website Samay Dainik

सिलगढ़ी, १० जुलाईः हात्तीको दाँतको तस्करीको आरोपमा बेलाकोवा फरेस्ट रेञ्जले दार्जीलिङनिवासी दुइजनालाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा एकजना ६२ वर्षीय महिला पनि सामेल छिन्।पक्रा पर्नेहरू जोरबङ्ग्लो थानाअन्तर्गत बतासे निवासी शोभा तामाङ (६२) र सोम छिरिङ तामाङ (३६) रहेको बेलाकोवा रेञ्जका वन अधिकारी एवं स्पेशल टास्क फोर्स प्रमुख सञ्जय दत्तले बताएका छन्।उनीहरूलाई मङ्पूबाट पक्रा गरिएको हो। पक्रा परेका दुइजनाबाट विदेशी मुद्रा र केही एटीएम कार्ड पनि बरामद गरिएको छ।वन अधिकारी दत्तका अनुसार एक गोप्य सूचनाको आधारमा अभियान चलाएर दुवैलाई हिजो मङ्पूबाट पक्राउ गरिएको हो।यसबारे उनले थप बताएअनुसार डब्ल्यूबी ७६ ए ८२४४ नम्बरको वेगनर गाड़ीको छेउमा हात्तीको दाँतको मोलतोल गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो।मोलतोल गर्नेहरू पाँचजना रहे पनि तीनजना भाग्न सफल बनेको उनले बताएका छन्। हात्तीको दाँतलाई उनीहरूले एउटा प्लास्टिकको झोलामा लुकाएर राखेका थिए। पक्रा परेका आरोपीद्वयमाथि वन्यजीव (संरक्षण) कानूनअन्तर्गतका विभिन्न धारा लगाइएको छ।बेलाकोवा फरेस्ट रेञ्जका अधिकारी सञ्जय दत्तका अनुसार हात्तीको दाँतलगायत अन्य वन्य जीव भूटान, नेपाललगायत देशका अन्य भागहरूमा तस्करीको कार्यमा शोभा तामाङले सम्झौता (डिल) गर्ने गर्थिन्।पक्रा परेका यी दुइका मोबाइल फोनबाट धेरै फोटो र जानकारी प्राप्त गर्नसकेको पनि उनले बताएका छन्। वन अधिकारी दत्तका अनुसार जफत गरिएको हात्तीको दाँतलाई तस्करीका लागि दार्जीलिङबाट नेपाल लैजाने उनीहरूले योजना बनाइरहेका थिए।

हात्तीको दाँतसहित दार्जीलिङनिवासी दुइजना मङ्पूबाट पक्राउ


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment