दार्जीलिङ ट्रक चालक संगठनको सभापतिको निधनमा 14 अक्टोबर पहाड़को ट्रकहरू बन्द रहने

दार्जीलिङ ट्रक चालक संगठनको सभापतिको निधनमा 14 अक्टोबर पहाड़को ट्रकहरू बन्द रहने
Please Like and Share our website Samay Dainik

सोनादा, 13 अक्टोबर (हिस)।
दार्जीलिङ ट्रक चालक संगठनको सभापति हरिप्रसाद प्रधानको आज बिहान निधन भएको छ। उनी 73 वर्षका थिए । उनी सन् 1975-76 सालतिर नै गठित दार्जीलिङ ट्रक चालक संगठनको संस्थापक सदस्य थिए भने विगत 35 सालदेखि दार्जीलिङ ट्रक चालक संगठनको सभापतिको रुपमा कार्य गर्दै आएका थिए। उनको आज बिहान 9.30 बजेतिर सिलगढीको एक निजी नर्सिङ होममा ह्रदयघातको कारणले निधन भएको छ। उनले आफुपछि पत्नी, दुई छोरा र एक छोरी छोड़ी गएका छन्। उनी केही समयदेखि मुटु रोग, सुगर र फोक्सोमा समस्या झेल्दै आएका थिए। सभापति हरिप्रसाद प्रधानको निधनपछि उनले संगठनलाई आजीवन दिएको योगदानको लागि र संगठनले उनको अगुवाईमा गरेको उपलब्धिहरूका लागि शोक प्रकट गर्दै श्रध्दाञ्जली स्वरुप बुधबार 14 अक्टोबरको दिन सम्पूर्ण दार्जीलिङ पहाड़का मालवाहक ट्रक गाड़ीहरू बन्द राखिने भएको जानकारी दार्जीलिङ ट्रक चालक संगठनको महासचिव राजेन छेत्रीले दिएका छन्। उनले हरिप्रसाद प्रधान संगठनको सभापतिको रुपमा धेरै काम गर्दै आएको र संगठनको सभापतिको निधनमा गहिरो शोक समवेदना प्रकट गर्दै संगठनको मात्र होइन तर आफुले एकजना अभिभावक र मित्र गुमाएको बताएका छन्।

दार्जीलिङ ट्रक चालक संगठनको सभापतिको निधनमा 14 अक्टोबर पहाड़को ट्रकहरू बन्द रहने


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment