नयॉं एसटीएनएमको भाइरल ल्याबमा अहिलेसम्म 9,237 नमूनाको जॉंच

नयॉं एसटीएनएमको भाइरल ल्याबमा अहिलेसम्म 9,237 नमूनाको जॉंच
Please Like and Share our website Samay Dainik

गान्तोक, 10 जुलाई (हिस)। राज्य स्वास्थ्य विभागका प्रधान सचिव के. श्रीनिवासुलुले कोविड 19 को समयमा विभागले झेल्न परिरहेका विभिन्न चुनौतीहरू अनि सरकारको सक्रिय समर्थनमा कसरी विभाग र अग्रिम पंक्तिका कर्मचारीहरूले यी चुनौतीहरू कुशलतापूर्वक पार गर्न सक्षम बने भन्ने विषयमाथि प्रकाश पारेका छन्।

आज आयोजित एक पत्रकार सम्मेलनमा उक्त विषयहरूमाथि प्रकाश पर्दै प्रधान सचिव श्रीनिवासुलुले नयॉं एसटीएनएम अस्पतालमा राज्यकै पहिलो भाइरल ल्याब स्थापना गर्न सरकारले तत्काल कार्य गरेकोमा तथा अग्रिम पंक्तिका कर्मचारीहरूलाई कोरोना महामारीसित लड्न आवश्यक सर सामग्री प्रदान गरेकोमा सरकारप्रति कृतज्ञता प्रकट गरे। यसैगरी, उनले स्वास्थ्य कर्मीहरू र विभागका कर्मचारीहरूलाई पनि उनीहरूको समर्पण एवं ​अथक प्रयासको निम्ति धन्यवाद दिए।

यसैगरी, स्वास्थ्य विभाग सचिव डा. पेम्पा टी. भोटियाले भोलिदेखि रम्फू चेकपोस्टमा सेना अनि अर्धसैनिक बलको निम्ति एन्टीजेन टेस्ट शुरू गरिने जानकारी दिए। यो टेस्ट आगामी 15 दिनसम्म नि:शुल्करूपमा गरिने छ। यो जॉंच अवधि पोजिटिभ रिपोर्ट आउनेहरूलाई सिक्किम प्रवेश गर्न अनुमति दिइने छैन भने उनीहरूलाई तत्काल पुरानै एकान्तवास केन्द्रमा पठाइने छ। यसैगरी, माइक्रोबायोलोजी, एसटीएनएमका विभाग प्रमुख डा. तारा शर्माले 29 मईमा भाइरल ल्याबको सञ्चालन शुरू भए यता अहिलेसम्म कुल 9,237 नमूनाको जॉंच गरिएको जानकारी दिए। उनले राज्यमा भाइरल ल्याबको स्थापनाले कोरोना संक्रमणको रोकथाममा ठूलो टेवा पुगेको बताए।

यसैगरी, मेडीसिन विभाग प्रमुख डा. सुरेश मदन रसाइलीले एसटीएनएम अस्पतालमा कोविड ड्यूटीबारे आफ्नो अनुभव साझा गरिन्। उनले कोविड 19 को प्रबन्धनमा राज्य सरकारको सक्रियताको प्रशंसा गरिन्। उनले सबै अ​ग्रिम पंक्तिका कर्मचारीहरूलाई उनीहरूको समर्पित सेवाको निम्ति आभार प्रकट गरिन्।

नयॉं एसटीएनएमको भाइरल ल्याबमा अहिलेसम्म 9,237 नमूनाको जॉंच


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment