नयाँ बजार पुलिसले ब्राउन सुगर, एसपी र नगद राशिसहित तीन युवकलाई गऱ्यो पक्राउ

नयाँ बजार पुलिसले ब्राउन सुगर, एसपी र नगद राशिसहित तीन युवकलाई गऱ्यो पक्राउ
Please Like and Share our website Samay Dainik

सोरेङ, 26 जुलाई । (सरोज गुरूङ)

सोरेङ महकुमा अन्तर्गत नयाँ बजार पुलिसले तीनजना युवकलाई प्रतिबन्धित ड्रग्ससहित पक्राउ गरेको छ। उनीहरूलाई गाउँलेको सहायतामा नयाँ बजार  पुलिसले शनिबार पक्राउ गरेका हुन्। आरोपी युवकहरुबाट २१ पोका जसमा १३.२५ ग्राम ब्राउन सुगर, नगद राशि एक लाख १७ हजार ९ सय पचास रुपियाँ अनि १० वटा खुल्ला स्पास्मोप्रिक्शिवन एसपी क्याप्शुल पुलिसले जफ्त गरेको छ।

पक्रा पर्ने तीनजना युवकहरु मध्ये दुईजना पश्चिम सिक्किमको जुम निवासी जुलियन राई (२९) र प्रेम कुमार राई (३२) अनि पश्चिम सिक्किम चुम्बुङका प्रयास राई (२४) रहेका छन्। नयाँ बजार पुलिसले आरोपी जुलियन राईको गाडी पनि जफ्त गरेका छन्। सुत्रले दिएको जानकारी अनुसार ती आरोपी युवकहरुले प्रतिबन्धित नशालु पदार्थको सेवन गर्नेगरेको सुचना पुलिसले पाए पछि उनीहरू नयाँ बजार र सोरेङ पुलिसको नजरमा थिए।नयाँ बजार पुलिसले आरोपीहरु विरुद्ध एनडीपीएस अन्तर्गत मुद्दा दायर गरेको छ।

 

नयाँ बजार पुलिसले ब्राउन सुगर, एसपी र नगद राशिसहित तीन युवकलाई गऱ्यो पक्राउ


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment