आत्मनिर्भर भारत अगाड़ि जाने बाटो

आत्मनिर्भर भारत अगाड़ि जाने बाटो
Please Like and Share our website Samay Dainik

गुवाहाटीद्वारा वेबिनारको आयोजना

गुवाहाटी, 22 जुलाई।
देशका प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड-19 महामारीको कारण सामना गरिरहेको संकटबाट देशलाई राहत दिन भारतलाई आत्मनिर्भर राष्ट्र बनाउने सोचको साथ आत्मनिर्भर योजनाअन्तर्गत 20 लाख करोड रुपियाँको विशेष आर्थिक प्याकेजको घोषणा गरेका थिए। आत्मनिर्भर भारतको ध्यान भनेको घरेलु खेलाडीहरूलाई व्यवसाय पारिस्थितिक प्रणालीमा जानको लागि प्रोत्साहित गर्नु र विदेशी खेलाडीहरूमा निर्भरता कम गर्नु हो। यस सम्बन्धमा प्रेस सूचना ब्यूरो, गुवाहाटीले आज आत्मनिर्भर भारत अगाडि जाने बाटोमा वेबिनारको आयोजना गर्यो। विभिन्न क्षेत्रका संसाधन व्यक्तिहरूले आफ्नो विचार साझा गरे र वेबिनारमा उत्तर पूर्वमा आत्मनिर्भर भारत प्याकेजको दायराबारे छलफल गरे।
सूचना तथा प्रसारण मन्त्रालयको उत्तर पूर्वी जोनका प्रमुख एलआर विश्‍वनाथले आफ्नो सम्बोधनमा भने कि आत्मनिर्भर भारत प्याकेजको घोषणामा सरकारले एकदमै अनौंठो र नवीन एकीकरण गरिसकेको छ र यस पहलमा हरेक क्षेत्रमा सुधार भएको छ। उनले भने कि अर्थतन्त्रको प्रत्येक क्षेत्रलाई एकीकृत गर्ने दृष्टिकोण हुनु महत्वपूर्ण छ। उनले भने, ‘साना स्तरका उद्योगहरूलाई पनि समान समर्थन दिन धेरै महत्वपूर्ण छ।’ कोभिड-19 महामारीको कारण वर्तमान संकटको अवस्थाको उल्लेख गर्दै विश्‍वनाथले भनेकी बाधकको रूपमा आउने सबै कुराले नवीनताका लागि अवसर प्रदान गर्दछ।
आत्मनिर्भर भारत प्याकेजमा उद्यमशीलता विकासको अवसरलाई औंल्याउँदै नेरामेकका प्रबन्ध निर्देशक तथा भारतीय उद्यमशीलता संस्थानका पूर्व निर्देशक मनोज कुमार दासले भने कि उत्तरी पूर्वमा स्रोतहरू प्रशस्त छन् जसको सरकारले घोषणा गरेको मजबूत वित्तीय प्याकेजसँग सही उपयोग गर्न सकिन्छ।
आत्मनिर्भर भारत प्याकेजलाई असममा कुटीर उद्योगको विकासको उभर्दो क्षेत्रका रूपमा बोल्दै लेखक तथा सम्पादक दैनिक पूर्वोदय रविशंकर रविले यो प्याकेज ग्रामीण अर्थतन्त्रलाई बृद्धि गर्ने को निम्ति ठूलो अवसर रहेको भनी बताये ग्रामीण उद्योगले प्याकेजको फाइदा लिन सक्छ र राज्य सरकारको यहाँ महत्वपूर्ण भूमिका छ। उनले यो पनि जोड दिए कि आदिवासी उत्पादनहरूले असममा लघु उद्योगहरूको प्रवर्धनमा ठूलो सहयोग पुर्याउन सक्छन्।
तजपुर विश्वविद्यालयका वाणिज्य विभागका प्रमुख प्रो एसएस सरकारले आफ्नो भाषणमा भने कि भारत सरकारले यस संकटकालमा शुरू गरेको आर्थिक प्याकेजले निश्चित रूपमा आर्थिक बृद्धि गर्न सहयोग पुर्याउनेछ।
डा. एमपी बेज्बरुहा गौतम विश्‍वविद्यालयको अर्थशास्त्र विभाग र डीन, कला संकाय, पूर्व विभाग प्रमुख आफ्नो भाषणमा आत्मनिर्भरता र यसको समकालीन प्रासंगिकता माथि आफ्नो विशेष जानकारीहरू प्रदान गरे।
कीर्ति तिवारी, संयुक्त निर्देशक, पीआईबी, गुवाहाटीले स्वागत भाषण दिए र पन्थोबी सिंघाले आज वेबिनार सञ्चालन गरेे। सिक्किमको जर्नलिस्ट ग्रुप पनि यस वेबिनारमा सामेल थिए भने स्रोत्वक्ताहरूसँग अन्तर्क्रियामा पनी सहभागी बने।

आत्मनिर्भर भारत अगाड़ि जाने बाटो


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment