डनबस्को क्वारेन्टाइन सेन्टर स्कूल प्रशासनलाई सुम्पियो

डनबस्को क्वारेन्टाइन सेन्टर स्कूल प्रशासनलाई सुम्पियो
Please Like and Share our website Samay Dainik

सरोज गुरुङ
सोरेङ, 25 जून।
पश्चिम सिक्किमको डनबस्को स्कूल मालबाँसेमा रहेका फेसिलेटी क्वारेन्टाइन सेन्टरलाई पूर्ण सेनिट्राइज पश्चात महकुमा प्रशासनले स्कूल प्रशासनलाई जिम्मा लगाएको छ। फलस्वरूप, अब डनबस्को स्कूल आउँदो शैक्षिक गतिविधिको लागि पूर्णरूपले तयार भएको छ। उल्लेख्य, डनबस्को स्कूल मालबाँसेमा राज्य बाहिरबाट फर्किएका मोठ 47 जनाले फेसिलेटी क्वारेन्टाइन लिएका थिए। उनीहरू सबैजनाले क्वारेन्टाइनको समयसिमा पूरा गरी आ-आफ्नो घर फर्किसकेका छन्। यस सेन्टरमा क्वारेन्टाइन लिएका कसैको पनि जाँचमा कोरोना भाइरस पोजिटिभ पाइएन। जुन सबैभन्दा आनन्दको विषय थियोे। बुधबार सोरेङ महकुमा प्रशासनले कोभिड 19-को निर्देशिका र सबै प्रोटोकललाई पालन गर्दै व्यापक सेनिटाइज पश्चात डनबस्को क्वारेन्टाइन सेन्टरलाई आधिकारिक रूपमा बन्द गर्दै उक्त शैक्षिक संस्थानलाई सम्बन्धित संस्थानका प्राचार्यलाई सुम्पिएको छ। यस अवसरमा महकुमा अधिकारी हिम्मत राई, प्राचार्य फादर जोज्, सड़क एवं पुल विभागका सहायक अभियन्ता तथा डनबस्को क्वारेन्टाइन सेन्टरका प्रभारी सुमन छेत्री, समष्टिस्तरीय समितिका अध्यक्ष विनोद बस्नेत, बागवानी अधिकारी भीषण प्रधान, मालबाँसे ग्राम पञ्चायत एकाईका पञ्चायत विशाल बस्नेत र स्वयंसेवकहरूको उपस्थिति थियो।
महकुमा अधिकारी हिम्मत राईले डनबस्को स्कूलका प्राचार्य र स्कूल परिवारलाई धन्यवाद दिँदै कोभिड 19-को वैश्विक महामारी र सङ्कटकालमा डनबस्को स्कूलले क्वारेन्टाइन सेन्टर बनाउन अनुमति दिएर क्वारेन्टाइनको लागि पूर्वाधार उपलब्ध गरेको बताउँदै एसडीएम राईले भने, स्कूल प्रशासनले सङ्कटको समयमा सहयोग पुर्‍याएर अत्यन्तै सराहनीय काम गरेको छ। यस क्वारेन्टाइन सेन्टरबाट पश्चिम जिल्लावासीलाई ठूलो मद्दत र सेवा पुगेको छ। महकुमा प्रशासनको तर्फबाट डनबस्को स्कूल परिवारलाई हृदयबाटै धन्यवाद दिनु चाहान्छु। मालबाँसेस्थित डनबस्को स्कूल सिक्किम कै प्रसिद्ध कमाएका एउटा निजी शैक्षिक संस्थान हो।
जिल्लापाल कर्मा आर बन्पोले डनबस्को स्कूल फेसिलेटी क्वारेन्टाइन सेन्टरलाई पूर्णरूपले स्कूल प्रशासनलाई सम्पिएको अनि स्कूल शैक्षिक गतिविधि, परीक्षा र अन्य विषयको तयार रहेको बताएका छन्। स्कूल पूर्णरूपले सुरक्षित रहेको घोषणा गर्दै जिल्ला प्रशासनले प्रोटोकलअनुसार स्कूललाई व्यापक सेनिटाइज गरेर मात्रै जिम्मा लगाएको बताएको छ। सोरेङ महकुमा प्रशासनले राज्य सरकार र सहयोगिहरूप्रति धन्यवाद व्यक्त गरेका छन्।

डनबस्को क्वारेन्टाइन सेन्टर स्कूल प्रशासनलाई सुम्पियो


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment