एसडीएफ पार्टीद्वारा राज्यका सबै निर्वाचन क्षेत्रमा पृथ्वीलाई दस मिनट पालन

एसडीएफ पार्टीद्वारा राज्यका सबै निर्वाचन क्षेत्रमा पृथ्वीलाई दस मिनट पालन
Please Like and Share our website Samay Dainik
  • 9
    Shares

गान्तोक, 25 जून।
आज 25 जूनको दिन एसडीएफ पार्टीले ‘पृथ्वीलाई दस मिनट’ नामक बिरूवा रोपण कार्यक्रम राज्यको सबै निर्वाचन क्षेत्रहरूमा पालन गरियो। यो कार्यक्रम पूर्व मुख्यमन्त्री तथा एसडीएफ पार्टीका अध्यक्ष पवन चामलिङको अवधारणाअनुरूप सन् 2009-देखि प्रारम्भ भएको हो। दस मिनटको बहुमूल्य समयमा बिरूवा रोपण गरेर पृथ्वीलाई समर्पण गर्ने यस कार्यक्रम एसडीएफ सरकारको उल्लेखनीय पर्यावरणमुखी कार्यक्रम रहेको छ। यो कार्यक्रम विश्व चराचर जगतको सुरक्षा अनि अस्तित्वको संरक्षणको लागि सिक्किमको भूमिमा शुरू गरेको मौलिक र मानवपक्षीय कार्यक्रम हो। यस कार्यक्रमलाई अघिबढ़ाउँदै आज अध्यक्ष पवन चामलिङले बाईपासस्थित पार्टी मुख्यालयको परिसरमा विरूवा रोपे। उनको साथमा पार्टीका उपध्याक्षगण, महासचिवगण तथा अन्य पार्टी कार्यकर्ताहरूले पनि बिरूवा रोप्ने कार्यक्रमा सहभागिता जनाए।

एसडीएफ पार्टीद्वारा राज्यका सबै निर्वाचन क्षेत्रमा पृथ्वीलाई दस मिनट पालन
बिरूवा रोपण समाप्तिपछि पार्टी अध्यक्षले आफ्नो विचारमा प्रकृति तथा पर्यावरणमाथि हुने जुन अतिक्रमणका कारण विश्वमा धेरै विनास र विध्वंश भइरहेको अनि त्यही विनास र विध्वंशलाई रोक्नका निम्ति थालिएको पवित्र क्रान्तिको प्रतिरूपमा ‘टेन मिनट्स टु अर्थ’ कार्यक्रमद्वारा सृष्टिलाई बचाउने एउटा सन्देश सिक्किमदेखि देश र दुनियाँसम्म दिने एसडीएफ पार्टीको प्रयास रहेको पनि बताए। यो कार्यक्रम विश्वमा पहिलोपल्ट यसरी धरतीको लागि समर्पण गरी सेवा दिने कार्यक्रम रहेको पनि बताए। उनले यसै क्रममा एसडीएफ सरकार बनेदेखि नै ‘टेन मिनट्स टु अर्थ’ कार्यक्रमलाई शुरूमा अप्रत्यक्ष रूपमा र पछि प्रत्यक्ष रूपमा पालन गरिएको जानकारी दिनका साथै एसडीएफ सरकारले आफ्नो कार्यक्रम र योजनामा पर्यावरणलाई महत्त्व दिएर बजेटको एक प्रतिशत रकम पर्यावरण सुरक्षामाथि खर्च गरेको कुरा पनि राखे। यसबाहेक पर्यावरण क्षतिपूर्तिका लागि आफ्नो जमीनकै पनि एउटा रुख काट्दा त्यसको साटो दसवटा विरुवा लगाउने अनि त्यसरी नै आफ्नो जमीनको रुख वर्षमा दुईवटाभन्दा बढ़ी काट्न नपाउने नियम एसडीएफ सरकार कार्यकालमा लागू गरिएको पनि साझा गरे। बाँझो जमीनहरूमा रुख रोप्न सरकार र पार्टीले सहयोगसँगै सचेतना दिलाउने कार्य गरेको तथा एसडीएफ सरकारको पर्यावरण सुरक्षामुखी अनेकौं कार्यक्रमको प्रतिफलले सिक्किममा 5 प्रतिशत वन क्षेत्रको वृद्धि भएको अवगत पनि गराए।

एसडीएफ पार्टीद्वारा राज्यका सबै निर्वाचन क्षेत्रमा पृथ्वीलाई दस मिनट पालन
राज्यको सबै निर्वाचन क्षेत्रहरूमा एसडीएफ पार्टीका कार्यकर्ताहरूले बिरूवा रोपण गरेर पर्यावरणमुखी यस कार्यक्रमलाई व्यापक रूपमा सम्पन्न गरियो। ‘पृथ्वीलाई दस मिनट्स’ कार्यकममा आज चाँप, गुराँस, मेप्पल, चेरी, गिलोयी, पानी सास, पिप्ली, बुढ़ो ओखोति आदिको बिरुवा 1000 भन्दा ज्यादा रोपियो भनी प्रचार महासचिव कविता सुब्बाद्वारा जारी एक प्रेस विज्ञप्तिमा जनाएकी छन्।
खामदोङ-सिङताम

एसडीएफ पार्टीद्वारा राज्यका सबै निर्वाचन क्षेत्रमा पृथ्वीलाई दस मिनट पालन
पूर्व सिक्किमको खामदोङ सिङताम निर्वाचन क्षेत्रमा पनि 10 मिनट पृथ्वीको लागि कार्यक्रमअन्तर्गत रम्फूका जीएम गुरुङ र पूर्व पञ्चायतहरूको साथ क्षेत्रका युवाहरू मिलेर सिरवानी ग्राम पञ्चायतअन्तर्गत पेगुलाखा जल स्रोतमा बिरुवा रोपण कार्यक्रम आयोजन गर्‍यो।
कैजलसहित अन्य विभिन्न प्रजातिका बिरुवाहरू तिनधारिया पेगुलखा जल स्रोतमा रोपिएका थिए जसले जीपीयूको दुईवटा पञ्चायत वार्डलाई जोडेर राखेको छ। श्री गुरुङले यस अवसरमा निर्वाचन क्षेत्रका जनतालाई यस क्षेत्रका सबै स्रोतको संरक्षण गर्न अपील गरे ताकि भविष्यको पुस्ताले विभिन्न उद्देश्यका लागि अतिरिक्त पानी सजिलोसँग प्राप्त गर्नसकोस्।
जिल पश्चिम सिक्किम
अखिल किराँत राई सङ्घ सिक्किम जिल ब्लक समितिले पनि आज पृथ्वीका लागि दस मिनट कार्यक्रममा सहभागी बन्दै कृपाशल्यान उद्यान परिसरको सर-सफाई साथै बिरुवा रोपण गर्‍यो। पश्चिम जिल्ला एकेआरएस समितिका अध्यक्ष विष्णु चामलिङको अगुवाईमा ब्लकस्तरीय कार्यकारी समितिका सदस्य र अन्य सदस्यहरू उपस्थित थिए। यस अवसरमा विभिन्न प्रजातिको सजावटी 70 अधिक बिरुवा लगाइएको छ। यसै अवसरमा अखिल सिक्किम किराँत राई सङ्घको अस्थायी कार्यालय पनि शुरू गरिएको छ। यस अवसरमा निज गाउँका माङ्पा कुमार राईले पूजा अर्चना गरेको संघका महासचिव किरण राईले बताएका छन्।
गेजिङ-बर्मेक

एसडीएफ पार्टीद्वारा राज्यका सबै निर्वाचन क्षेत्रमा पृथ्वीलाई दस मिनट पालन
पश्चिम सिक्किमको गेजिङ-बर्मेक समष्टिसितै अन्य समष्टिहरूमा पनि पृथ्वीका लागि दस मिनट कार्यक्रम आयोजना गरिएको छ। यो कार्यक्रममा एसडीएफ पार्टीका कार्यकर्ता र स्वयं सेवीहरू सहभागी बने। पार्टीकी चेली मोर्चा सदस्य पूर्ण राईले बताएअनुसार गेजिङ-बर्मेक निर्वाचन क्षेत्रको लेकसेप बजार एसडीएफ पार्टी चेली मोर्चाको अगुवाईमा कार्यक्रम आयोजना गरेर बिरुवा रोपण गरिएको छ। यस अवसरमा पार्टी अध्यक्ष पवन चामलिङको पर्यावरण संरक्षण गर्ने अवधारणाको महत्वबारे पनि चर्चा गरिएको थियो।
यसरी नै सोरेङ-च्याखुङ समष्टिमा क्षेत्र प्रभारी आरबी सुब्बाको अगुवाईमा पृथ्वीका लागि दस मिनट कार्यक्रम आयोजन गरेर विभिन्न प्रजातिका बिरुवा रोपिएको छ। यसमा बर्ड अफ् प्याराडाइज, बूढ़ो ओखती, पाखनवेद, लालूपाते र चाँपका बिरुवा रोपण भयो।
यसरी नै बर्फुङ समष्टिको राभाङलामा पनि पृथ्वीका लागि दस मिनट कार्यक्रम पालन गरियो। दक्षिण सिक्किमकै मल्लीमा पनि यो कार्यक्रम भयो। नामथाङ समष्टिमा बिरजन तामाङको अगुवाईमा कार्यक्रम आयोजना गरिएको थियो भने पश्चिम सिक्किमको दरामदिन समष्टि, योक्सम-टाशीडिङमा पनि कार्यक्रम सफलतापूर्वक आयोजना गरिएको एसडीएफ पार्टीका प्रचार प्रभारीले जानकारी दिएका छन्।
याङगाङ-राङगाङ समष्टि

एसडीएफ पार्टीद्वारा राज्यका सबै निर्वाचन क्षेत्रमा पृथ्वीलाई दस मिनट पालन
दक्षिण सिक्किमको याङगाङ-राङगाङमा पनि आज एसडीएफ पार्टीको पर्यावरणमुखी मानव र विश्व ब्राह्मण्डलाई सुरक्षा गर्ने उद्देश्यमा शुरू गरिएको पृथ्वीका लागि दस मिनट कार्यक्रम आयोजन गरियो। कार्यक्रमको अगुवाई दक्षिण जिल्लाका एसडीएफ पार्टी अध्यक्ष सीएल गुरुङले गरेका थिए। कार्यक्रमअन्तर्गत समष्टिको धप्पर स्मृति वनमा बिरुवा रोपण गरियो। कार्यक्रममा पार्टीका प्रवक्ता एवं प्रचार महासचिव अभिनाष याखा, समष्टिस्तरीय अध्यक्ष अनिल नेपाल, महासचिव रञ्जीता गुरुङ, पञ्चायत उपाध्यक्ष लक्षि राई, युवा संयोजक सुरज राई, केन्द्रिय समितिका सदस्य एवं पञ्चायत रामकुमार कामी, श्रीमती गुनामाया छेत्री, निर्माला गुरुङ, सरिना लिम्बू, किशोर, विष्णु उप्रेती, अनुसूचित जाति प्रकोष्ठका समष्टिस्तरीय संयोजक छबिलाल दर्जी तथा अन्यको उपस्थिति रहेको थियो। यहाँ चाँप-गुराँस, पयौं आदिका बिरुवा रोपण गरियो।

एसडीएफ पार्टीद्वारा राज्यका सबै निर्वाचन क्षेत्रमा पृथ्वीलाई दस मिनट पालन

एसडीएफ पार्टीद्वारा राज्यका सबै निर्वाचन क्षेत्रमा पृथ्वीलाई दस मिनट पालन


Please Like and Share our website Samay Dainik
  • 9
    Shares

Related posts

Leave a Comment