पूर्वोत्तरको संसाधन अनि विविधताका साथै प्रविधि अनि सक्षमताले दिव्याङ्गहरूको हितमा आत्मनिर्भर भारतलाई अग्रसर गराउने विशेषज्ञहरूको दाबी

पूर्वोत्तरको संसाधन अनि विविधताका साथै प्रविधि अनि सक्षमताले दिव्याङ्गहरूको हितमा आत्मनिर्भर भारतलाई अग्रसर गराउने विशेषज्ञहरूको दाबी
Please Like and Share our website Samay Dainik

पूर्वोत्तरमा प्रविधिको शुरुवाती प्रयोगले दिव्याङ्गहरूको सशक्तिकरणमा उल्लेखनीय परिवर्तन ल्याएको छ : पद्मश्री उद्धवकुमार भराली
केन्द्र सरकारको पहलले दिव्याङ्गहरूको सामाजिक-आर्थिक विकासलाई टेवा प्रदान गरिरहेको छ : पद्मश्री नरेशचन्दर लाल

गान्तोक, 5 अक्टोबर 2020। पूर्वोत्तरको संसाधन अनि विविधताका साथै प्रविधि अनि सक्षमताले दिव्याङ्गहरूको हितमा आत्मनिर्भर भारतलाई अग्रसर गराउने दाबी पत्र सूचना कार्यालय, गुवाहाटीद्वारा “महात्मा गान्धीको 150 औं जन्म जयन्ती – दिव्याङ्गहरूको सामाजिक-आर्थिक विकासका लागि आत्मनिर्भर भारतलाई गति प्रदान गर्ने” विषयमा आयोजित वेबिनारमा विशेषज्ञहरूले गरे। उद्योग जगत्, सरकारी क्षेत्रका साथै शिक्षाविद्हरूले बहुक्षेत्रीय साथै नीतिगत दृष्टिकोणको सम्भावनाबारे चर्चा-परिचर्चा अनि विमर्श गरे।
पूर्वोत्तरको चुनौती तथा केन्द्र सरकारको पहलबारे उदाहरण प्रस्तुत गर्दै पद्मश्री उद्धवकुमार भरालीले महात्मा गान्धीको 150 औं जन्म जयन्तीले नागरिकहरूमा समाजको हरेक तप्काको सर्वव्यापी विकासका लागि अरू बढी काम गर्ने जिम्मेवारी दिएको बताए। प्रविधि अनि सिर्जनशीलताले दिव्याङ्गहरूको सामाजिक-आर्थिक विकासमा महत् भूमिका खेल्ने आसमको लखिमपुर जिल्लाका बासिन्दा भरालीले बताए। दिव्याङ्गहरूलाई आत्मनिर्भर बनाउन खुवाउने यन्त्र, घुँडाका लागि चप्पल, सफा गर्ने यन्त्र, घाँस काट्ने यन्त्रका साथा सुपारी, लसुन, कदम, नरियल, मुसलीको बोक्रा ताछ्ने मशिन जस्ता प्रविधिको रचनात्मक प्रयोगद्वारा दिव्याङ्गहरूलाई सशक्त बनाउने माध्यम रहेको उनले बताए। पूर्वोत्तरमा प्रविधिको शुरुवाती प्रयोगले दिव्याङ्गहरूको सशक्तिकरणमा उल्लेखनीय परिवर्तन ल्याएको पनि उनले दाबी गरे।
यसै गरी चर्चामा भाग लिँदै पद्मश्री नरेशचन्दर लालले भने, “केन्द्र सरकारको पहलहरूले दिव्याङ्गहरूको सामाजिक-आर्थिक विकासलाई टेवा दिइरहेको छ।” दिव्याङ्ग समुदायमा उद्यमशीलता अनि ज्ञान प्रोत्साहित गर्नका साथै उनीहरूको सम्भावनाबारे समाजलाई जागरूक गराउनका अतिरिक्त उद्यमीहरूलाई बजार-व्यवस्था सुनिश्चित गराउनुपर्ने कुरामाथि उनले बल दिए। देशको विकासमा दिव्याङ्ग शिल्पी अनि उद्यमीहरूले पनि महत्त्वपूर्ण भूमिका खेलिरहेको उनले बताए।
आइआइटी खडगपुरको कला एवं समाज विज्ञान विभागमा अर्थशास्त्रका प्रोफेसर डा. किशोर गोस्वामीले दिव्याङ्गहरूको हितमा प्रविधिको उपयोगमाथि जोड दिए। प्रविधिको बढी सदुपयोग गराउन त्यो सुपथ अनि सुलभ हुनुपर्ने उनले बताए। केन्द्र सरकारको यस दिशामा पहलको सराहना गर्दै प्रो. गोस्वामीले आर्टिफिसियल इन्टेलिजेन्स अनि नवीनतम प्रविधिको उपयोग दिव्याङ्गहरूको आर्थिक अनि सामाजिक विकासको सन्दर्भमा रूपान्तरणकारी हुने बताए। यसका साथै स्थानीय परिवेशको हिसाबले प्रविधिलाई अनुकूल बनाउनुपर्ने तथा त्यो जनसाधारणको निम्ति पनि सहजै उपलब्ध हुनुपर्ने उनले बताए।
जेआइएस ग्रुपका एमडी तरनजीत सिंह तथा यसै समूहका निर्देशक अमित श्रीवास्तवले केन्द्र सरकारको स्टार्ट अप र स्ट्याण्ड अप कार्यक्रममा धेरै सम्भावना रहेको उल्लेख गरे।
यस वेबिनारमा आसम अनि पूर्वोत्तरका शीर्ष उद्यमीहरूले सहभागिता जनाए। कारोबारका साथै बजार व्यवस्थासित सम्बन्धित उद्यमहरूको निम्ति यस क्षेत्रमा अपार सम्भावना रहेको उल्लेख गर्दै केन्द्र सरकारको पहल यी कारोबारी परिवेशमा मूल्य अभिवृद्धिका लागि फाइदाजनक रहेको उनीहरूले बताए।
पीआइबीका उपनिर्देशक पल्लव चक्रवर्तीले वेबिनारमा विशेषज्ञहरूलाई स्वागत जनाउँदै उद्यमशीलता, आत्मनिर्भर भारत तथा दिव्याङ्गहरूसित सम्बन्धित प्रविधिबारे जागरूकताका साथै कसरी यसले दिव्याङ्गहरूको आर्थिक-सामाजिक विकासमा अन्तर ल्याइरहेको छ भन्ने प्रकाश पारे। वेबिनारमा पीआइबी कोहिमाका सहायक निर्देशक सोनीकुमार पनि उपस्थित थिए।
वेबिनारको नियोजन एवं समन्वयन पीआइबी गुवाहाटीका संयुक्त निर्देशक सम्राट बन्धोपाध्यायले गरेका थिए भने यस अवसरमा विद्यार्थी, पत्रकारहरूका साथै दूरदर्शन गुवाहाटी, क्षेत्रीय लोकसम्पर्क कार्यालय गुवाहाटी, आकाशवाणी गुवाहाटीका अधिकारीहरू पनि उपस्थित थिए। (पीआइबी)

पूर्वोत्तरको संसाधन अनि विविधताका साथै प्रविधि अनि सक्षमताले दिव्याङ्गहरूको हितमा आत्मनिर्भर भारतलाई अग्रसर गराउने विशेषज्ञहरूको दाबी


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment