सेप्टेम्बरदेखि शिक्षण संस्थानहरूमा शिक्षक र संस्थान प्रमुखहरूको उपस्थिति अनिवार्य

सेप्टेम्बरदेखि शिक्षण संस्थानहरूमा शिक्षक र संस्थान प्रमुखहरूको उपस्थिति अनिवार्य
Please Like and Share our website Samay Dainik

गान्तोक, 27 अगस्त (हिस)। आउँदो एक सेप्टेम्बरदेखि सिक्किमका सबै सरकारी स्कूल, कलेज र अन्य शिक्षण संस्थानहरूका प्रमुख, शिक्षक-शिक्षिका, सहायक कर्मचारीहरूले आ-आफ्नो स्कूल तथा अन्य शिक्षण संस्थानहरूमा अनिवार्य रूपमा उपस्थिति दिनुपर्नेछ। निक्कै लामो मथिङ्गल मन्थनपछि सरकारले यस्तो निचोड निकालेको छ। राज्य प्रशासनले एउटा सरकारी परिपत्र जारी गरेर स्कूल कलेजहरू नखोलिए पनि शिक्षक र अन्य कर्मचारीहरू भने अनिवार्य रूपमा स्कूल कलेज जानैपर्ने निर्देश दिएको छ।
शिक्षकहरूले आफ्नो कार्यस्थलबाटै डिजिटल अफलाईन क्लासको निम्ति तयारी गर्नुपर्नेछ। यसैगरी सबै शिक्षण संस्थानहरूको रखरखाउ अनि व्यवस्थापनमा विशेष ध्यान पुऱ्याइनुपर्ने उल्लेख गरिएको छ। परिपत्रमा जनाएअनुसार अबउसो नयाँ राष्ट्रिय शिक्षा नीति सम्बन्धी प्रचार-प्रसार गरिनुपर्नेछ। आउँदो 5 देखि 25 सेप्टेम्बरसम्म यो कार्य सम्पन्न गरिनुपर्नेछ भने पञ्चायतीराज संस्थानलाई पनि यसमा सम्मेलित गर्नुपर्ने बताइएको छ। यसका निम्ति राज्य सरकारको एससीईआरटी, जिल्ला प्रमुख र स्कूल अनि कलेजहरूले स्रोत वक्ता चयन गर्नसक्नेछन्।

सेप्टेम्बरदेखि शिक्षण संस्थानहरूमा शिक्षक र संस्थान प्रमुखहरूको उपस्थिति अनिवार्य


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment