चुनाउको समय चियाश्रमिकहरूले आफ्नो शक्ति देखाउनुपर्छः सुनिल

चुनाउको समय चियाश्रमिकहरूले आफ्नो शक्ति देखाउनुपर्छः सुनिल
Please Like and Share our website Samay Dainik

दार्जीलिङ, 25 जून।
क्रामाकपाको श्रमिक संगठन दार्जीलिङ तराई डुवर्स चियाकमान मजदूर युनियनले आज शहीद दिवसको अवसर पारेर दार्जीलिङ पहाड़का चियाश्रमिकहरूलाई आगामी विधानसभा चुनाउमा आफ्नो शक्ति देखाउने आह्वान गर्‍यो। चियाश्रमिकहरूलाई संकट पर्दा, उनीहरूमाथि अन्याय हुँदा चुईंसम्म नबोल्ने राजनैतिक पार्टीहरू अहिले विधानसभा चुनाउको लागि प्रचार गर्न अघि बढ्न थालिसकेका छन्, यस्ता पार्टीहरूलाई बंगाल विधानसभाको चुनाउमा गतिलो जवाब दिने युनियनका सचिव सुनिल राईले आह्वान गरे। उनले आज 25 जून 1955-को दिन शहीद बनेका 6 जना शहीद श्रमिकहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको बताउँदै ती श्रमिकहरूको बलिदानको कारण नै प्लान्टेशन लेबर एक्ट 1951 बनिएको हो, चियाश्रमिकहरूले सुत्केरी खर्च, बोनस तथा अन्य सहुलियतहरू पाउन थालेका हुन्। यसैले एकजुट भएर कुनै पनि आन्दोलन गरिए, सफलता हात लाग्छ नै। यसैले चियाश्रमिकहरूका विविध माग र समस्या विषय लिएर सम्पूर्ण श्रमिक संगठनहरू एकजुट भएर आन्दोलनमा उत्रिन आवश्यक छ। 1955-को श्रमिक आन्दोलन यसैको एउटा उदाहरण हो।
उनले भने, तर हाल दार्जीलिङ पहाड़का श्रमिक संगठनहरूको अनेकताको कारण नै चियाश्रमिकहरू विभिन्न सुविधाहरूबाट वञ्चित बन्न बाध्य बनिरहेका छन्। उनले भने, वर्ष 2017-को आन्दोलनकालको रोजी दार्जीलिङ पहाड़का श्रमिकहरूले अझैसम्म पाएका छैनन्, लकडाउन अवधिको रोजी पनि पाउन सकेका छैनन्। यसको लागि कुनै पनि राजनैतिक पार्टीहरूले आवाज उठाइदिएका छैनन्, तर ती राजनैतिक पार्टीहरू उनै चियाश्रमिकहरूअघि चुनाउ प्रचार गर्दै आउन थालिसकेका छन्। यसैले चियाश्रमिकहरूले यी राजनैतिक पार्टीहरूलाई आगामी बंगाल विधान चुनाउमा आफ्नो शक्ति देखाइदिनुपर्छ। उनले भने, हाल बन्दावस्थामा रहेका धोत्रे, कलेजभेल्ली, पेशोक चियाबगानका श्रमिकहरूलाई फौलाईको राशि दिने प्रक्रिया शुरू भए पनि धेरै श्रमिकहरूले यो फौलाईको पैसा पनि पाएका छैनन्। सिंगला चियाबगान बन्द भएको धेरै भइसक्यो, तर अझैसम्म यस चियाबगानलाई खोल्नको लागि कुनै राजनैतिक पार्टीले ठोस पहल गरेको छैन। यसैले अब बंगाल विधानसभाको चुनाउ नजिक आउन लाग्दा फेरि यहाँका राजनैतिक पार्टीहरू सल्बलाउन थालेका छन्, जसलाई चुनाउको समय नै उचित जवाब दिनुपर्ने, राईको भनाई छ। यस विषय लिएर जोइण्ट फोरमले शीघ्रै सर-सल्लाह गरेर भावी रणनीति तयार पार्ने भएको पनि उनले बताए।

चुनाउको समय चियाश्रमिकहरूले आफ्नो शक्ति देखाउनुपर्छः सुनिल


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment