युवाहरूमा तनाउ प्रबन्धनका साथै आचार-व्यवहारमा रचनात्मक परिवर्तनद्वारा कोभिड-19 को मामिलालाई सम्बोधित गर्नसकिने विशेषज्ञहरूको दाबी

युवाहरूमा तनाउ प्रबन्धनका साथै आचार-व्यवहारमा रचनात्मक परिवर्तनद्वारा कोभिड-19 को मामिलालाई सम्बोधित गर्नसकिने विशेषज्ञहरूको दाबी
Please Like and Share our website Samay Dainik

कोभिड-19 तथा पूर्वोत्तरका युवाहरूको निम्ति तनाउ प्रबन्धन विषयमा पीआइबी गुवाहाटीद्वारा वेबिनार आयोजित
युवाहरूमा तनाउ प्रबन्धनका साथै आचार-व्यवहारमा रचनात्मक परिवर्तनद्वारा कोभिड-19 को मामिलालाई सम्बोधित गर्नसकिने विशेषज्ञहरूको दाबी
गान्तोक, 13 अक्टोबर, 2020। युवाहरूमा तनाउ प्रबन्धनका साथै आचार-व्यवहारमा रचनात्मक परिवर्तनद्वारा कोभिड-19 को मामिलालाई सम्बोधित गर्नसकिने दाबी पत्र सूचना कार्यालय, गुवाहाटीद्वारा आयोजित वेबिनारमा विशेषज्ञहरूले दाबी गरेका छन्। वेबिनारमा चिकित्सा क्षेत्रका विशेषज्ञहरूका साथमा प्राज्ञहरूले चिकित्सा साथै नीतिगत पहलको दृष्टिकोणले कोभिडको स्थितिलाई सम्बोधित गर्ने विषयमा चर्चा-परिचर्चा अनि विमर्श गरे।कोभिडको समस्यालाई सम्बोधित गर्ने सजिलो उपाय अनुशासित जीवन रहेको पद्मश्री नरेशचन्दर लालले बताए। कोभिडको रोकथामका लागि सबैभन्दा आवश्यक स्वस्थकर भोजन अनि स्वच्छता रहेको उनले बताए। यसका साथै बाल स्वास्थ्य अनि तनाउ प्रबन्धन विषयमा पनि उनले प्रकाश पारे। बाल-बच्चाहरूलाई आफ्नो रुचि अनुसारले समय बिताउन दिनुपर्ने उल्लेख गर्दै यसले उनीहरूको एकाङ्कीपनका साथै अवसाद अनि तनाउबाट मुक्त राख्ने बताए।

मिजोरम केन्द्रिय विद्याल, ऐजवालका उपकूलपति प्रो. डा. केआरएस सम्बशिव रावले आफ्नो सम्बोधनमा स्वस्थ अनि रचनात्मक आचरणका साथै भावनात्मक स्वास्थ्य विद्यार्थीहरूको बौद्धिक विकासका लागि महत्त्वपूर्ण रहेको बताए। प्रविधिले अध्ययनको परिपाटी नै परिवर्तन गइरहेको समय त्यसलाई विद्यार्थीहरूको उत्तोत्तर विकासमा लगाउनुपर्ने कुरामाथि उनले जोड दिए। शिक्षाले विद्यार्थीहरूको अन्तरनिहित प्रतिभाको विकास गर्ने कुरा उल्लेख गर्दै यस प्रयासमा युवा जमातले अनुभव गर्ने तनाउका साथै कोभिड-19 को स्थितिलाई सम्बोधित गर्न उनीहरूको आचार-व्यवहारमा परिवर्तन आवश्यक रहेको डा. रावले बताए। यसका साथै भावावेश अनि तनाउले उनीहरूको बौद्धिक क्षमतालाई पनि प्रभावित पार्ने उल्लेख उनले गरे। कोभिड-19 को तनाउ विरुद्ध सबै बाल-बच्चा वा वयस्कले एकैप्रकारले प्रतिक्रिया नदिने भए तापनि, सम्भावित रूपमा सबैले एकै प्रकारले प्रतिक्रिया दिने कुरालाई ध्यानमा राख्दै अभिभावकहरूले नियमित दिचर्यामाथि ध्यान राख्दै रचनात्मक जीवन बिताउन प्रेरित गर्नुपर्ने उनले बताए।

पोषणको महत्त्वबारे बोल्दै गुरुनानक औषधि विज्ञान एवं प्रविधि संस्थानका प्राचार्य डा. लोपमुद्रा दत्तले तनाउ प्रबन्धन मुख्य रूपमा सन्तुलित अनि स्वस्थकर भोजनको विषय पनि रहेको बताइन्। योगका साथै भिटामिन सीले युक्त फलहरूको सेवन बाल-बच्चाहरूको विकासका लागि महत्त्वपूर्ण रहेको उनले बताइन्। यसका साथै बाल-बच्चालाई आफ्ना साथी-सङ्गी अनि माता-पितासँग बोल्न वा गफ गर्न प्रेरित गरे उनीहरूको तनाउ अनि व्याकुलता धेरै नै शान्त गर्नसकिने बताइन्। परिवारसँग समय बिताउनका साथै बाल-बच्चालाई खेल्न प्रोत्साहित गरेर पनि तनाउको समुचित प्रबन्धन गर्नसकिने उनले बताइन्।नागाल्याण्ड विश्वविद्यालयको जनसञ्चार विभागका सहायक प्रोफेसर प्रो. अर्जुन दास तथा दिल्ली उच्च न्यायालयका अधिवक्ता अब्दुलरहमान मल्लिकले युवाहरूको तनाउलाई सम्बोधित गर्न अभिभावकहरूले धैर्यताका साथ उनीहरूको कुरा सुनेर समस्या भए, त्यसको समाधान खोज्न सहयोग गर्नुपर्ने बताए।

बेल्डा महाविद्यालय, पश्चिम मेदिनापुरको पोषण विभागकी प्रो.अनुमिता मल्लिकले अधिकांश युवाको मामिला भावनासित तथा बाल-बच्चाको सन्देह संवादको कमीका कारण हुने गरेको बताइन्। तनाउले युवाहरू र विशेष गरी बाल-बच्चालाई आकुल-व्याकुल बनाउने, भावनात्मक रूपमा निरूत्साहित बनाउनका साथै अरूसँग बोल्न पनि डराउने बनाउने हुँदा यस,ले उनीहरूको व्यक्तित्त्व विकासलाई पनि प्रभावित गर्ने बताइन्।अर्जुन पुरस्कार विजेता तथा नागाल्याण्डकी तीरन्दाज सुश्री चेक्रोभोलु स्वुरोले साहस अनि अनुशासित जीवनले कोभिडसित सम्बन्धित सबै समस्या सम्बोधित गर्न सघाउ पुऱ्याउने बताइन्। आफ्नो रुचिअनुसारको विधामा समयको सदुपयोग गर्न युवाहरूलाई आह्वान जनाउँदै सामाजिक दूरी कायम गर्नका अतिरिक्त साबुन-पानीले राम्ररी हात धुने र निर्दिष्ट सुरक्षा उपाय अप्नाएर पनि कोभिडलाई टाढा राख्नसकिने बताइन्।

वेबिनारको नियोजन एवं समन्वयन पीआबी गुवाहाटीका संयुक्त निर्देशक सम्राट बन्धोपाध्यायले गरेका थिए भने उपनिर्देशक पल्लव चक्रवर्तीले स्वागत सम्बोधन राखे। अन्तरक्रियात्मक वेबिनारमा विद्यार्थीहरूका साथै आसमको चिकित्सा क्षेत्रका विशेषज्ञ अनि प्राज्ञहरू उपस्थित थिए। यस प्रकारको वेबिनारले उनीहरूलाई सुसूचित निर्णय लिनका साथै कोभिडबाट टाढा रहन अप्नाउनुपर्ने सतर्कता अनि सावधानीबारे सचेत बनाएको बताए। वेबिनारमा दूरदर्शन गुवाहाटी, क्षेत्रीय लोक सम्पर्क कार्यालय गुवाहाटी, आकाशवाणी गुवाहाटीका वरिष्ठ अधिकारी लगायत यस क्षेत्रका पत्रकाहरू पनि उपस्थित थिए। (पीआइबी)

युवाहरूमा तनाउ प्रबन्धनका साथै आचार-व्यवहारमा रचनात्मक परिवर्तनद्वारा कोभिड-19 को मामिलालाई सम्बोधित गर्नसकिने विशेषज्ञहरूको दाबी


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment