स्टेट टास्क फोर्सको उच्चस्तरीय बैठक आयोजित

स्टेट टास्क फोर्सको उच्चस्तरीय बैठक आयोजित
Please Like and Share our website Samay Dainik

फेक न्यूज प्रचार प्रसार गर्ने विरूद्ध सरकारले कड़ा कारबाही गर्नेछ : मुख्यमन्त्री

गान्तोक, 27 जुलाई (हिस)। मुख्यमन्त्री प्रेमसिंह तामाङको अध्यक्षतामा सोमबार सम्मान भवनमा स्टेट टास्क फोर्सको उच्चस्तरीय बैठक गरियो, जसमा कोविड-19 विषय राज्य सरकारको कार्ययोजनाको समीक्षा गरियो। बैठकमा केबिनेट मन्त्रीहरू, मुख्य सचिव, विभिन्न विभागीय प्रमुखहरू र वरिष्ठ अधिकारीहरू सहभागी थिए।

मुख्यमन्त्री तामाङले आफ्नो सम्बोधनको क्रममा सामाजिक सञ्जालमा प्रचार प्रसार भइरहेका फेक न्यूजले राज्यको वर्तमान चुनौतीलाई अझ गम्भीर बनाइरहेको बताए। उनले विश्वसनीय स्रोतबाट सही सूचना प्रसार गरिनुपर्ने र कुनै पनि समाचार सामग्री प्रचार प्रसारमा ल्याउनअघि राम्ररी जॉंच पड़ताल गर्नुपर्ने विषयमाथि बल दिए। उनले सामाजिक सञ्जाल, इलेक्ट्रोनिक मीडिया अथवा समाचार सम्प्रेषणका कुनै पनि माध्यमद्वारा फेक न्यूज प्रचार प्रसार गरिन्छ भने सरकारले कड़ा कारबाही गर्नेछ भनी बताए। मुख्यमन्त्रीले सरकारद्वारा लगाताररूपमा अपील गरिएको भए तापनि लाकडाउन दिशानिर्देशको उल्लंघन हुॅंदा राज्यमा कोविड मामिला अचानक बढेर गएको बताए। उनले लाकडाउन दिशानिर्देश उल्लंघन गर्नेहरू विरूद्ध पुलिसलाई कड़ा कारबाही गर्न निर्देश दिए।

उनले सही स्वास्थ्य दिशानिर्देश अक्षरस पालन गरिनुपर्छ भनी बताए। यस अतिरिक्त मुख्यमन्त्रीले 1 अगस्तपछि कतिपय गतिविधिहरूमा छुट दिइने छ भन्दै सबैलाई सुरक्षा नियम पालन गर्न आह्वान गरे। बैठकमा वर्तमान अनि भविष्यका आवश्यकहरूलाई ध्यानमा राख्दै जनशक्ति प्रबन्धको निम्ति एक राज्यस्तरीय सञ्चालन गर्ने गठन गर्ने निर्णय लिइएको छ। बैठकमा यदि कुनै व्यक्ति कोविड पोजिटिभ व्यक्तिको सम्पर्कमा आए तत्काल स्टेट हेल्पलाइन नम्बर 104 मा सम्पर्क गर्नुपर्ने बताइयो। यसैगरी, बैठकमा पुरानो एसटीएनएम अस्पतालमा ओपीडी सेवा सञ्चालन, राज्यका विभिन्न अस्पतालहरूमा औषधी आपूर्ति आदि विषय पनि चर्चा गरियो। मुख्यमन्त्रीले स्वास्थ्य विभागमा जनशक्तिको कमीलाई अविलम्ब सम्बोधन गर्दै पूर्णरूपमा सुसज्जित बनाउने निर्देश दिए। उनले राज्यका अस्पतालमा जनशक्ति र औषधीको कमी हुनुहुॅंदैन भनी बताए।

यस अघि मुख्य सचिव एससी गुप्ताले राज्यमा कोविड-19 को वर्तमान स्थितिबारे जानकारी दिए। उनले राज्यको वर्तमान स्थितिलाई ध्यानमा राख्दै लकडाउन विस्तार सम्बन्धी जारी गरिएको अधिसूचनाबारे पनि बताए। उनले मनसूनका कारण पनि राज्यले संकटको सामना गर्नु परिरहेको बैठकमा बताए। स्वास्थ्य विभागमा जनशक्तिको अभावलाई पूरा गर्न राज्य प्रशासनले विभिन्न विभागहरूबाट सफाई कर्मचारी र कार्यालय परिचरहरूलाई प्रयोगमा ल्याउने काम गरिरहेको पनि उनले जानकारी दिए। बैठकमा कन्ट्याक्ट ट्रेसिङ, जॉंच, निवारक पहल अनि लाकडाउनपछिको परिदृष्यबारे पनि विस्तारपूर्वक छलफल गरिएको जानकारी आईपीआर विभागले दिएको छ।

स्टेट टास्क फोर्सको उच्चस्तरीय बैठक आयोजित


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment