डाक्टर संक्रमितपछि सरकारलाई प्रदेश कंग्रेसको प्रश्‍न

डाक्टर संक्रमितपछि सरकारलाई प्रदेश कंग्रेसको प्रश्‍न
Please Like and Share our website Samay Dainik

27 जुलाईदेखि एक साता लकडाउन बढ़ाउनुपर्ने माग

गान्तोक, 25 जुलाई।
नयाँ एसटीएनएमको एमरजेन्सी वार्डमा खटिरहेकी डाक्टरलाई पनि कोरोना संक्रमण भएपछि अब उसो मणिपालमा उपचार गराउने सरकारको निर्णयमाथि सिक्किम प्रदेश कंग्रेस कमेटीले विभिन्न प्रश्न उठाएको छ। प्रदेश कंग्रेसले राज्यको भाजपा र एसकेएमको गठबन्धन सरकारको ध्यानाकर्षण गर्दै राजधानी गान्तोकको पुरानो एसटीएनएम अस्पताललाई कोविड-19 महामारीबाट अलग्गै राखी तयारी गरिनुपर्ने आवश्यकतामाथि बल दिँदै सरकारलाई अनेकौंपटक अनुरोध गरेको बताएको छ।
प्रदेश कंग्रेसकी मूल सचिव सुमित्रा राईद्वारा जारी विज्ञप्तिमा मणिपाल अस्पतालमा पनि यदि कोही स्वास्थ्य कर्मीलाई संक्रमण भएको खण्डमा त्यसको लागि राज्यमा के कस्तो तयारी छ? भन्ने प्रश्न पनि उठाइएको छ। यसका साथै नयाँ एसटीएनएम अस्पताललाई कोविड-19 को निम्ति मात्र सीमित राखेर बाहिरी उपचारको निम्ति मनिपाल जानुपर्ने विषयलाई लिएर उपचारको खर्च के सरकारले भुक्तान गर्छ? भन्ने प्रश्न पनि गरेको छ।
विज्ञप्तिमा भनिएको छ, प्रदेश कंग्रेस कमेटीले राज्यको भाजपा एसकेएम गठबन्धन सरकारको ध्यानाकर्षण गर्दै महामारी कोविड-19 सम्बन्धि प्रारम्भिक कालदेखि जनताको सुरक्षा हेतु आवश्यक सुझाउहरू सार्वजनिक रूपमा राख्दै आएको छ। यस अन्तर्गत राजधानी गान्तोकको पुरानो एसटीएनएम अस्पताललाई कोविड-19 महामारीबाट अलग्गै राखी तयारी गरीनु पर्ने आवश्यकता अनुरूप अनेकौ अनुरोध गरेको हो। यद्यपि, राज्य सरकारले बिपक्षको कुनै सुझाउ सल्लाहलाई वास्ता नगरी सौतेली मानसिकताबाट हेर्ने गरेको छ। लोकतांत्रिक व्यवस्थामा बिपक्षी दलको कतिपय सुझाउहरूको पनि कदर गर्दै र बिपक्षी दलसँगको तालमेलबाट सरकार चल्नु शासन प्रशासनमा सन्तुलन आउनु हो। तर दुर्भाग्यवश यहां सत्ता परिवर्तन भएता पनि चलन र व्यवस्था पुरानै यथावत रहेको छ।
कंग्रेस पार्टीले सधैं जनहितमा सरकारको कमि कमजोड़ीलाई औंलाउँदै सतर्क गराउँन चहानु, जनता र राज्यप्रतिको कर्तब्य अनि नैतिक जिम्मेदारी हो। त्यसर्थ यो महामारीले सत्ता र बिपक्षी भन्दैन, भनेर हामीले सरकारको पक्षमा समर्थन दिंदा पनि सरकारको नजर सौतेली रहनु अति दुःखद घटना हो, जसको प्रतिफल राज्यका जनता जोखिममा पर्दैछ। सरकारले सिच्छेको नयां एसटीएनएम अस्पताललाई कोविड-19 को निम्ति मात्र सिमित गर्नाले र हाल अब मनिपालमा बाहिरी बिरामी उपचार गरिनाले गरीब जनताले सरकारी स्वास्थ्य लाभबाट बञ्चित हुनु पर्नेछ।
निजी कम्पनीहरूबारे विज्ञप्तिमा भनिएको छ, वर्तमान संकटलाई मध्यनजर राख्दै सिक्किमका समस्त फार्मा कंपनिहरूलाई पनि केही मियादसम्म बन्द गर्न आवश्यक्त छ। कंग्रेसले फार्मा कम्पनी बन्द गरिनु पर्ने विषयमा धेरैचोटि वकालत गरेकै हो, तर सरकारको हठपनले आज सिक्किमे जनता भुक्तभोगी बन्नु बाध्य छन्। सिक्किम प्रदेश कंग्रेस कमेटीले राज्यको जनताको हितमा, राज्यमा अझै 27 जूलाई उता एक हप्ता लकडाउन बडाउनु आग्रह गर्दछ। हालसम्म भएका कतिपय गल्ती र लापरवाहीलाइ ध्यानमा राखेर सरकार खूबै सम्वेदनशील बन्नुपर्छ।

डाक्टर संक्रमितपछि सरकारलाई प्रदेश कंग्रेसको प्रश्‍न


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment