वन विभागले कानून मिचेर धुप्पीका रुखहरू राईफाँड़ो लगाएको एसआरएमको आरोप

वन विभागले कानून मिचेर धुप्पीका रुखहरू राईफाँड़ो लगाएको एसआरएमको आरोप
Please Like and Share our website Samay Dainik

गान्तोक, 25 जून।
सिक्किम सरकारको वन विभागले दक्षिण सिक्किमको रायोङ फारसमा केही व्यक्तिहरूलाई बिना अक्सन धुप्पीका ठूला रुखहरू काट्ने अनुमति दिएको आरोप लगाउँदै सिक्किम राज्य मञ्च (एसआरएम) पार्टीले यो काम झट्टै बन्द गराउन राज्य सरकारसमक्ष माग गरेको छ। पार्टीका उपाध्यक्ष एनबी छेत्रीद्वारा जारी एउटा प्रेस विज्ञप्तिमा जनाएअनुसार सिक्किमको राजाकालमा रोपिएका धुप्पीका रुखहरूले पर्यटकहरूलाई आकर्षण गर्दै आइरहेको थियो। हाल ती रुखहरूमा अक्सनबिनै आरा चलाउन वन विभागले अनुमति दिएकाले रायोङ र राङ्के-का वासिन्दाले घोर आपत्ति जनाइरहेको पार्टीले दाबी गरेको छ। प्रत्येक वर्ष अप्रेलदेखि अक्टोबरसम्म रुख काट्न मार्किङ अर्डर दिने सरकारी अनुमति छैन। तर विभागले यतिबेला फारसमा व्यापक रूपमा जङ्गल फँड़ानी गरेर स्थानीयवासीलाई आश्चर्यचकित बनाएको पार्टीको भनाइ छ। सरकारले यो कार्यलाई झट्टै बन्द गरी पर्यावरणमा पर्ने प्रतिकुल प्रभावलाई रोक्नुपर्ने पार्टीले आग्रह गरेको छ।
यसैगरी पार्टीले रायोङ टाँगेमा बसोबासो गर्ने लगभग तीस परिवारलाई खाने पानीको व्यवस्था गर्न पनि माग गरेको छ। यसबाहेक रायोङ प्राथमिक पाठशालाको निम्ति पक्का भवन, रायोङ टाँगेदेखि अप्पर राङ्के गाउँ भएर राभाङ-तार्कु रोडसम्म जोड्ने लिङ्क रोडको व्यवस्था अनि रायोङ-राङ्के गाउँमा डिस्पेन्सरीको स्थापना गरिदिन पार्टीले सरकारसमक्ष माग गरेको छ।

वन विभागले कानून मिचेर धुप्पीका रुखहरू राईफाँड़ो लगाएको एसआरएमको आरोप


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment