जनजाति खेलकुद प्रतिभा खोज कार्यक्रम आयोजित

जनजाति खेलकुद प्रतिभा खोज कार्यक्रम आयोजित
Please Like and Share our website Samay Dainik

सोरेङ, 28 फरवरी (हिस)।
राज्य सामाजिक न्याय एवं कल्याण विभाग अधीनस्थ जनजाति अनुसन्धान संस्थानले खेलकुद एवं युवा मामिला विभागको संयुक्त तत्त्वावधानमा चौथो चरणको जनजाति खेलकुद प्रतिभा खोज कार्यक्रम आयोजन गर्‍यो। सोरेङ महकुमाअन्तर्गत विभिन्न ग्राम पञ्चायत एकाइहरूलाई लिएर आयोजन गरिएको कार्यक्रममा फूटबल, भलिबल, ब्याडमिण्टन, कराटेलगायत अन्य खेलहरू सम्पन्न गरियो। कार्यक्रममा 9 -देखि 14 वर्ष उमेर पुगेका नानीहरूले सक्रिय रूपमा भाग लिए।
प्रत्येक खेल विधाबाट दुइ-दुइ उत्कृष्ट खेलाड़ीलाई चयन गरेर राज्यस्तरको स्पर्द्धामा भाग लिन चयनित गरिनेछ। राज्यस्तरको स्पर्द्धाबाट 10 उत्कृष्ट प्रतिभालाई चयन गरेर राज्यबाहिरका स्पोर्टस् एकाडेमी भ्रमणमा पठाइने बताइएको छ। यो कार्यक्रम आयोजन गर्नुको प्रमुख उद्देश्य प्रतिभावान जनजाति नानीहरू खोजेर उनीहरूका प्रतिभालाई निखार्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउनु रहेको बताइएको छ।
आईपीआर विभागअनुसार कार्यक्रममा सोरेङका एसडीएम हिम्मत राई, एडी (खेल) श्रीमती ममता गुरूङ आदि उपस्थित थिए।

जनजाति खेलकुद प्रतिभा खोज कार्यक्रम आयोजित


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment