एसआईसीएद्वारा मुख्यमन्त्री राहत कोषमा 10 लाख प्रदान

एसआईसीएद्वारा मुख्यमन्त्री राहत कोषमा 10 लाख प्रदान
Please Like and Share our website Samay Dainik

गान्तोक, 30 मार्च (हिस)। कोरोना भाइरसको प्रसार रोकथामको निम्ति राज्य सरकारका प्रयासहरूलाई समर्थन गर्न विभिन्न संघ संस्थाहरू अघि आउन थालेका छन्। यसै क्रममा ​सिक्किम क्रिकेट एसोसिएशन (एसआईसीए) ले मुख्यमन्त्री राहत कोषको निम्ति 10 लाख रूपियॉं प्रदान गरेको छ। ​सिक्किम क्रिकेट एसोसिएशनका प्रतिनिधिहरूले मुख्यमन्त्री प्रेमसिंह तामाङलाई भेटेर 10 लाख रूपियॉंको चेक हस्तान्तरण गरेका छन्। यसैगरी, यो संकटको घड़ीमा एसोसिएशन सरकारको साथमा रहेको र भविष्यमा पनि सिक्किमको जनताका निम्ति उठाइने कदमहरूप्रति समर्थन गरिरहने एसोसिएशनले बताएको छ।यसै क्रममा आज सिस्को ब्याङ्कले 10 लाख रूपियॉं मुख्यमन्त्री राहत कोषको निम्ति प्रदान गरेको छ। ब्याङ्कका प्रतिनिधिहरूले मुख्यमन्त्रीका सचिव एसडी ढकाललाई भेटेर चेक प्रदान गरे।यसरी नै स्टेट ब्याङ्क अफ सिक्किमले पनि सचिव ढकाललाई भेटेर मुख्यमन्त्री राहत कोषको निम्ति रू. 501,096 को चेक हस्तान्तरण गरेको छ। यसरी नै गान्तोक नगर निगमका मेयर शक्तिसिंह चौधरी र उप मेयर श्रीमती लासेडोमा भोटियाले क्रमश: 31 हजार र 21 हजारको चेक सचिव ढकाललाई हस्तान्तरण गरे। यसैगरी, डर्टी एन्जल्स मोटरसाइकल क्लबले 16 हजार, ओमासले 10 हजार, सुशिल गोयलले एक लाख, प्रतापसिंह तामाङले 50 हजार, हेवन्ली पाथ अर्गनाइजेशनले 1 लाख 7 हजार रूपियॉंको चेक सचिव ढकाललाई हस्तान्तरण गरेको छ।

एसआईसीएद्वारा मुख्यमन्त्री राहत कोषमा 10 लाख प्रदान


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment