जेबी दर्नालले कुनै बनावटी कुराको उल्लेख गरेको थिएन ः एसडीएफ

जेबी दर्नालले कुनै बनावटी कुराको उल्लेख गरेको थिएन ः एसडीएफ
Please Like and Share our website Samay Dainik

गान्तोक, 8 जनू (हिस)।
एसडीएफ पार्टीका प्रवक्ता जेबी दर्नालमाथि लगाइएको कथित मानहानिको आरोपप्रति एसडीएफ पार्टीले घोर विरोध जनाएको छ। प्रवक्ता दर्नालले एक भीडियोमार्फत एसकेएम पार्टीका अध्यक्षका केही पारिवारिक कुरामाथि टिप्पणी गरेको विषयलाई लिएर उनीमाथि मानहानिको आरोप लगाएको एसडीएफको चेली मोर्चा सचिव, प्रभारी सकुन गुरुङले प्रेस विज्ञप्तिमा बताएकी छन्।
विज्ञप्तिमा भनिएको छ, ‘एसडीएफ प्रवक्ताले कुनै बनावटी कुराको उल्लेख गरेको थिएन। यो त स्वयं एसकेएम पार्टीका अध्यक्षले आफ्नो चुनावी नामाङ्कन पत्र दर्ता गर्दा उक्त विषयहरूको उल्लेख गरिएको कुरो हो, जो सिक्किमका जन-साधारणलाई पनि थाहा छ।’ एसडीएफले दर्नालको टिप्पणीलाई एसकेएम पार्टी अध्यक्षको छवि बिगार्ने कोशिश नरहेको, तर नारीहरूले अझ सम्मान र इज्जत पाउनु पर्छ भन्ने कुरा रहेको दाबी गरेको छ।
विज्ञप्तिमा अझ भनिएको छ, ‘नारीको इज्जत र सम्मान हुनुपर्छ भन्ने एसकेएम पार्टीमा कहाँ नारीको सम्मान भएको छ र? विधानसभामा भएको एउटै नारी सदस्यसम्मलाई पनि न्याय गरेर मन्त्री पदमा राख्न नसक्ने एसकेएम पार्टीले कुन नारीलाई कहाँसम्म पुर्‍याएको छ? एसकेएम अध्यक्षको घरैभित्रको नारीलेसम्म न्याय नपाएको कुरा त कुनै सिक्किमेलाई थाहा नभएको होइन।’
विगत दिनमा मणिपालकी नर्समाथि भएको हमलालाई एसकेएम पार्टीका सदस्यहरूले कसरी हेर्छ? के नर्सले न्याय पायो भनी एसडीएफले प्रश्‍न पनि गरेको छ। यसैगरी, पेण्डिमक फेमिलीकी प्रियन्का छेत्रीलाई एसकेएम पार्टीका सदस्यले अपमानित गर्दा पार्टीका नारी सदस्यहरूले उनीमाथि न्याय गरेको थाहा नपाएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

जेबी दर्नालले कुनै बनावटी कुराको उल्लेख गरेको थिएन ः एसडीएफ


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment