सुप्रिम कोर्टले स्वीकार गऱ्यो सीबीएसईको 10औं र 12औं परीक्षाको मूल्याङ्कन सिस्टम 

सुप्रिम कोर्टले स्वीकार गऱ्यो सीबीएसईको 10औं र 12औं परीक्षाको मूल्याङ्कन सिस्टम 
Please Like and Share our website Samay Dainik
  • 16
    Shares

नयाँ दिल्ली, 26 जून (हिस)। सुप्रिम कोर्टले सीबीएसईको नयाँ नोटिफिकेशन स्वीकार गरेको छ। कोर्ट अनुसार, आईसीएसईले पनि यस्तै नोटिफिकेशन जारी गरोस्। आईसीएसईले मार्किङको तरिका आफै तय गरोस्। यस फसेलाको अर्थ हो कि 1-15 जुलाईसम्म हुने परीक्षा रद्द गरिएको छ। मार्किङ र पछिको परीक्षालाई लिएर दुवै बोर्डले आ-आफ्नो नोटिफिकेशन जारी गर्नेछन्।

सुनवाईमा सीबीएसईले भन्यो, ‘जसले पहिले तीनभन्दा धेरै परीक्षा दिएको छ, उनीहरूले बाकीको विषयको अंक बेस्ट अफ 3 को एवरेजले पाउनेछन्। जसले तीन परीक्षा दिएको छ, उसले बेस्ट अफ 2 को औसतले अकं पाउनेछ। जसले एक वा दुई टेस्ट नै दिएको छ, उनीहरूको अंक र आन्तरिक मूल्याङ्कन वा प्रेक्टिकलको औसतले पाउनेछ’। सुनवाईमा याचिकाकर्ताका उकीलले माग गरे कि 12औं कक्षाका नानीहरूले पुनः परीक्षाको अवसर कहिले पाउनेछन्, यो पनि स्पष्ट गरियोस्। यस बिन्दूमा अहिले स्पष्टता दिइएको छैन। आईसीएसईका उकीलले भने, ‘हामीले पनि परीक्षा रद्द गरिरहेछौं। हाम्रो मार्किङको तरीका सीबीएसईदेखि केही अलग हुनेछ। हामी 10औं का नानीहरूलाई पनि पुनः परीक्षाको अवसर दिनमाथि विचार गर्नेछौं’।

सीबीएसई र आईसीएसईको 10औं र 12औंको नतिजा 15 जुलाईसम्म आउनेछ। गत 25 जूनमा केन्द्रले सुप्रिम कोर्टलाई भनेको थियो, ‘मार्किङको नयाँ व्यवस्था समेत बाकी कुरामाथि भोलीसम्म अधिसूचना जारी हुनेछ। असेसमेन्टको आधारमा 10औं र 12औं को नतिजा 15 जुलाईसम्म घोषित गरिनेछ’। सुनवाईमा आईसीएसईले भनेको थियो, ‘आईसीएसईले पनि 10औं र 12औंको परीक्षाहरू रद्द गर्नेछ। असेसमेन्टको आधारमा रिजल्ट घोषित हुनेछ। स्थितिमा सुधार भए 12औं का छात्रहरूलाई परीक्षाको विकल्प दिइनु हो वा होइन, यसमाथि पछि फसेला लिइनेछ’।

सुप्रिम कोर्टले स्वीकार गऱ्यो सीबीएसईको 10औं र 12औं परीक्षाको मूल्याङ्कन सिस्टम 


Please Like and Share our website Samay Dainik
  • 16
    Shares

Related posts

Leave a Comment