शुरुदेखि नै आरटीआइले उल्लेखनीय काम गर्दैआएको छ : एलआर विश्‍वनाथ

शुरुदेखि नै आरटीआइले उल्लेखनीय काम गर्दैआएको छ : एलआर विश्‍वनाथ
Please Like and Share our website Samay Dainik

पीआइबी गुवाहाटीद्वारा आरटीआइमाथि वेबिनार आयोजित

नागरिकद्वारा मागिएको सूचना समयबद्ध रूपमा सरकारले उपलब्ध गराउनुपर्ने हुँदा सूचनाको अधिकार (आरटीआइ) ऐन, २००५ धेरै महत्त्वपूर्ण छ : आरटीआइ विशेषज्ञ जी सुब्रमणियम

गुवाहाटी, २५ जून,।

पत्र सूचना कार्यालय, गुवाहाटीद्वारा आज सूचनाको अधिकार ऐन, २००५ तथा यसको विशेषता एवं कार्यान्वयन विषयमाथि वेबिनार आयोजन गरियो| पूर्व उपसचिव तथा केन्द्रिय सूचना आयोगका पञ्जियक जी सुब्रमणियमद्वारा ासञ्चालित परोक्ष कार्यगोष्ठीमा सम्पूर्ण पूर्वोत्तर क्षेत्रका पत्र सूचना कार्यालय, क्षेत्रीय अभिगम्य कार्यालय तथा स्थल सुगम्य कार्यालयका अधिकारीहरूले सहभागिता जनाए|
आफ्नो सम्बोधनमा सुब्रमणियमले सूचनाको अधिकार (आरटीआइ) ऐन, २००५ नागरिकहरूद्वारा सरकारलाई मागिएको सूचना समयबद्ध रूपमा उपलब्ध गराउनुपर्ने हुँदा धेरै महत्त्वपूर्ण रहेको बताए| सूचनाको अधिकारको विशेषताका साथै यसको कार्यान्वयनबारे उनले विस्तारका साथ जानकारी दिए| भारत जस्तो लोकतान्त्रिक देशमा सूचनाको पारदर्शिता धेरै महत्त्वपूर्ण रहेको कुरामाथि पनि उनले बल दिए| सूचनाको अधिकारले नागरिकहरूलाई सरकारको कार्यप्रणालीमाथि प्रश्‍न खडा गर्ने अधिकार मात्र प्रदान गरेर भ्रष्टाचारको रोकथान गर्न र लोकसेवकलाई जवाफदेय बनाउन पनि सहयोग पुर्‍याउने गरेको बताए|
सूचना एवं प्रसारण मन्त्रालयको पूर्वोत्तर क्षेत्रका महानिर्देशक एवं विभाग प्रमुख एलआर विश्‍वनाथले आफ्नो स्वागत सम्बोधन पेश गर्दै सूचनाको अधिकारले प्रभावी भएको मितिदेखि नै देशमा उल्लेखनीय काम गर्दैआएको बताए| यस ऐनको उद्देश्य सबै लोक प्राधिकरणको कार्यशैलीमा पारदर्शिता साथै जवाफदेयता सुनिश्‍चित गर्नुरहेको उनले बताए|
सरकारी अधिकारीहरूले आफ्नो काममा पारदर्शिता कायम गर्नका अतिरिक्त कुनै पनि फाइल थॉंतीमा राख्न नहुने उनले बताए| यसका साथै सूचनाको अधिकार विषयमा सरकारी अधिकारीहरूलाई समय-समयमा जागरूक गराउन पनि आवश्यक रहेको बताए|
वेबिनारपछि राखिएको प्रश्‍नोत्तर सत्र पनि धेरै फलदायी रहेको थियो, जहॉं अधिकांश प्रतिभागीका प्रश्‍नहरूको उत्तर दिइयो| वेबिनारको परिचालन पीआइबी, शिलङका मिडिया एवं सञ्चार अधिकारी गोपाजीत दासद्वारा गरिएको थियो भने धन्यवाद प्रस्ताव पीआइबी गुवाहाटीकी संयुक्त निर्देशिका श्रीमती कीर्ति तिवारीद्वारा गरिएको थियो| (पीआइबी)

शुरुदेखि नै आरटीआइले उल्लेखनीय काम गर्दैआएको छ : एलआर विश्‍वनाथ


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment