देशमा धार्मिक स्थलहरू खोलिए पनि सिक्किममा खोल्ने आदेश आएको छैन

देशमा धार्मिक स्थलहरू खोलिए पनि सिक्किममा खोल्ने आदेश आएको छैन
Please Like and Share our website Samay Dainik

गान्तोक, 9 जून।
भारत सरकारले देशभरिका धार्मिक स्थलहरू सामाजिक दूरत्व पालन गर्दै पूजा अर्चनाको निम्ति खोल्ने निर्णय गरेर अधिसूचित गरेको भए पनि सिक्किममा भने लकडाउन शुरू भएयतादेखिकै आदेशको पालन गरिएको छ। राजधानी गान्तोक वरपर रहेका प्रमुख धार्मिक स्थलहरू बिहान र बेलुकीको साधारण प्रार्थना, पूजा अर्चनामात्र गरिन्दैछ। गुम्बामा अनुयायीहरूको भिडभाड़ छैन्। राजधानीको प्रमुख इञ्चे गुम्बा समितिका सदस्य दिछेन लामाले राजधानी वरिपरिका मानिसहरूको पुरानो अनि इष्टदेवको गुम्बा भएको हुनाले सरकारको आदेशअनुसार गुम्बामा भीड़भाड़ गर्न दिइएको छैन। यद्यपि, साँझ बिहानको पूजा अर्चना भने गरिरहेको उनले बताएका छन्।
यसैगरि राजधानीको पुरानो गिर्जा सन्त थोमसका फादर पाउल काबोले आजदेखि देशभरि सबै धार्मिक स्थलहरू खोलिएको भएपनि सिक्किममा अहिलेसम्म सरकारको कुनै आदेश नआएको अनि महामारीबाट सबैलाई सुरक्षित राख्ने इस्टरको महिनामा पनि केवल पल्ली पुरोहितहरूले मात्र प्रार्थना गरिरहेको जानकारी गराएका छन्। प्रार्थना सभामा धेरै भीड हुने भएका कारण परमेश्वरको वचन घरैमा पठन गर्ने आग्रह गरिएको अनि अनलाइन प्रवचनहरू दिइरहेको पनि उनले बताएका छ। यसैगरि राजधानीको पुरानो जामा मस्जिद अनि ठाकुरबाडी मन्दिर पनि सुनसान रहेको अनि इमाम र पुरोहितले साधरणरूपमा नमाज र पूजा अर्चना मात्र गरिरहेका छन्।

देशमा धार्मिक स्थलहरू खोलिए पनि सिक्किममा खोल्ने आदेश आएको छैन


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment