राफेल बन्यो भारतको निम्ति आकाशको शक्ति

राफेल बन्यो भारतको निम्ति आकाशको शक्ति
Please Like and Share our website Samay Dainik

नयाँ दिल्ली, 10 सेप्टेम्बर (हिस)। अन्ततः दुश्मनको पसीना निकाल्ने फ्रान्सको फाइटर जेट राफेल बिहिबार भारतको निम्ति आकाशको शक्ति बनेर भारतीय वायुसेनामा सामेल भएको छ। यस अवसरमा भारतका लडाकू विमानहरूले राफेलको साथ फ्लाई पास्ट गरेर आकाशमा भारतको ताकत देखाए। सबैभन्दा पहिले शक्तिशाली सुखोई विमानले आकाशमा गर्जन गरेर फ्लाई पास्ट शुरु गरेको थियो। यसपछि जगुआर, राफेल लडाकू विमान, स्वदेशी तेजस एयरक्राफ्ट अनि सारङ्ग एयरेटिक टीमले आकाशमा उडेर शानदार एयर डिस्प्ले गरे।

अम्बाला एयरबेसमा राफेल लडाकू विमानलाई औपचारिक रूपमा वायु सेनामा सामेल गराउन अघि सर्वधर्म पूजा गरिएको थियो। जसमा रक्षामन्त्री राजनाथ सिंहसँग फान्सका रक्षामन्त्री फ्लोरेन्स पार्ली पनि थिइन्। रक्षामन्त्री राजनाथ सिंहले भारतीय वायु सेनाको टीमको लडाकू विमानलाई पारम्परिक वाटर केनन सेल्यूट दिए अनि फेरि यसका साथै फाइटर जेट वायुसेनाको गौरवशाली टीमको हिस्सा बनाइयो। अब भारतीय वायु सेनाको सबैभन्दा राम्रो फाइटर जेट कुनै पनि मोर्चामा तैनात हुनको निम्ति तयार छ। एयर डिस्पलको समय अम्बाला एयर बेसमा वन्दे मातरम अनि माँ तुझे सलामको गीतले राष्ट्रिय पर्वको माहोल नै बनाएको थियो।

स्वदेशी तेजस एयरक्राफ्टले आकाशमा आफ्नो कला देखाउनका साथै आफ्नो मारक क्षमताको पनि प्रदर्शन गर्यो। गणतन्त्र दिवस या स्वतन्त्रता दिवसमा आफ्नो कला प्रदर्शन गर्ने सारङ्ग एयरोबेटिक टीमले आज यहॉंं अम्बाला एयरबेसको आकाशमा पनि आफ्नो कला देखाएका थिए। डेढ सालसम्म फ्रान्समा ट्रेनिङ लिएपछि फ्रान्सबाट भारत लिएर आउने भारतीय वायु सनाका पायलटहरूलाई पनि सेल्यूट गरियो। यसपछि पाँचैवटा राफेलले आकाशमा आफ्नो बाहुबलको प्रदर्शन गरेर प्रत्येक भारतीयलाई गौरवान्वित तुल्याए।

दिल्ली पुगेपछि फ्रान्सको सशस्त्र सेनाका मन्त्री फ्लोरेन्स पार्लीलाई औपचारिक गार्ड अफ अनर दिइयो। यस समारोहमा रक्षा स्टाफका प्रमुख जनरल बिपिन रावत, वायु सेना प्रमुख एयर चूफ मार्शल आरकेएस भदौरिया, रक्षा सचिव डा. अजय कुमार, डीआरकीओका सचिव अनि अध्यक्ष डा. जी. सतश रेड्डीको साथ रक्षा मन्त्रालय अनि सशस्त्र बलका वरिष्ठ अधिकाहीहरू पनि यस ऐतिहासिक कार्यक्रमको साक्षी बनेका थिए।

यस अतिरिक्त कार्यक्रममा भारतमा फ्रान्सका राजदूत इमानुअल लेनेन, एयर जनरल एरिक एटुलेट, फ्रान्सका वाईस चीफ अफ एयर स्टार अनि अन्यको उपस्थिति रहेको थियो। यसमा राफेल जेट बनाउने कम्पनी डसाल्ट एविएशनका अध्यक्ष अनि कार्यकारी एरक ट्रेपियर अध्यक्ष अनि एमबीआरएका मुख्य कार्यकारी अधिकारी एरिक बेराङ्गर प्रमुख थिए।

राफेल बन्यो भारतको निम्ति आकाशको शक्ति
The Minister of Armed Forces of the French Republic, Ms. Florence Parly addressing the gathering after formally inducting Rafale aircraft at 17 Squadron, the ‘Golden Arrows’, which was resurrected on September 10, 2019, in Ambala on September 10, 2020.(Pib)

राफेल बन्यो भारतको निम्ति आकाशको शक्ति


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment