राङ्कामा माङ्खिम समितिद्वारा 15औं स्थापना दिवस पालन

राङ्कामा माङ्खिम समितिद्वारा 15औं स्थापना दिवस पालन
Please Like and Share our website Samay Dainik

गान्तोक, 10 सेप्टेम्बर (हिस)। पारुहाङ साप्टेन माङ्खिम समितिद्वारा आज आज 15औं स्थापना दिवस पालन गरियो। कोभिड-19 को वर्तमान महामारीलाई ध्यानमा राख्दै कार्यक्रममा सामाजिक दुरुत्वको नियमलाई पालन गरिएको थियो। विगत वर्षहरू झैं 15औं स्थापना दिवसलाई भव्यताका साथ आयोजन नगरिएको समितिका महासचिव सूर्यकुरमार राईले जनाएका छन्। माङ्पा देवीराई राईद्वारा पूजाअर्चना गरिएपछि प्रचार सचिव मोहन राणाको स्वागत सम्बोधनबाट कार्यक्रम शुरू गरिएको थियो।
यस क्रममा पारुहाङ साप्टेन माङ्खिम समितिका मुख्य संरक्षक मोहन दुङ्मालीले वर्ष 2006-मा राङ्का राईगाउँ स्कूलको प्राङ्गनमा बसेको पहिलो सभापछि नै यो समिति गठन गरिएको जानकारी गराए। राङ्का भेगबाट यो समितिले धेरै कामहरू गरिसकेको उल्लेख गर्दै लगभग निर्माण कार्य पूरा हुनै लागेको भव्य ‘पारुहाङ साप्टेन माङ्खम’-लाई यहाँसम्म ल्याइपुराउन सकेको पनि उनले बताए। पूर्व सरकारको पनि उल्लेख्य योगदान रहेको यो माङ्खिम निर्माणका लागि वर्तमान मुख्यमन्त्री पीएस तामाङप्रति पनि प्रमुख संरक्षक दुङ्मालीले कृतज्ञता प्रकट गरेका छन्।
केहीदिन अघिमात्रै उनका ससुराको दुःखद निधन भएकोमा शोक प्रकट गर्दै दुङ्मालीले माङ्खिम निर्माणका लागि मुख्यमन्त्री तामाङको सुझाउलाई ध्यानमा राखी काम भइरहेको पनि बताएका छन्। विशेष, सरकारको तर्फबाट 9 करोड़ रुपियाँको सहयोगार्थ समितिको तर्फबाट आभार प्रकट पनि गरे। आफ्नो सम्बोधनमा प्रमुख संरक्षक दुङ्मालीले वितेर गएका समितिका दिङ्गत सदस्यहरूलाई पनि स्मरण गरे। उनीहरूको अथक प्रयास र निरन्तर सहयोगकै परिणामस्वरूप समिति अघि बढ्न सकेको र माङ्खिम निर्माणमा लागिपर्न सकेको बताउँदै उनीहरूलाई दुङ्मालीले नमन गरे।
यसका साथै कोभिड-19 को कारण ढिलो भए पनि आगामी वर्षको अप्रेलसम्ममा निर्माण कार्य पूरा हुनसक्ने बताउँदै सम्भवतः त्यही समय यसको उद्घाटन हुने उनले बताएका छन्। समितिले प्रत्येक वर्ष उधौली, उभौली, विश्‍वशान्ति पूजा र स्थापना दिवस भव्यताका साथ आयोजन गर्दै आइरहेको स्मरण गराउँदै समितिको तर्फबाट कुनै विशेष ‘सम्मान’ कार्यक्रम पनि शुरू गर्ने समितिसमक्ष प्रस्ताव तथा सुझाउ पनि राखेका छन्। महासचिव सूर्यकुमार राईद्वारा सञ्चालित कार्यक्रममा गाउँका बुढ़ापाका तथा युवावर्गको पनि उपस्थिति रहेको थियो।

राङ्कामा माङ्खिम समितिद्वारा 15औं स्थापना दिवस पालन


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment