तेस्रो पोषण मास – कुपोषण विरुद्ध व्यापक पहलतेस्रो पोषण मास – कुपोषण विरुद्ध व्यापक पहल

तेस्रो पोषण मास – कुपोषण विरुद्ध व्यापक पहलतेस्रो पोषण मास – कुपोषण विरुद्ध व्यापक पहल
Please Like and Share our website Samay Dainik

सोरेङ, ८ सेप्टेम्बर (सरोज गुरुङ) 

कुपोषण मुक्त भारतको उदेश्य सहित राष्ट्रिय पोषण माहको सार्वजनिकीकरण सोमबार हुनसाथ यता सोरेङ महकुमामा पनि राष्ट्रिय पोषण महिनालाई एउटा कार्यक्रमबिच थालनी गरिएको छ। आज महकुमा कार्यलयबाट महकुमा स्तरमा शुरुवात गरिएको उक्त महिनाव्यापी कार्यक्रम भोलिदेखि फिल्ड स्तरमा सम्बन्धित विभागले जनजागरणसहित कार्यक्रमलाई कार्यान्वयनमा ल्याउने बताइएको छ।  उल्लेख, राष्ट्रिय पोषण माह यसै सेप्टेम्बर महिनाको पहिलो तारिखदेखि एक महिना देशव्यापी रूपमा पालन भइरहेको छ भने यस वर्षको प्रसंग ‘कुपोषण मुक्त भारत तर्फ एक हौं’ रहेको छ। सोरेङ महकुमा कार्यलयको सम्मेलन कक्षामा आयोजित कार्यक्रममा यस महत्वकांक्षी योजनाको विधिवत् शुरुवात महकुमा भित्र गरिएको छ। यहाँ आयोजित कार्यक्रममा महकुमा अधिकारी रञ्जन राई, अतिरिक्त जिल्लापाल (विकास) गायस पेगा, सामाजिक न्याय एवं कल्याण विभागकी सीडीपीओ गौरी तामाङ, आयुषकी मेडिकल अफिसर रोशनी थापा, आरओएडी बीबी राई, विभागीय कर्मचारीगण, आईसीडीएस सुपरभाइजर, विभिन्न आइसीडीएस केन्द्रका प्रतिनिधिहरुको उपस्थिति थियोे।  कार्यक्रममा महकुमा अधिकारी रञ्जन राईले प्रथमतः सबैलाई कुपोषण मुक्त भारत बनाउन साथै पोषण सुनिश्चित गरेर महिला, बालबालिका सँगसँगै आमनागरिकलाई स्वास्थ्य राख्न प्रत्येकले भूमिका निर्वाह गर्नपर्ने विषयमा शपथ दिलाए। कार्यक्रमको औचित्य सम्बन्धि सीडीपीओ गौरी तामाङले प्रकाश परेकी थिइन्।

तेस्रो पोषण मास – कुपोषण विरुद्ध व्यापक पहल  -अभिशेख दयाल, निर्देशक, पीआइबी इम्फाल
कोभिड-19 महामारीको बढ्दो प्रकोपका साथै टाट पल्टिने स्थितिमा पुगेको अर्थनीतिको पृष्ठभूमिमा देशव्यापी तेस्रो राष्ट्रिय पोषण मास पालन गरिँदैछ। यस विकट परिस्थितिमा, देशको अनेकौं ठाउँमा कुपोषणको यस अविराम अनि दुरूह समस्या, विशेष गरी महिला अनि बाल-बच्चाहरूमा अझ पनि विकारल सत्य रहेको पाइन्छ।
वर्ष 2018 मा, प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा स्थानीय प्रशासनसहित पञ्चायतहरूको तत्परतामा समयबद्ध तरिकाले ठोस कदम उठाउँदै जनजागरूकता फैलाउँदै यस समस्यालाई सम्बोधित गर्न “पोषण अभियान” शुभारम्भ गरिएको थियो। यसै अभियानको अंशको रूपमा पोषण मास जन भागिदारी बढाउने ध्येयका साथ सालेनी सेप्टेम्बर महिनामा पालन गरिन्छ।
प्रधानमन्त्रीको यस कार्यक्रमप्रतिको प्रतिबद्धता अद्वितीय छ। यस वर्षको अभियान सामाजिक सञ्चालमा शुभारम्भ गर्दै प्रधानमन्त्रीले “समृद्ध राष्ट्र निर्माणका लागि समुचित पोषण महत्त्वपूर्ण छ। # पोषण मास 2020 आजदेखि शुरु भएको छ। कुपोषण निर्मूल गर्नका लागि देशव्यापी रूपमा जनजागरूकता फैलाउन सबै मानिससम्म पुग्ने कोशिश गरौं। यसले हाम्रा नारी शक्ति अनि युवा शक्तिलाई सहयोग गर्नेछ” भनी ट्वीट गरेका थिए। यसका साथै उनले “पोषण मास” परिकार प्रतियोगिता पनि शुरु गरे। “होमी लोकल4 पोषण बनौं! हाम्रो देश दर्जनौं स्वस्थ भोजन परिकारको स्थल हो, जसमा धेरै पोषण हुने गर्दछ। त्यस्ता परिकार तयार गर्ने विधि विशेष रूपमा रचना गरिएको @mygovindia मा साझा गर्नुहोस्। तपाईंको परिवारको परिकारले स्वस्थ भारतका साथै पोषणमा योगदान दिनसक्नेछ” भनी उनले ट्वीट गरेका थिए।
यसअघि आफ्नो “मन की बात” कार्यक्रममा 30 अगस्त 2020 को दिन, प्रधानमन्त्रीले आफ्नो इष्टतम क्षमता प्राप्त गर्न कसरी पोषणले बाल-बालिका साथै विद्यार्थीहरूलाई सहयोग गरिरहेको छ भन्ने कुरामाथि ध्यान आकर्षित गराएका थिए। विगत केही वर्षको अवधिमा, विशेष गरी गाउँ-घरतिर पोषण साता अनि पोषण मासमा जनसहभागिताले पोषण जागरूकतालाई पोषण अभियानमा परिणत गर्न चालिएका कदमहरूबारे पनि उनले प्रकाश पारे।
पोषण मास 2020
गम्भीर रूपमा कुपोषित (एसएएम) बाल-बालिकाहरूको पहिचान तथा तिनीहरूको प्रबन्धनका साथै पोषण वाटिकाहरूको स्थापना पोशण मासको केन्द्रित गतिविधि रहनेछ भने यसका अतिरिक्त, शुरुवातमै स्तनपान, प्रथम एक हजार दिनसम्म राम्रो पोषणको आवश्यकता तथा किशोरीहरूका साथै बाल-बालिकाहरूमा रक्तहीनताका सम्बन्धमा जागरूकता फैलाउने गतिविधि सञ्चालित गरिनेछ।
यस अभियानमा सबै हितधारक मन्त्रालयले आफ्नो केन्द्रित क्षेत्र निर्धारित गरेका छन्। उदाहरणका लागि, शिक्षा मन्त्रालयले सबै राज्यलाई पोषणका सम्बन्धमा विद्यार्थीहरूबीच ई-हाजिरी जवाफ तथा मीम (Meme) बनाउने प्रतियोगिता आयोजन गर्न निर्देशित गरेको छ। यसै गरी पञ्चायतीराज मन्त्रालयले प्रत्येक ग्राम पञ्चायतमा महिनाभरी विशेष समितिको बैठक आयोजन गर्न निर्देशित गरेको छ। ग्रामीण विकास मन्त्रालयले सबै राज्यलाई एमजीनरेगाको सहयोगमा पोषण वाटिका प्रोत्साहित गर्न निर्देश दिएको छ।
पोषण ड्यासबोर्ड
पोषण अभियानको प्रत्यक्ष प्रसारित ड्यासबोर्ड छ, जसमा वास्तविक समयमा विभिन्न राज्य अनि जिल्लाको यस अभियानमा सहभागिता दर्शाइन्छ। यसमा उल्लेखित प्रमुख शीर्षकहरूमा समग्र पोषण, स्तनपान, अनुपूरक पोषण, टीकाकरण, विकासको निगरानी, सूक्ष्म पोषण, झाडा-पखाला, स्वच्छता, पानी तथा स्वच्छता, रक्तहीनता, विवाहको उमेर, गर्भावस्थामा स्वास्थ्य जाँच, खानपान तथा वयस्क शिक्षा सूचीबद्ध गरिएका छन्।
ध्यान केन्द्रित गरिने विषयहरूको सूचीअनुसार, यसले देशको ठूलो जमातमा कमसल पोषण स्थितिलाई लक्षित गरेको स्पष्ट हुँदछ। गरीबी प्रमुख कारक भए तापनि समस्या यससित मात्र सम्बन्धित नभएर सही पोषण, समाजमा महिलाको स्थिति तथा मस्बन्धित विषय जस्तै विवाहको उमेर, स्वच्छता तथा सर-सफाईबारे जागरूकताको कमी पनि यसका कारक हुन्।
यस अभियानको ड्यासबोर्डमा देशको विभिन्न राज्यद्वारा सहभागिताको स्थिति निर्क्योल गर्दा, पूर्वोत्तरका राज्यहरू औसतभन्दा तलका वर्गमा छन्। यसमा अहिलेसम्म आसमबाट 75 हजार, अरुणाचल प्रदेशबाट 4 हजार, मेघालयबाट 30 हजार, नागाल्याण्डबाट 4 हजार 7 सय 50 र मिजोरमबाट केवल 3 हजारले सहभागिता जनाएको देखिन्छ। मणिपुरले 1 लाख 44 हजार सहभागिताका साथ केही नाक राखेको छ। समग्रमा यस स्तरको सहभागिताले यी राज्यका जनमानसबीच अरू बढी जागरूकता फैलाउन आवश्यक रहेको देखिन्छ। यस परिप्रेक्ष्यमा उत्कृष्ट प्रदर्शनी गर्ने राज्यहरूमा 1 करोड 17 लाखको सङ्ख्याका साथ तमिल नाडु अग्रणी राज्य रहेको छ भने 60 लाखको सङ्ख्याका साथ उत्तर प्रदेश दोस्रो स्थानमा छ। पूर्वोत्तरका राज्यहरूको जनसङ्ख्या तुलनात्मक रूपमा कम भए तापनि जनताबीच यस अभियानको उद्देश्यबारे जागरूकता फैलाउने अवसर अझ धेरै छ।
स्थापना गरिएको कोठेबारीको सङ्ख्या उक्त ड्यासबोर्डमा अर्को मानक राखिएको छ। यस सम्बन्धमा अधिकांश पूर्वोत्तर राज्यले उल्लेखनीय प्रदर्शनी गर्न बाँकी नै रहेको भए तापनि मणिपुरले 5876 पुरानाका अतिरिक्त 3282 वटा यस्ता कोठेबारे थपेको छ। आसमको सङ्ख्या पुराना र नयाँ क्रमशः 598 र 419 छ।
यो परियोजना अन्य परियोजना जस्तै सर्वव्यापी टीकाकरण कार्यक्रम तथा शौचालयहरूको निर्माणको (स्वच्छता अभियान) विस्तारको रूपमा लिइएको छ। स्वस्थ राष्ट्र बन्नका लागि स्वस्थ बाल्यकाल तथा स्वस्थ मातृत्त्व पनि महत्त्वपूर्ण हुन्छ। देशको अधिकांश जनमानसबीच यी बुनियादी आवश्यकताहरूको कमी व्याप्त रहेको थियो भने सचेत उपायका रूपमा देशमा यसलाई उपलब्ध गारउन आवश्यक ठहर्दछ। स्वस्थकर खानपान हाम्रो जीवनशैलीकै अङ्ग हुनुपर्दछ र यसमाथि अरू व्यापक ध्यान दिन आवश्यक छ। यस अभियानलाई सफल बनाउन परिवारका बूढा-पाका, पञ्चायतीराज संस्थान, स्कूल, आँगनबाडी कार्यकर्ता, स्थानीय नेतागण, सरकारी अधिकारीका साथै सञ्चार माध्यमलाई सामेल अनि संलग्न गर्न आवश्यक छ। (पीआइबी)

 

तेस्रो पोषण मास – कुपोषण विरुद्ध व्यापक पहलतेस्रो पोषण मास – कुपोषण विरुद्ध व्यापक पहल


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment