अन्तरको शरीर मान्छेको ! 

अन्तरको शरीर मान्छेको ! 
Please Like and Share our website Samay Dainik
  • 1
    Share

पवन चामलिङ ‘किरण’ (कविता)

अन्तरको शरीर
बन्धनमुक्त छ मान्छेको
स्वच्छन्द छ
आकाशजस्तै खुल्ला छ
जहाँ विचरण गरिरहन्छन्
कल्पना र सपनाका पंक्षीहरू
सधैं-सधैं
रमाइ-रमाइ।

दासत्व स्वीकार गरेर कसैको
बन्दी बन्नसक्दैन
परिस्थितिको जो,
आवाजहीनताको अपाङ्गता स्वीकार गरेर
बस्नसक्दैन जो
मान्छेजस्तो
त्यही हो अन्तरको शरीर मान्छेको।

बन्दी संसारमा पनि
मुक्त छ त्यो
चाहन्छ शारीरिक दूरी
‘अशारीरिक हुनू’ भन्छ
भएका सम्बन्धहरू जति
अनि
अविघ्न प्रेम चाहन्छ त्यो
अभाज्य सद्भाव चाहन्छ त्यो
स्वतन्त्रता
विश्व्बन्धुत्व
भाइचारा
र मानवीय सुरक्षा चाहन्छ त्यो
अपरिभाषित जीवनमूल्यहरू माग्छ त्यो।

विचारको परिधिबाट फुत्केर
आफन्त संवाद चाहन्छ
प्रेमालापको अनुभूति चाहन्छ
अदृश्य शक्तिको नियन्त्रणलाई तोड्न
आफ्नै धून र लय चाहन्छ
समयबन्ध जीवनलाई
समयातीत मुक्त गर्न चाहन्छ
– अन्तरको शरीर मान्छेको।

स्वयं आफैमा हराएको मान्छे
स्वयं आफैसँग पराजित मान्छे
अफाल्नचाहन्छ उ
अनि चाहन्छ उ चिन्न र चिनाउन
अनन्त शक्ति आफैभित्रको
– त्यो अन्तरको शरीर मान्छेको।

अन्तरको शरीर मान्छेको ! 


Please Like and Share our website Samay Dainik
  • 1
    Share

Related posts

Leave a Comment