प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा खेलाडीहरूसँग संवाद

प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा खेलाडीहरूसँग संवाद
Please Like and Share our website Samay Dainik

प्रधानमन्त्रीले दिए कोभिड-१९ विरुद्धको सङ्घर्षका लागि सङ्कल्प, संयम, सकारात्मका, सम्मान र सहयोगको पॉंच
खेलाडीहरूले राष्ट्रलाई गौरवान्वित गरेका छन्, अब उनीहरूले राष्ट्रको मनोबल बढाउन र सकारात्मक परिवेश कायम राख्न महत् भूमिका खेल्नुपर्नेछ ः प्रधानमन्त्री
प्रधानमन्त्रीको नेतृत्त्वको सराहना गर्दै खेलाडीहरूले सकारात्मकता तथा सामाजिक दूरी कायम गर्ने सन्देश प्रचार-प्रसार गर्न सङ्कल्प व्यक्त गरे
नयॉं दिल्ली, ०३ अप्रेल, २०२०|
प्रधानमन्त्री नरेन्द्र मोदीले आज भिडियो कन्फरेन्सिङको माध्यमद्वारा प्रख्यात खेलाडीहरूसँग संवाद गरे|
‘कोभिड-१९’ सम्पूर्ण मानवताको दुश्मन रहेको तथा वर्तमान स्थितिको गम्भीरता दोस्रो विश्‍व युद्धपछि पहिलोपटक ओलम्पिक गेम्स स्थगित गर्नुपरेको कुराले पनि दर्शाउने प्रधानमन्त्रीले बताए| यस महामारीले गर्दा उत्पन्न भएका विकट चुनौतीहरूका कारण विम्बलडन जस्ता अन्य प्रमुख अन्तरराष्ट्रिय खेल आयोजनका साथमा क्रिकेटसित सम्बन्धित इण्डियन प्रीमियर लीग जस्ता घरेलु खेल आयोजनको पूर्व निर्धारित समय परिवर्तन गर्न विवश हुनुपरेको कुरा पनि उनले बताए|
खेलको मैदानमा शानदार प्रदर्शन गरी राष्ट्रलाई गौरवान्वित गर्ने खेलाडीहरूको प्रशंसा प्रधानमन्त्रीले गरे| अब उनीहरूले राष्ट्रको मनोबल बढाउन र सकारात्मकताको परिवेश कायम राख्न महत् भूमिका खेल्नुपर्ने उनले आह्वान जनाए| यसका साथै खेलाडीहरूले लकडाउनको समय जारी गरिने सर-सल्लाहहरू निरन्तर पालन गर्ने परामर्श जनमानसलाई दिन पनि उनले अफील गरे| खेल प्रशिक्षणको समय सिकिने विशेष कुरा, जस्तै चुनौतीहरूलाई डटेर सामना गर्ने क्षमता, स्वअनुशासन, सकारात्मकता र आत्मविश्‍वास यस विषाणुलाई फैलिन नदिने दृष्टिले अत्यन्तै आवश्यक तरिकाले रहेको उनले बताए|
खेलाडीहरूले जनमानसलाई दिने सन्देशमा, ‘महामारीसँघ लड्नका लागि सङ्कल्प’, ‘सामाजिक दूरी कायम गर्न संयम’, ‘सकारात्मक परिवेश निरन्तर कायम राख्नका लागि सकारात्मकता’, ‘यस लडाईंमा सबैभन्दा अघि रहने चिकित्सा क्षेत्रका भद्रगण तथा पुलिसकर्मीहरू जस्ता योद्धाहरूलाई आदर जनाउन सम्मान’ तथा ‘पीएम-केयर्स फण्डमा योगदानद्वारा निजी स्तरका साथै राष्ट्रिय स्तरमा सहयोग’ गरी पॉंचवटा बुँदा सामेल गर्न अपील गरे| खेलाडीहरूलाई शारीरिक एवं मानसिक स्वास्थ्य दुवैको महत्त्वमाथि प्रकाश पार्नका साथमा आयुष मन्त्रालद्वारा जारी दिशानिर्देशलाई पनि लोकप्रिय बनाउन प्रधानमन्त्रीले खेलाडीहरूलाई आह्वान गरे|
खेलाडीहरूले यस अत्यन्तै चुनौतीपूर्ण समयमा प्रधानमन्त्रीको नेतृत्त्वको सराहना गरे| यस लडाईंमा सबैभन्दा अघि आउँदै निःस्वार्थ सेवा गर्ने स्वास्थ्यकर्मी तथा पुलिसकर्मीहरूलाई सम्मान दिन तत्पर रहने कुरा सुनिश्‍चित गरेकोमा पनि प्रधानमन्त्रीप्रति आभार व्यक्त गरे| वास्तवमै उनीहरू सम्मानका हकदार छन्, उनीहरूले भने| अनुशासन तथा मानसिक शक्तिलाई विशेष महत्त्व, फिटनेस कायम राख्नका साथमा रोग प्रतिरोधक क्षमता बढाउने दिशामा आवश्यक कदम उठाउनेबारे पनि उनीहरूले चर्चा गरे|
भारतले यस महामारीलाई परास्त गर्दै विजयी बनेर अघि आउन अत्यन्तै आवश्यक रहेको कुरा पनि प्रधानमन्त्रीले उल्लेख गरे| यस लडाईंमा समस्त खेलाडीले अत्यन्तै सक्रियताका साथ सहभागी बन्ने प्रधानमन्त्रीले विश्‍वास व्यक्त गरे|
विभिन्न खेलसँग जोडिएका ४० भन्दा धेरै शीर्ष खेलाडीले यस भिडियो कन्फरेन्समा सहभागिता जनाए, जसमा भारतरत्न सचिन तेण्डुलकर, बीसीसीआइ अध्यक्ष सौरभ गाङ्गुली, महिला हकी टीमकी कप्तान सुश्री रानी रामपाल, लब्धप्रतिष्ठ ब्याडमिन्टर खेलाडी सुश्री पीभी सिन्धु, कबड्डी खेलाडी एवं हिमाचल प्रदेश पुलिस विभागका डीएसपी अजय ठाकुर, तेज धावक सुश्री हिमा दास, प्यारा एथलिट हाइ जम्पर शरद कुमार, शीर्ष टेनिस खेलाडी सुश्री अङ्किता रैना, धुरन्धर क्रिकेटर युवराज सिंह तथा पुरुष क्रिकेट टीमका कप्तान विराट कोहली सामेल थिए| केन्द्रिय युवा एवं खेल मन्त्री लगायत मन्त्रालयका अन्य वरिष्ठ अधिकारीले पनि यस संवादमा भाग लिए| (पीआइबी)

प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा खेलाडीहरूसँग संवाद


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment