लकडाउनमा नर्थइस्ट लेबल अनलाइन चेस टुर्नामेन्ट आयोजन गरिने

लकडाउनमा नर्थइस्ट लेबल अनलाइन चेस टुर्नामेन्ट आयोजन गरिने
Please Like and Share our website Samay Dainik

गान्तोक, 26 मई (हिस)। लकडाउनको समयलाई सदुपयोग गर्दै चेस खेलाड़ीहरूलाई प्रोत्साहन गर्न राज्य सरकारको खेल एवं युवा मामिला विभागले सिक्किम चेस एसोसिएसको तक्निकी सहयोगमा पूर्वोत्तर राज्य स्तरीय अनलाइन चेस टुर्नामेन्टको आयोजना गर्ने निर्णय लिएको छ। आउँदो 29 मईको दिन आयोजना गरिने यस अनलाईन चेस टुर्नामेन्टको नगदराशि 50 हजार रुपियाँ रहेको छ। प्रतियोगितामा शिर्ष 20 विजेताहरूलाई पुरस्कार प्रदान गरिनेछ। विभागका सचिव कुबेर भण्डारीले बताएअनुसार यस टुर्नामेन्टको आयोजना सामाजिक दुरी पालन गर्दै गर्न सकिन्छ। विभागले चेस खेलाड़ीहरूको हौसला बढाउन यस प्रकारको टुर्नामेन्टको आयोजन गरेको उनले बताएका छन्। सिक्किम चेस एसोसिएसनका महासचिव महेन्द्र ढकालले विभागको यस पहललाई नौलो र प्रशंसनीय बताएका छन्।

लकडाउनमा नर्थइस्ट लेबल अनलाइन चेस टुर्नामेन्ट आयोजन गरिने


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment