महात्मा गान्धीको जीवनीबाट हामीले धेरै सिक्नु छ ः पवन चामलिङ

महात्मा गान्धीको जीवनीबाट हामीले धेरै सिक्नु छ ः पवन चामलिङ
Please Like and Share our website Samay Dainik
  • 11
    Shares

गान्तोक, 1 अक्टोबर।
पूर्व मुख्यमन्त्री एवं एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङले गान्धी जयन्तीको पूर्व सन्ध्यामा एउटा सन्देश जारी गर्दै राष्ट्रपिता महात्मा गान्धीको जीवनीबाट हामीले धेरै कुरा सिक्नु रहेको बताएका छन्। राष्ष्ट्रपिता महात्मा गान्धीको 151औं जन्म जयन्तीको सन्देशमा पवन चामलिङले सिक्किमे जनतालाई बधाई दिँदै गान्धीजीलेे भारत साथै विश्‍वलाई धेरै कुरा दिएको बताउँदै उनको जन्म दिनलाई उत्सवको रूपमा मनाउने आह्वान गरेका छन्। गान्धीजीको जीवनीमाथि चिन्तन गरेर धेरै कुरा आफ्नो जीवनमा अनुकरण गर्ने पनि पवन चामलिङले विचार साझा गरेका छन्। गान्धीजीको जीवन शिक्षाले भरिपूर्ण रहेको र उनको जीवनबाट नेतृत्व, साहस, बलिदान, अनुशासन र धार्मिकता आदि विषयमा धेरै कुरा सिक्न सक्ने बताएका छन्। विशेष गरी राजनेताहरूका लागि गान्धीजीको जीवनी आज पनि प्रासाङ्गीक भएको पवन चामलिङले बताएका छन्।महात्मा गान्धीको जीवनीबाट हामीले धेरै सिक्नु छ ः पवन चामलिङ
गान्धीजीको विचार र कर्मबाट धेरै कुरा सिक्न सकिने बताउँदै पवन चामलिङले भनेका छन्, यदि हामीले गान्धीजीको जीवनलाई हेर्नु हो भने हामी धेरै कुरा उनीबाट सिक्न सक्छौं। उनी सामाजिक र राजनैतिक न्यायका लागि एक आदर्श भएको बताउँदै दक्षिण अफ्रिकामा नेल्सन मन्डेलाको नेतृत्वमा भएको कार्य, अमेरिकामा मार्टिन लुथरको नेतृत्वमा भएको नागरिक अधिकार आन्दोलन अनि माइनमार आङसाङ सुकीको नेतृत्वमा भएको आन्दोलनमा एक आदर्श रहेको पनि बताएका छन्। एउटा व्यक्तिको दर्शनले विश्‍वलाई कसरी प्रभाव पार्न सक्छ अनि अंहिसात्मक आन्दोलन, व्यवहारिक राजनीतिमा कति ठूलो हतियार बन्न सक्छ भन्ने कुरा हामी गान्धीजीबाट नै सिक्न सक्छौं भनेका छन्। गान्धीजीको दर्शन परिणाममुखी भएको बताउँदै विश्‍वभरिमा नै उनको दर्शनमा आधारित आन्दोलनहरू सफल भएर आम मानिसलाई फाइदा भएको पनि उल्लेख गरेका छन्। हाम्रो देश भारतका नागरिकहरूलाई ब्रिटिश औपनिवेशिक शासनबाट मुक्त गराउनका लागि माहात्मा गान्धी राजनीतिक जीवनमा सक्रिय भएको पनि पवन चामलिङले स्मरण गराएका छन्। गान्धीजीको यो एउटा विन्दु केन्द्रित एजेण्डा भएको बताउँदै हाम्रो देश स्वतन्त्र भारत बन्न साथ गान्धीजीले राजनीति छोड़िदिएको कुरा पनि उल्लेख गरेका छन्। यो हामी सबैका लागि एउटा महत्वपूर्ण उदाहरण भएको बताउँदै पवन चामलिङले भनेका छन्, गान्धीजी राष्ट्रका आवाज थिए र देशको स्वतन्त्रताका लागि सत्ता अथवा पदको इच्छा राखेनन्। उनले भारतीय नागरिकहरूको गरिमा र स्वराज सुनिश्‍चित गर्नका लागि कार्य गरेका थिए। गान्धीजीले भनेका थिए, न्याय, स्वतन्त्रता र समानता प्राप्त गर्नका लागि राजनीतिक जीवनमा संलग्न हुनुपर्छ। यो कुरा वर्तमानका लागि शिक्षा हो भने भविष्यमा पनि प्रासङ्गीक हुनेछ। गान्धी दर्शन सिक्किमका लागि महत्वपूर्ण रहेको बताउँदै पवन चामलिङले भनेका छन्, हामी केवल एकपल्ट मूल्यआधारित राजनीतिमा संलग्न भयौ भने सत्ता र पदको इच्छाबाट मुक्त हुनेछौ अनि यसले नै सिक्किममा वास्तविक राजनीति शुरू हुनेछ।

महात्मा गान्धीको जीवनीबाट हामीले धेरै सिक्नु छ ः पवन चामलिङ


Please Like and Share our website Samay Dainik
  • 11
    Shares

Related posts

Leave a Comment