संयुक्त राष्ट्रको उच्च स्तरीय राजनीतिक मञ्चमा नीति आयोगद्वारा भारतको दोस्रो स्वैच्छिक राष्ट्रिय समीक्षा प्रस्तुत

संयुक्त राष्ट्रको उच्च स्तरीय राजनीतिक मञ्चमा नीति आयोगद्वारा भारतको दोस्रो स्वैच्छिक राष्ट्रिय समीक्षा प्रस्तुत
Please Like and Share our website Samay Dainik

कार्वाहीपूर्ण दसक : एसडीजीलाई वैश्‍विकदेखि स्थानीयसम्म पुर्‍याउँदै नामक प्रतिवेदनको लोकार्पण
नयॉं दिल्ली, १३ जुलाई, २०२०| नीति आयोगद्वारा संयुक्त राष्ट्र उच्च स्तरीय राजनीतिक मञ्चमा (एलएचपीएफ) वहनीय विकासको सम्बन्धमा दोस्रो स्वैच्छि राष्ट्रिय समीक्षा (भीएनआर) प्रस्तुत गरियो| संयुक्त राष्ष्ट्रको १७ वटा वहनीय विकास लक्ष्यको प्रगति र अनुगमनको सम्बन्धमा एचएलपीएफ सबैभन्दा अग्रपङ्क्तिको अन्तरराष्ट्रिय मञ्च हो| नीति आयोगका उपाध्यक्ष डा. राजीव कुमारद्वारा उक्त भीएनआर प्रस्तुत गरियो| ‘कार्वाहीपूर्ण दसक : एसडीजीलाई वैश्‍विकदेखि स्थानीयसम्म पुर्‍याउँदै’ शीर्षकमा तयार भारतको भीएनआर २०२० प्रतिवेदन नीति आयोगका उपाध्यक्ष डा. राजीव कुमार, नीति आयोगका सदस्य डा. भीके पाउल, नीति आयोगका सीईओ अमिताभ कान्त तथा सल्लाहकार श्रीमती संयुक्त समादरद्वारा लोकार्पण गरियो| कोभिड-१९ महामारीको कारण परोक्ष रूपमा आयोजित एचएलपीएफमा, १० देखि १६ जुलाईबीच ४७ वटा सदस्य राष्ट्रले भीएनआर प्रस्तुत गर्नेछन्|
संयुक्त राष्ट्रको आर्थिक एवं सामाजिक परिषद्को (ईसीओएसओसी) तत्वावधानमा एचएलपीएफको जुलाई महिनामा आठ दिनको निम्ति एचपीएलएफको वार्षिक बैठक हुने गर्दछ| एचएलपीएफमा सदस्य राष्ट्रहरूद्वारा प्रस्तुत गरिने भीएनआर कार्यसूत्र २०३० तथा एसडीजीको कार्यान्वयनको प्रगति र समीक्षासित सम्बन्धित महत्त्वपूर्ण घटक हो| राष्ट्रहरूको नेतृत्त्वमा समीक्षा स्वैच्छिक हुनका साथै सफलता, चुनौती र पढिएका पाठहरू लगायत अनुभूतिहरू साझा गर्न बैठक केन्द्रित हुने गर्दछ| मुलुकको भीएनआरको तयारीले विभिन्न सम्बन्धित हितधारकको सहभागितासहित  साझेदारीको मञ्च पनि प्रदान गर्दछ| नीति आयोगद्वारा भारतको पहिलो भीएनआर २०१७ मा तयार गरिएको थियो|
भारतो भीएनआर २०२०
भारतले बङलादेश, जर्जिया, केन्या, मोरोक्को, नेपाल, नाइजर, नाइजेरिया र युगाण्डासहित दोस्रोपटक आफ्नो भीएनआर प्रस्तुत गर्‍यो| प्रस्तुतिमा लघु चलचित्र पनि सामेल रहेको थियो, जसमा दोस्रो भीएनआरको प्रक्रियागत पक्षका साथै सहस्राब्दी विकास लक्ष्यको (एसडीजी) क्षेत्रमा गरिएका प्रमुख प्रगतिहरू अन्तर्भुक्त गरिएका छन्|
आफ्नो सम्बोधनमा डा. राजीव कुमारले महामारीको सामना गरिरहेका सबै देशप्रति सहानुभूति व्यक्त गर्दै आत्मनिर्भर भारत अभियान अन्तर्गत भारतको प्रतिक्रियाको विशेषताहरू प्रकाश पारे| ‘हामी सबैले वर्ग अनि भेदलाई टाढा राख्दै विद्यमान स्थितिलाई एसडीजीको लक्ष्य हासिल गर्ने दिशामा प्रगतिलाई गति प्रदान गर्न अवसरमा परिणत गर्न एकजुट हुनुपर्नेछ,’ नीति आयोगका उपाध्यक्षले भने|
देशमा अन्तिम व्यक्तिसम्म पुग्ने प्रयासबारे बोल्दै डा. कुमारले भारतमा बहुआयामिक गरीबी घटाउन, खाद्य सुरक्षा उपलब्ध गराउन, सबैका लागि शिक्षा प्रदान गर्न, बिजुलीको सर्वव्यापी पहुँच सुनिश्‍चित गर्न, सफा खाना पकाउने ग्यासका साथै स्वच्छताको सुविधा प्रदान गर्नका अतिरिक्त ५० करोडभन्दा धेरै नागरिक समेट्ने विश्‍वकै सबैभन्दा बृहत् स्वास्थ्य बीमाको परिचालन गरेको कुरा पनि आफ्नो सम्बोधनमा उल्लेख गरे|
‘विद्यमान कदमलाई कायम राख्दै दीर्घगामी रूपान्तरणका लागि एसडीजीको लक्ष्य सम्बन्धी प्रगतिलाई गति प्रदान गर्ने नयॉं पहल गर्न हामी प्रतिबद्ध छौं| यस प्रयासमा समकक्षी अध्ययन तथा ज्ञान साझा गर्ने विषयले महत् भूमिका निर्वाह गर्नेछ, जुन कुरा हामीले राज्य अनि केन्द्र शासित प्रदेशहरूमाझ प्रोत्साहित गरिरहेका छौं,’ नीति आयोगका सीईओ अमिताभ कान्तले भने|
भारतको यस वर्षको भीएनआरमा ‘समग्र समाज’लाई समेट्ने हिसाबले नाट्यकारी रूपान्तरण ल्याइएको छ| नीति आयोगले राज्य अनि स्थानीय शासन, नागरिक समाज सङ्गठन, स्थानीय समुदाय तथा सङ्कटमय स्थितिमा रहेका मानिसहरूका साथै निजी क्षेत्रलाई पनि साथमा लिएर यसको निम्ति काम गरेको थियो| यसै प्रक्रिया अन्तर्गत, नीति आयोगद्वारा भारतमा संयुक्त राष्ट्र तथा नागरिक समाज सङ्गठनसँग साझेदारी गर्दै परामर्शी प्रक्रिया चलाएको थियो, जहॉं, ५० राष्ट्रिय र राज्यका साथमा महिला, बाल-बालिका, बूढा-पाका, दिव्याङ्ग, एचआइभीग्रस्त मानिसहरूका साथै अन्यहरू गरी चौध जनसङ्ख्या समूहबाट एक हजारभन्दा धेरै सीएसओ सामेल गरिएको थियो|
‘हालमा आएर अन्तरराष्ट्रिय सहकार्य पहिलेभन्दा अझ धेरै महत्त्वपूर्ण बनेर गएको छ,’ नीति आयोगका उपाध्यक्षले आफ्नो सम्बोधनमा भने|  अन्तरराष्ट्रिय सौर गठबन्धन (आइएसए), आपदा प्रत्यास्थी पूर्वाधार गठबन्धन (सीडीआरआइ) तथा सेण्डाई तन्त्र, संयुक्त राष्ट्र मरुस्थलिकरण विरुद्ध सङ्घर्ष अभिसन्धि (युएनसीसीडी) लगायत पेरिस जलवायु सम्झौता जस्ता वैश्‍विक मञ्चलाई प्रवर्तन गर्न भारतले खेलिरहेको अग्रणी भूमिकाबारे पनि उनले प्रकाश पारे|
समीक्षा प्रतिवेदन प्रस्तुतिपछि सदस्य राष्ष्ट्रहरू जस्तै ईक्युएडोर र बङलादेश तथा नागरिक समाज सङ्गठनद्वारा अक्षय ऊर्जा, वित्तीय समावेशन तथा सरकारको भावी वचनबद्धताबारे रणनीतिबारे प्रश्‍न राखे|
कार्वाहीपूर्ण दसक : एसडीजीलाई वैश्‍विकदेखि स्थानीसम्म पुर्‍याउँदै
भारतको भीएनआर २०२० प्रतिवेदन पनि यस अवसरमा लोकार्पण गरियो| प्रतिवेदनमा कार्यसूत्र २०३०को भारतमा अङ्गीकरण एवं कायर्यान्वयनको विस्तृत लेखाजोखा प्रस्तुत गरिएको छ| एसडीजीको १७ वटा लक्ष्यमा प्रगतिको समीक्षा प्रस्तुत गर्नुबाहेक, प्रतिवेदनमा नीतिगत पहलका साथै अनुकूल परिवेश, भारतद्वारा एसडीजीलाई स्थानीय रूप दिने पहलका अतिरिक्त कार्यान्वयनका माध्यमहरूको सुदृढिकरणहरूमाथि पनि विस्तारका साथ चर्चा गरिएका छन्|
प्रतिवेदनमा सीएसओद्वारा देशको हरेक कुनासम्म चलाइएको समुदायकमुखी परामर्शबाट जुटाइएका तथ्याङ्क, ज्ञान तथा विश्‍लेषणको निष्कर्षको रूपमा एउटा अलग अध्याय पनि सामेल गरिएको छ| अध्यायमा नागरिक समाज, गैर सरकारी तथा सामुदायिक सङ्गठनका हितधारकहरूद्वारा व्यक्त गरिएका प्रमुख चिन्ताका साथै सिफारिशहरूको सारांश पनि प्रस्तुत गरिएको छ| यसै गरी कारोबार एकिकरणको अध्यायमा कारोबार एवं निजी क्षेत्रले कार्वाहीपूर्ण दसकमा खेल्नुपर्ने महत्त्वपूर्ण भूमिकाबारे प्रकाश पारिएको छ|
एसडीजीका लागि विज्ञान, प्रविधि तथा नवप्रवर्तनलाई टेवा प्रदान गर्नुपर्ने, तथा एसडीजीको लागत एवं वित्तपोषण, कार्यान्वयनको माध्यम सुदृढ बनाउने दुई आधार हुन्, जसलाई यस वर्षदेखि शुरु गरिएको छ|
एसडीजीलाई वैश्‍विकदेखि स्थानीय स्तरसम्म पुर्‍याउने ध्येयवाक्य अनुरूप, लक्ष्यको हिसाबले एसडीजीको प्रगति पनि विविध असल कार्यप्रणाली तथा राज्य र यसमा पनि विशेष महत्त्वकाङ्क्षी जिल्लाको हस्ताक्षेपको परिणामी सफल गाथाहरूका उदाहरण पनि यसमा सोमल गरिएका छन्|
राष्ट्रिय साथै राज्य स्तरमा एसडीजीको अङ्गीकरण एवं निगरानीको कार्यभार नीति आयोगमाथि छ| भारतको भीएनआर २०२०-ले समग्र समाजलाई समेट्दै वहनीय विकास लक्ष्यलाई स्थानीयकरण गर्ने प्रतिबद्धतातर्फ नीति आयोगको प्रयास प्रदर्शित गर्दछ| (पीआइबी)

संयुक्त राष्ट्रको उच्च स्तरीय राजनीतिक मञ्चमा नीति आयोगद्वारा भारतको दोस्रो स्वैच्छिक राष्ट्रिय समीक्षा प्रस्तुत


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment