बंगभङ्ग होबेना भने बंगालको भाजपालाई सांसद राजु बिष्टले स्थायी राजनैतिक समाधान के हो त्यो बुझाइ दिउन् - केशवराज पोखरेल

बंगभङ्ग होबेना भने बंगालको भाजपालाई सांसद राजु बिष्टले स्थायी राजनैतिक समाधान के हो त्यो बुझाइ दिउन् - केशवराज पोखरेल
Please Like and Share our website Samay Dainik

भारतीय जनता पार्टीका सांसद लकेट च्याटर्जी अनि भाजपा पश्चिम बङ्गाल राज्य समिति महासचिव सायन्त घोषले गोर्खाल्यान्ड नहुने,दार्जिलिङ पहाड बङ्गालको अभिन्न अङ्ग अनि स्थायी राजनैतिक समाधान भनेको गोर्खाल्यान्ड होइन अर्थात बङ्गालबाट छुट्टिनु होइन भनी दिएको बयानको गोर्खा जनमुक्ति मोर्चाले विरोध एवम् भत्सर्ना जनाएको छ।

यसबारे बोल्दै गोजमुमो केन्द्रीय समिति प्रवक्ता केशवराज पोख्रेलले सांसद एवम् भाजपा राज्य समिति महासचिवको बयानको पार्टी पक्षबाट बिरोध जनाउँदै चुनावअवधि भाजपाले गरेको बाचा केवल गोर्खाहरूलाई ढाँटेको मात्र थियो ? भनी प्रश्न गरे। स्थायी राजनैतिक समाधानको प्रक्रिया सुरु भयो भनी दार्जिलिङका सांसद राजु बिष्टले दिएको बयानबारे पनि प्रतिक्रिया जनाउँदै तिनले सांसद राजु बिष्टले फेरिपनि दार्जिलिङ पहाडको जनतालाई ढाँट्न खोजिरहेको आरोप लगाए।

“विगत सात अक्टोबरको बैठकबारे के भन्नुछ भनेर सोधिएको प्रश्नको उत्तर दिँदै सांसद राजु बिष्टले उक्त दिनको बैठकपछि स्थायी राजनैतिक समाधानको प्रक्रिया सुरु भइसकेको बताए। तर सम्पूर्ण पहाडलाई थाहा छ कि उक्त दिनको बैठक गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन विषयलाई लिएर भएको थियो। यसबाट हामीले के बुझ्नु? ´´तिनले भने। पश्चिम बङ्गाल राज्य का भाजपा प्रतिनिधिहरू एवम् दार्जिलिङका सांसद राजु बिष्टको वयान अलगअलग रहेको तथा यी सबै कुराले जनतालाई भ्रममा पारिरहेको तिनले बताए।

दार्जिलिङका सांसद राजु बिष्टले अब दार्जिलिङको जनतालाई नढाँट्ने आह्वान गर्दै तिनले देशको लुटाहा पार्टीलाई प्रतिनिधित्व गर्ने झुठको पोका सांसदको संज्ञा पनि दिए। कोरोना भाइरसको महामारी अवधि विगत ११ जूनमा दार्जिलिङ आएको बेला सांसद राजु बिष्टले सांसद कोष नभए निजी कोषबाट टेस्टिङ ल्याब ल्याउने भनी घोषणा गरेको समाचार पत्रको खेस्रा देखाउँदै गोजमुमो केन्द्रीय समिति प्रवक्ता केशवराज पोख्रेलले अहिलेसम्म कोरोनाको टेस्टिङ ल्याब नबनिएको भन्दै सांसद राजु बिष्टलाई कटाक्ष गरे।

यसरी नै भारतीय जनता पार्टीको पक्षमा रहेका पहाडका सम्पूर्ण राजनैतिक दलका नेतृत्ववर्गलाई प्रश्न गर्दै तिनले अहिलेसम्म किन मौन छन् भनी प्रश्न गरे। भाजपा राज्य महासचिव सायन्त घोष अनि सांसद लकेट च्याटर्जीले सिलिगुडीमा आएर बङ्गाल बिभाजन हुँदैन भनेर भन्दा पनि किन एक शब्द बोल्दैन?

गोर्खाल्यान्डको निम्ति भनेर भूमिगत भएका बिमल गुरुङ खै? रोशन गिरीहरू खै? मन घिसिङहरू ठूल्ठूला कुरा गर्ने,जातिको निम्ति लड्ने खै?दार्जिलिङ पहाडको राजनैतिक दिग्गज आरबी राईहरू खै?आज किन एकशब्द चुँई बोल्दैन ? हामी प्रश्न गर्न चहान्छौँ।तपाईहरूले जवाफ दिएको हुनपर्छ जनतालाई।´´तिनले यसरी पहाडका राजनैतिक दलका नेतृत्ववर्गलाई प्रश्न गरे। भारतीय जनता पार्टीसँग संलग्न पहाडका सम्पूर्ण राजनैतिक दलका नेतृत्ववर्गले जनतालाई ढाँटेको स्पष्ट भइसकेको तिनले बताए।

दार्जिलिङ पहाडको जनतालाई सम्बोधन गर्दै तिनले अबउसो यसप्रकारको राजनैतिक ढाँटछलबाट जाग्ने आह्वान गरे। दार्जिलिङ पहाडको भोटको व्यापारीहरूलाई उनीहरूको असली रूप देखाउने समय आएको भन्दै तिनले ढाँट र झुठको राजनीति गर्नेहरूलाई अब जनताले उचित जवाफ दिनुपर्ने बताए। सांसद राजु बिष्टलाई पनि अबउसो भोटको बजारमा दार्जिलिङ पहाडलाई किन्ने र अशान्ति गर्ने काम नगर्ने तिनले अपील गरे।
गोजमुमो विनय समूहले पर्चापट्टाको मुद्दालाई लिएर लागिपरेको तथा यसलाई आफूहरूले भोटको एजेन्डा नबनाएको भन्दै तिनले आगामी तीनचार महिना भित्रमा यसबारे एउटा निचोडमा पुग्नसक्ने कुरामा आफूहरू आशावादी रहेको जनाए। आफूहरूले यसबारे निरन्तर रूपमा कार्य गरिरहेको भन्दै तिनले आफूहरू हल्ला र अफवाहमा होइन तर कर्ममा विश्वास गर्ने तिनले बताए।
सांसद राजु बिष्टले सिलिगुडीमा पत्रकार सम्मेलन अवधि दार्जिलिङवासीलाइ लिएर गरेको बयानको पनि गोजमुमो केन्द्रीय समिति प्रवक्ता केशवराज पोख्रेलले विरोध जनाए

बंगभङ्ग होबेना भने बंगालको भाजपालाई सांसद राजु बिष्टले स्थायी राजनैतिक समाधान के हो त्यो बुझाइ दिउन् - केशवराज पोखरेल


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment