मोदीद्वारा पूर्व केन्द्रिय मन्त्री बालासाहेब पाटिलको आत्मकथा विमोचन

मोदीद्वारा पूर्व केन्द्रिय मन्त्री बालासाहेब पाटिलको आत्मकथा विमोचन
Please Like and Share our website Samay Dainik

नयाँ दिल्ली, 13 अक्टोबर (हिस)। प्रधानमन्त्री नरेन्द्र मोदीले भीडियो कॉन्फ्रेंसिंग माध्यमले पूर्व केन्द्रिय मन्त्री बालासाहेब विखे पाटिलको आत्मकथाको विमोचन गरे। बालासाहेब विखे पाटिल महाराष्ट्रका ठूला नेता हुन। पीएम मोदीले उनको आत्मकथा ‘देह वीचवा करणी’ को विमोचन गरे। यस अवसरमा उनले भने यस सोसाइटीको माध्यमले गाउँका युवाहरुको शिक्षा तथा कौशल विकासलाई लिएर, गाउँमा चेतना जगाउनका लागि उनले जुन काम गरेका छन, त्यसलाई हामी राम्ररी जान्दछौ। यस्तोमा आजबाट प्रवरा रूरल एजुकेशन सोसायटीका साथ पनि बालासाहेबको नाम जोड़िन त्यतिनै उचित हो। यस अवसरमा महाराष्ट्रका सीएम उद्धव ठाकरे पनि उपस्थित थिए ।
 पीएम मोदीले भने डॉक्टर बाला साहेब विखे पाटिल सदैव महाराष्ट्रको गाउँहरुको समस्या समाधानलाई लिएर प्रयासरत रहेका छन। एमएसपी लाई लागू गर्ने, राम्रो फसल बीमा समेत किसानहरुका हरेक सानो भन्दा सानो समस्याहरुलाई उनले समाधान गर्न प्रयास गरे। पीएम मोदीले भने प्रधानमन्त्री कृषि सिंचाई योजना बमोजिम महाराष्ट्रमा वर्षौ देखिको लम्बित 26 परियोजनाहरुलाई पूरा गर्नका लागि तीव्रतासित काम गरेका छन्। यसमध्ये 9 योजनाहरु अहिले सम्म पूरा भएका छन् । यो पूरा हुनाले कम्तीमा 5 लाख हेक्टेयर भूमिलाई सिंचाई सुविधाको लाभ मिलेको छ ।
 किसान, पशुपालक र मछुवारा, यी तीनैलाई बैंकहरुबाट आसान ऋण सुविधा प्राप्त भएको छ, यसका लागि सबैलाई किसान क्रेडिट कार्डको सुविधा दिएको छ। उनले थप भने गाउँहरुको आर्थिक र सामाजिक व्यवस्थामा माइक्रो फाइनेन्सको विशेष भूमिका छ। मुद्रा जस्ता योजना मार्फत गाउँहरुमा स्वरोजगारको संभावना बढ़ेका छन ।
 यति मात्र नभएर विगत वर्षहरुमा देशमा सेल्फ हेल्प ग्रुपसित सम्बद्ध लगभग 7 करोड़ चेलीहरुलाई 3 लाख करोड़ रुपियाँ भन्दा बढ़ी ऋण प्रदान गरिएको छ। पीएम मोदीले भने एमएसपीलाई लागू गर्ने होस तथा त्यसलाई बढ़ाउने फैसला होस यूरियाको नीम कोटिंग होस, राम्रो फसल बीमा होस भनि सरकारले किसानहरूका हरेक समस्यालाई समाधान गर्ने प्रयास गरेका छन्।

मोदीद्वारा पूर्व केन्द्रिय मन्त्री बालासाहेब पाटिलको आत्मकथा विमोचन


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment