गोर्खा जनमुक्ती मोर्चा खरसाङ महकुमा समितिद्वारा शहीद दिवस पालन

गोर्खा जनमुक्ती मोर्चा खरसाङ महकुमा समितिद्वारा शहीद दिवस पालन
Please Like and Share our website Samay Dainik
  • 35
    Shares

हामी हाम्रो अलग राज्यको मागमा संघर्षरत छौ :गोर्खा जनमुक्ती मोर्चा

खरसाङ, 27 जुलाई ।
गोर्खा जनमुक्ती मोर्चा खरसाङ महकुमा समितिले आज छुट्टै राज्य प्राप्तीको महासंग्राममा आफ्नो जीवन बलिदान गर्ने सम्पूर्ण वीर सपुतहरूलाई श्रद्धाञ्जली अर्पण गरेको छ। यस अवसरमा खरसाङ महकुमा समितिका सभापति प्रदीप मगर र
सचिव सुरज छेत्रीले संयुक्त रूपमा एउटा प्रेस बयान जारी गर्दै भनेका छन, भारत देशमा आफ्नो छुट्टै राज्य हुनपर्छ भन्न खातिर ढेड करोड भारतीय गोर्खाहरूले आफ्नो राजनैतिक हकहित र अधिकारको लडाई शताब्दी देखी नै लडदै आईरहेका छन्। मुख्यत गोरामुमोको नेतृत्वमा सन 1986 देखी शुरू भएको छुट्टै राज्य गोर्खाल्यान्डको आन्दोलनमा आज कै मितिमा अर्थात 27 जुलाई 1986 कै दिन कालेम्पोङ बजार परिक्रमा गरिरहेको जुलुसमा बंगाल सरकारको प्रशासनले निहत्था हाम्रो जनतालाई गोली ठोकेर निर्मम हत्या गरेको थियो । यो ऐतिहासिक घटनालाई आलो राख्दै 27 जुलाईको दिन शहीद दिवसको रूपमा सश्रद्धा श्रद्धाञ्जली अर्पण गर्ने गरिन्छ। तथापी सन 1986 देखी लिएर 2007 मा पुन छुट्टै राज्य गोर्खाल्यान्डको मागलाई पुनः बुलन्द गर्दै गोर्खा जनमुक्ती मोर्चाको जन्मभए यता आज पर्यन्त हामी हाम्रो अलग राज्यको मागमा संघर्षरत छौ। हामीले हाम्रो राजनैतिक लक्ष्य उक्लन सकेका छैनौ । आज सन 1986 देखी लिएर बिगत 2017 सालमा भएको छुट्टै राज्य प्राप्तीको महासंग्राम सम्म आईपुग्दा जाति र माटो निम्ती आफ्नो अमुल्य जीवनको बलिदान दिने ती सम्पुर्ण बीर सपुतहरूलाई सम्झनामा राख्दै गोर्खा जनमुक्ती मोर्चा खरसाङ महकुमा समितिको पक्षबाट अश्रुपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ ।

गोर्खा जनमुक्ती मोर्चा खरसाङ महकुमा समितिद्वारा शहीद दिवस पालन


Please Like and Share our website Samay Dainik
  • 35
    Shares

Related posts

Leave a Comment