सिक्किमको निम्ति नयाँ फसल प्रजातिको लोकार्पण

सिक्किमको निम्ति नयाँ फसल प्रजातिको लोकार्पण
Please Like and Share our website Samay Dainik

 

गान्तोक, 9 सेप्टेम्बर, 2020। गुवाहाटीमा 23-24 नोभेम्बर, 2019 को दिन आयोजित आइसीएआरको क्षेत्रीय समिति सङ्ख्या 3 को 24 औं बैठकमा सिक्किम सरकारको आग्रहमा आइसीएआर-एनओएफआरआइद्वारा सम्बोधित गर्नुपर्ने दुईवटा महत्त्वपूर्ण विषय चिन्हित गरिएको थियो। पहिलो थियो जैविक खेतीका लागि प्रभावी फसल-बालीको विकास तथा दोस्रो, सिक्किममा जैविक खेतीलाई अरू व्यापकता प्रदान गर्न जैविक बिउ-बिजनको व्यावसायिक उत्पादन। यी विषयहरूलाई प्रायः आइसीएआर-एनओएफआरआइका वैज्ञानिकहरूले सम्बोधित गरिसकेका छन्, जसको परिणामस्वरूप सिक्किमको जैविक स्थितिमा उपयुक्त हुने गरी आइसीएआर-राष्ट्रिय जैविक खेती शोध संस्थानद्वारा विकसित गरिएको नौवटा फसल-बालीको प्रजातिलाई 8 सेप्टेम्बर, 2020 को दिन राज्य प्रजाति लोकार्पण समिति (एसभीआरसी), सिक्किम सरकारद्वारा जारी गरियो।यस अवसरमा बोल्दै सिक्किम सरकारको कृषि विभागका सचिव एवं एसभीआरसीका अध्यक्ष आरसी भोटियाले लोकार्पण गरिएको बढी उब्जनी दिने फसल-बालीका प्रजातिले कृषकहरूको उब्जनी बढाउनका साथै उनीहरूको आमदानी दोब्बर बनाउने उद्देश्य सुनिश्चित गर्ने बताए। राज्यलाई आत्मनिर्भर बनाउन जैविक बिउ-बिजन उत्पादनको शृङ्खलालाई पनि सुदृढ बनाउन आवश्यक रहेको कुरामा पनि उनले बल दिए। बागवानी विभागका प्रधान निर्देशक पदम सुब्बाले सिक्किमको जैविक स्थितिलाई ध्यानमा राख्दै बिउ-बिजनका प्रजाति विकसित गरेकोमा आइसीएआर-एनओएफआरआइप्रति आभार व्यक्त गरे। यसका साथै स्थानीय प्रजातिका फसल-बालीको नस्ल सुधार गर्दै बिउ-बिजनको शृङ्खलामा सामेल गर्नुपर्ने उनले सुझाउ पेश गरे। आइसीएआर-एनओएफआरआइका संयुक्त निर्देशक डा. आरके अवस्थीले आइसीएआर-एनओएफआरआइका वैज्ञानिक डा. चन्दन कपूरको नेतृत्त्वमा रहेको टेलीले विभिन्न प्रजातिको विकास गर्न चलाएको कोशिशबारे जानकारी दिँदै जैविक स्थितिका लागि उपयुक्त हुने फसल-बालीको बिउ-बिजन अनुपलब्ध रहेको कुरा धेरै समयदेखि खट्किरहेको बताए। वैज्ञानिकहरूद्वारा विकसित यी प्रजातिहरू सिक्किमका जैविक कृषकहरूका लागि मात्र नभएर जैविक खेती अप्नाउने अन्य पाहाडी राज्यहरूले पनि अङ्गीकार गर्नसक्ने बताए।सिक्किम सरकारको कृषि विभागका अतिरिक्त निर्देशक राजेन थापाले नयाँ प्रजाति विकसित गरिएकोमा सन्तुष्टि व्यक्त गरे। जैविक बिउ-बिजनको उब्जनीको सम्बन्धमा देखिएका चुनौतीहरूको चर्चा गर्दै उनले राज्यमै गुणस्तरीय जैविक बिउ-बिजन उत्पादन गर्न आवश्यक रहेको बताए। आइसीएआरद्वारा विकसित नयाँ प्रजातिले बाहिरी स्रोतहरूबाट बिउ-बिजन उपार्जन गर्नुपर्ने निर्भरता समाधान हुने पनि उनले आशा व्यक्त गरे।आइसीएआर-एनओएफआरआइद्वारा विकसित तथा एसभीआरसीद्वारा जारी नौवटा प्रजातिमा मकैको तीन प्रजाति, धानको चार प्रजाति, राजमा सिमीको एक प्रजाति र भटमासको एक प्रजाति सिक्किम सरकारको एसभीआरसीले लोकार्पण गरेको छ। मकैको प्रजातिमा सिक्किम सङ्कुल मक्का-1, सिक्किम सङ्कुल मक्का-2 र एसकेएमसी-2 सामेल छ, जसको दाना पहेंलो हुन्छ भने मध्यम समयमै पाक्दछ र जैविक स्थितिमा प्रति हेक्टर 45-50 क्विन्टल उब्जनी हुँदछ। धानको प्रजातिमा सिक्किम धान-1 (दुवै लेक अनि बेंसीका लागि), सिक्किम धान-2 (पानी खेतमा), सिक्किम धान-3 (लेकाली भेकतिर) तथा सिक्किम धान-4 (पानी खेतमा)-को उब्जनी 40-45 क्विन्टल प्रति हेक्टर उब्जनी हुँदछ। राजमा सिमीको (सिक्किम राजमा-1) औसत उब्जनी 10-12 क्विन्टल प्रति हेक्टर र भटमासको (सिक्किम पहेंलो भटमास-1) उब्जनी 28-30 क्विन्टल प्रति हेक्टर हुने अनुमान लगाइएको छ।सिक्किममा जैविक बिउ-बिजनको उब्जनीका सम्बन्धमा पछि चर्चा-परिचर्चा पनि गरियो, जसपछि आइसीएआर-एनओएफआरआइद्वारा “सिक्किममा जैविक बिउ-बिजन उब्जनीको रूपरेखा योजना” कृषि विभागलाई हस्तान्तरण गरियो। लोकार्पण गरिएका प्रजातिका सम्बन्धमा विस्तृत विवरण आइसीएआर-एनओएफआरआइका वैज्ञानिक डा. चन्दन कपूरद्वारा एसभीआरसीसमक्ष प्रस्तुत गरियो।यस अवसरमा अतिरिक्त निर्देशक (फसल-बाली) राजेन थापा, अतिरिक्त निर्देशिका (कृषि, पूर्व सिक्किम) श्रीमती बीना राई, संयुक्त निर्देशिका (फसल-बाली, पूर्व सिक्किम) श्रीमती सुषमा प्रधान, गुणस्तर प्रबन्धक (एसएसओसीए) सुधीर गिरि, सिक्किमका प्रगतिशील कृषकहरूका साथै आइसीएआर-एनओएफआरआइका वैज्ञानिकहरू पनि उपस्थित थिए। (पीआइबी)

सिक्किमको निम्ति नयाँ फसल प्रजातिको लोकार्पण


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment