सिलगढी महकुमा अन्तर्गत तराईको लालपुल बाँध अहिले निकै लोभलाग्दो र आकर्षक बनेर गएको छ

सिलगढी महकुमा अन्तर्गत तराईको लालपुल बाँध अहिले निकै लोभलाग्दो र आकर्षक बनेर गएको छ
Please Like and Share our website Samay Dainik

दीप मिलन प्रधान , मिरिक ५ अक्टोबर , सिलगढी महकुमा अन्तर्गत तराईको लालपुल बाँध अहिले निकै लोभलाग्दो र आकर्षक बनेर गएको छ । पर्यटकहरुलाई दैनिक बोलाइरहेको छ । पर्यटकहरुको आकर्षणको केन्द्रबिन्दु बन्न थालेको दैनिकरुपमा सिलगढी लगायत विभिन्न स्थानबाट लालपुल बाँधमा पर्यटकहरु अधिक सङ्ख्यमा देखिन थालेको छ । लालपुल बाँधको आकार्षण लक डाउन शुरु भएपछि बढ्न थालेको हो । यसअघि लालपसल बाँधमा मानिसहरु यसरी देखिदैन थियो । अहिले स्थानीय लालपुल क्षेत्रका मानिसहरुलाई रोजगारको एउटा आधार लालपुल बाँधले दिन थालेको छ । एकान्त अनि प्राकृतिकरुपले आकर्षक ठाउँ त छँदैछ तर लालपुलमा बग्ने खोला अनि बाँधले सृजना गरेको झील अनि झरणा जस्तो पानीको बहाव मुख्य आकार्षण बनेको छ । लालपुल बाँधले अर्को पर्यटन स्थलको जग बसाल्न थालेको देखिन्छ।

सिलगढी महकुमा अन्तर्गत तराईको लालपुल बाँध अहिले निकै लोभलाग्दो र आकर्षक बनेर गएको छ

सिलगढी महकुमा अन्तर्गत तराईको लालपुल बाँध अहिले निकै लोभलाग्दो र आकर्षक बनेर गएको छ


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment