के मान्छेले मानवताको आधारमा बाँच्न पाउँदैन? - केबी राई

के मान्छेले मानवताको आधारमा बाँच्न पाउँदैन? - केबी राई
Please Like and Share our website Samay Dainik

गान्तोक, 06 जून (हिस)। सिक्किम सरकारले कोविड-19 को महामारीमा राज्य बाहिर फॅंसेकाहरूलाई ल्याउने पहल गर्दा तय गरेका मानदण्डहरूबारे पर्याप्त आधार नराखि काम गरेको कारण अहिले पुस्तौंदेखि सिक्किममा बसोबासो गर्दै आएका, तर कतिपयः कारणवश दस्तावेज बनाउन नसकेकाहरूलाई अन्याय भएको सिक्किम रिपब्लिकन पार्टीका अध्यक्ष केबी राईले बताएका छन्। पत्रकारहरूलाई सम्बोधन गर्दै राईले सिक्किम सरकारको अधिसूचना र नियमहरूमा भएको कमी कम्जोरीको कारण अहिले पूर्व सिक्किमको राउते साजोङ निवासी सुस्मिता सुब्बा र उनको परिवारलाई ठूलो अन्याय भएको बताए। उनले राज्य सरकारले पटक-पटक निकालेको अधिसूचनाले त्यसै पनि मानिसहरू अन्योलमा परेको बताए। उनले बाजेदेखि नातिनीसम्मको पुस्ता सिक्किममा बस्नु भनेको झण्डै एक शताब्दीको कुरा हो र उनीहरूले दस्तावेज बनाएन भन्नमै मानवताको आधारमा पनि उनीहरूलाई आफ्नै घर फर्किआउन नदिनु सबैभन्दा ठूलो पीडादायक कुरा भएको बताए। यसरी नै उनले राज्य सरकारले अहिलेसम्म फर्किआउनेहरूको निम्ति नियमलाई सुधार गरेर सुस्मिता सुब्बा र उनको परिवारलाई आफ्नो घर फर्किआउने व्यवस्था गर्नुपर्ने बताए। उनले यसको निम्ति सरकारले सुस्मिता जस्तै धेरैजना कारणवश दस्तावेज नहुँदा सिक्किम बाहिर नै बस्नुपरेकाहरूको निम्ति सिक्किम फर्किने व्यवस्था गर्नुपर्ने बताए। उनले धेरै ढिलो हुनुभन्दा अघि नै चाँडै सुस्मिता सुब्बा र उनको परिवारलाई सिक्किम प्रवेश गराएर सुव्यवस्थित ढङ्गमा एकान्तवासमा राख्नुपर्ने बताए।

के मान्छेले मानवताको आधारमा बाँच्न पाउँदैन? - केबी राई


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment