न्यायमूर्ति एपी सुब्बाद्वारा लोकायुक्त अध्यक्षको शपत ग्रहण

न्यायमूर्ति एपी सुब्बाद्वारा लोकायुक्त अध्यक्षको शपत ग्रहण
Please Like and Share our website Samay Dainik

गान्तोक, 10 जुलाई (हिस)। न्यायमूर्ति एपी सुब्बाले आज सिक्किम लोकायुक्तको अध्यक्षको रूपमा शपत ग्रहण गरेका छन्। नयॉं राजभवनमा आयोजित शपत ग्रहण समारोहमा राज्यपाल गंगा प्रसादले न्यायमूर्ति सुब्बालाई पद अनि गोपनियताको शपत दिलाए। शपत ग्रहणपछि लोकायुक्तका अध्यक्षलाई मुख्यमन्त्री पीएस तामाङसहित अन्य आमन्त्रित अतिथिहरूले खादा लगाइदिएर बधाई दिए। यस अघि राज्यका मुख्य सचिव एससी गुप्ताले नियुक्ति अधिपत्र पढ़ेर सुनाएका थिए। न्यायमूर्ति एपी सुब्बाद्वारा लोकायुक्त अध्यक्षको शपत ग्रहण

आईपीआर विभागअनुसार न्यायमूर्ति एपी सुब्बा सिक्किम लोकायुक्तको अध्यक्ष पदमा नियुक्ति हुने प्रथम सिक्किमे न्यायाधीश हुन्। उनी सिक्किम उच्च न्यायालयका न्यायाधीश नियुक्त बन्ने पनि पहिलो सिक्किमे हुन्। यसअघि उनी सिक्किम कानून आयोगका अध्यक्ष पदमा असिन् थिए। शपत ग्रहण समारोहमा आज मुख्यमन्त्री तामाङसहित सिक्किम विधानसभाका अध्यक्ष एलबी दास, सिक्किम उच्च न्यायालयकी न्यायाधीश श्रीमती न्यायमूर्ति मिनाक्षी मदन राई, न्यायाधीश न्यायमूर्ति भास्करराज प्रधान, केबिनेट मन्त्रीहरू, विधायकहरू, सांसदहरू, विभागीय अधिकारीहरू आदि उप​स्थित थिए।

न्यायमूर्ति एपी सुब्बाद्वारा लोकायुक्त अध्यक्षको शपत ग्रहण


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment