1 अक्टोबरदेखि अन्तर राज्य आवगमन खुल्ला, दिशानिर्देश जारी

1 अक्टोबरदेखि अन्तर राज्य आवगमन खुल्ला, दिशानिर्देश जारी
Please Like and Share our website Samay Dainik

गान्तोक, 30 सेप्टेम्बर (हिस)। भोलि 1 अक्टोबर, 2020 देखि भइरहेको अन्तर राज्य आवगमन छुटलाई लिएर राज्य सरकारले दिशानिर्देश जारी गरेको छ। राज्य गृह विभागद्वारा आज जारी गरिएको एक आदेशमा भोलि 1 अक्टोबरदेखि मानिसहरूका साथै वाहनहरूको अन्तर राज्य आवगमन पूर्णरूपमा खुल्ला रहने बताएको छ। तर, पर्यटकहरूलाई भने राज्य पर्यटन विभागले जारी गरेको मानक सञ्चालन प्रक्रिया अनुरूप 10 अक्टोबर, 2020 देखि प्रवेश गर्न अनुमति दिइने छ। मजदूरहरूको प्रवेश श्रम विभागद्वारा इन्टर स्टेट माइग्रेण्ट वर्कमेन एक्ट, 1979 अन्तर्गत जारी परमिटको आधारमा गरिने छ।
वाहनहरूको अन्तर राज्य आवगमन पनि खुल्ला रहने छ भने निजी वाहनहरूले पनि 9 अक्टोबर, 2020 सम्म अड-इवन फर्मूला पालन गर्नुपर्नेछ। साना वाहनहरू (भ्यान/कार) लाई केवल तीन जना यात्री तथा लक्जरी ट्याक्सी/एसयुवीहरूलाई पॉंच जना यात्री चड़ाउने अनुमति दिइएको छ। अर्कोतिर, सिनेमा हल, स्वीमिङ पूल, इन्टरटेन्मेन्ट पार्क, थिएटर भने अहिले बन्द नै रहनेछन्। वाणिज्यिक प्रतिष्ठानहरूले सामाजिक दूरीलाई कडारूपमा पालन गर्नुपर्नेछ भने प्रबन्धकलाई सबै कर्मचारीहरूद्वारा आरोग्य सेतु एपको प्रयोग सुनिश्चित गर्न लगाइएको छ। सरकारी कार्यालयहरूमा पनि शनिबार र आइतबार बाहेक अन्य सबै दिन काम चल्नेछ।
विवाह अनि अन्त्योष्टिमा केन्द्रिय गृह मन्त्रालयद्वारा जारी दिशानिर्देश लागू रहनेछ। यसैगरी, 65 वर्षदेखि माथि उमेर पुगेका मानिसहरू, 10 वर्षदेखि मुनि उमेरका नानीहरू, गर्भवती महिलाहरू, अन्य विभिन्न रोगले ग्रस्त मानिसहरूले विशेष सावधानी अपनाउनु पर्ने बताइएको छ। अर्कोतिर, राज्यका मुख्य सचिवद्वारा जारी दिशानिर्देशमा उक्त छुटहरू कन्टेनमेन्ट जोनहरूमा भने लागू हुने छैन भनी उल्लेख गरिएको छ। लकडाउन नियम उल्लंघन गर्ने मानिसहरू विरूद्ध कोविड 19 प्रबन्धन अन्तर्गत कानूनी कारबाही गरिने पनि बताइएको छ।

1 अक्टोबरदेखि अन्तर राज्य आवगमन खुल्ला, दिशानिर्देश जारी


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment