कोभिड-19 सित सम्बन्धित उचित व्यवहारका लागि प्रधानमन्त्रीले जनआन्दोलन शुरु गर्ने

कोभिड-19 सित सम्बन्धित उचित व्यवहारका लागि प्रधानमन्त्रीले जनआन्दोलन शुरु गर्ने
Please Like and Share our website Samay Dainik
  • 7
    Shares

नयाँ दिल्ली, 7 अक्टोबर 2020।प्रधानमन्त्री नरेन्द्र मोदीले 8 अक्टोबरको दिन ट्वीटको माध्यमद्वारा कोभिड-19 सित सम्बन्धित उचित व्यवहारबारे अभियान शुभारम्भ गर्नेछन्। आगामी चाड-पर्वका साथै हिउँदको मौसम र अर्थनीति पुनः खोल्ने प्रक्रियालाई ध्यानमा राख्दै यो अभियान शुरु गरिने भएको हो। जनमानसलाई जन आन्दोलनको निम्ति प्रोत्साहित गर्ने उद्देश्यका साथ यो अभियान शुरु गर्ने तय गरिएको हो। यो मास्क लगाउने, शारीरिक दूरी कायम राख्ने तथा हातको सर-सफाई कायम गर्ने जस्ता मुख्य सन्देशका साथ कम लागतको तर व्यापक प्रभावको पहल हुनेछ।सबैद्वारा कोभिड-19 विरुद्ध सङ्कल्प गरिनेछ। तल उल्लेखित बुँदाहरू अनुरूप केन्द्र सरकारको मन्त्रालय, विभागका साथै राज्य सरकार अनि केन्द्र शासित प्रदेशहरूद्वारा ठोस कार्ययोजना कार्यान्वयन गरिनेछ :

• बढी सङ्क्रमण देखिएका जिल्लाहरूमा क्षेत्र विशेष सञ्चार साधन,
• प्रत्येक नागरिकले सजिलै बुझ्ने सरल सन्देशहरू,
• सबै सञ्चार माध्यमको सहयोगमा देशव्यापी रूपमा प्रसारण,
• सबै सार्वजनिक स्थलमा पोस्टर अनि ब्यानर टाँगिनेछ; सबै अग्रपङ्क्तिका कर्मचारीहरूलाई सामेल गर्दै सरकारी योजनाका लाभार्थीहरूलाई लक्षित गरिनेछ,
सरकारी परिसरहरूमा होर्डिङ, भित्तेचित्र, ईलेक्ट्रनिक प्रदर्शनी बोर्ड लगाइनेछ,
• सन्देश प्रसारित गर्न स्थानीय साथै राष्ट्रिय दूतहरू संलग्न गरिनेछ,
• नियमित रूपमा जागरूकता फैलाउन मोबाइल भ्यान गुडाइनेछ,
जागरूकताबारे श्रव्य सन्देश, पर्चा, ब्रुसर बाँडिनेछ,
• कोभिडबारे सन्देश प्रसारित गर्न स्थानीय केबल अपरेटरहरूको सहयोग लिइनेछ,
• प्रभावी लोक सम्पर्कका साथ असरदार बनाउन समन्वित रूपमा सञ्चार अभियान चलाइनेछ। (पीआइबी)

कोभिड-19 सित सम्बन्धित उचित व्यवहारका लागि प्रधानमन्त्रीले जनआन्दोलन शुरु गर्ने


Please Like and Share our website Samay Dainik
  • 7
    Shares

Related posts

Leave a Comment