केन्द्रले गोर्खा जातिमाथि अवहेलना गरेको गोरामुमोको अनुभव

केन्द्रले गोर्खा जातिमाथि अवहेलना गरेको गोरामुमोको अनुभव
Please Like and Share our website Samay Dainik

दार्जीलिङ, 7 अक्टोबर।
गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले केन्द्र सरकारले गोर्खा जातिमाथि अवहेलना गरेको अनुभव गरिरहेको छ। तर अबउसो यस जातिमाथि यस्तो खेलाँची नगरियोस् भन्ने पनि पार्टीले केन्द्र सरकारलाई अपील गरेको छ। आज गोरामुमो केन्द्रिय समितिको एक आपतकालीन बैठक भएको थियो, जसमा केन्द्र सरकारले आजको वार्ताबारे पठाएको पत्रबारे नै चर्चा भएको थियो। यसैबारे जानकारी गराउँदै गोरामुमो प्रवक्ता महेन्द्र छेत्रीले केन्द्रिय गृह मन्त्रालयले 48 घण्टाको अवधिभित्र 7 अक्टोबरको दिन गरिने वार्ताबारे दुइवटा पत्र पठाएर सम्पूर्ण गोर्खा जातिलाई अन्यौलमा पारेको बताए। यसका साथै उनले गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले जीटीए (गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन)-लाई पहिलादेखि नै विरोध गरेको बताउँदै आजको वार्ताबाट नै जीटीएलाई खारेज गर्ने पहल शुरू होस् भन्ने चाहेको पनि बताए। उनले भने-गोरामुमोले जीटीएको विरोध गरिरहेको छ, यसैले जीटीएको विषयमाथि भएको वार्तामा गोरामुमोले भाग लिने कुरै आएन। तर यस वार्तामा भाग लिने केन्द्र सरकार र विमल गुरूङपन्थी गोजमुमोले जीटीएलाई खारेज गर्ने पहल पनि शुरू गर्नुपर्छ। किनभने, जीटीएमा सम्झौता गर्ने केन्द्र सरकार र विमल गुरूङपन्थी गोजमुमो हुन्। यसैले जीटीएलाई खारेज गरेर वर्ष 2021-अघि नै दार्जीलिङको लागि स्थायी राजनैतिक समाधानको लागि ठोस पहल अनि वार्ता पनि शुरू गरियोस्।

केन्द्रले गोर्खा जातिमाथि अवहेलना गरेको गोरामुमोको अनुभव


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment