गोरामुमोले राजनैतिक गतिविधिहरू अघि बढ़ाउने

गोरामुमोले राजनैतिक गतिविधिहरू अघि बढ़ाउने
Please Like and Share our website Samay Dainik
  • 1
    Share

दार्जीलिङ, 25 जून ( हिस)।
गोर्खा राष्ट्रिय मुक्ति मोर्चा दार्जिलिङ ब्राञ्च कमिटीको साङ्गठनिक सभा दार्जीलिङको एक रेस्टुराँमा सम्पन्न भयो। दार्जीलिङ शाखा अध्यक्ष अजय एड्वर्डको सभापतित्वमा बसेको साङ्गठनिक सभालाई ब्राञ्च प्रवक्ता प्रभास्कर ब्लोनले सञ्चालन गरेका थिए। दार्जीलिङ विधानसभा क्षेत्रका विधायक निरज जिम्बाको प्रमुख उपस्थितिमा बसेको सभामा गोरामुमो केन्द्रिय समितिका सदस्यहरूका साथै दार्जीलिङ ब्राञ्चअन्तर्गत 13 वटा समष्टिका पदाधिकारीहरू उपस्थित दिए।
आजको साङ्गठनिक सभामा कोरोना भाइरसको महामारीको बेला पार्टीले के कस्तो भूमिका खेल्यो सम्पूर्ण समष्टिहरूबाट जानकारी लिने कार्य गरियो। गोर्खा राष्ट्रिय भूतपूर्व सैनिक सङ्गठनका अध्यक्ष जेआर देवानको असामयिक निधन भएकोमा सभाले गहिरो शोक प्रकट गर्दै 1 मिनटको मौनधारण गर्दै श्रद्धाञ्जली अर्पण गरियो। यसरी नै रिक्त रहेको गोर्खा राष्ट्रिय भूतपूर्व सैनिक सङ्गठनको अध्यक्ष पदको निम्ति गोरामुमो अध्यक्ष मन घिसिङको तर्फबाट गोर्खा राष्ट्रिय भूतपूर्व सैनिक सङ्गठनका उपाध्यक्ष रिगा तामाङलाई 4 महिनाको निम्ति कार्यकारिणी अध्यक्षको पदमा नियुक्त गरियो।
शाखा अध्यक्ष अजय एड्वर्ड अनि केन्द्रिय सदस्यको बाहुलीबाट नियुक्ति पत्र हस्तान्तरण गरियो। आजको साङ्गठनिक समीक्षात्मक सभामा दार्जीलिङ ब्राञ्चअन्तर्गत 13 वटा समष्टिहरूमा आफ्नो क्षमताअनुसार विपन्न परिवारहरूलाई राहतस्वरूप खाद्य सामग्री, मास्क, पञ्जा साथै असहाय परिवारहरूलाई सहयोग पुर्‍याएकोमा सभाले ब्राञ्च अध्यक्ष अजय एड्वर्ड अनि विधायक निरज जिम्बालाई धन्यवाद प्रकट गर्‍यो। सभामा वर्तमान पहाड़ अनि तराई डुवर्सको राजनैतिक विषयमाथि छलफल गरियो।
कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै सरकारको अध्यादेशलाई ध्यानमा राख्दै अब पार्टीले राजनैतिक गतिविधिहरूलाई पनि अघि बढ़ाउने सभाले प्रस्ताव पारित गरेको छ। चाँडै भावी राजनैतिक कार्यक्रमहरूको घोषणा गर्ने दार्जीलिङ ब्राञ्च अध्यक्ष अजय एड्वर्डले जनाए। आफ्नो मन्तव्य राख्दै विधायक निरज जिम्बाले भने, गोरामुमो अध्यक्ष मन घिसिङको निर्देशनअनुसार मलाई मिरिक अनि खरसाङ महकुमामा यस कोरोना भाइरसको महामारीको बेला असहाय अनि विपन्न परिवारहरूलाई सहयोग पुर्‍याउने निर्देशन बमोजिम मैले जहाँसम्म सहयोग पुर्‍याउने कोशिश गरे। म जनताको सेवक हूँ, सकेसम्म म कोशिश सेवा गर्ने छु।
गोरामुमो समाजिक सेवा अभियानलाई जारी राख्दै अब पार्टीले राजनैतिक गतिविधिहरू पनि अघि बड़ाउने आज बसेको सभाले पारित गरेको छ। बर्खायामलाई मध्यनजर गर्दै आजको सभामा गोरामुमोले 13 वटा समष्टिहरूमा जहाँ पनि भल पैह्रो जान्छ, त्यहाँ सहयोग पुर्‍याउने साथै जेसीभी मशीन पनि व्यवस्था गरेको सन्दिप लिम्बूले जनाएका छन्।

गोरामुमोले राजनैतिक गतिविधिहरू अघि बढ़ाउने


Please Like and Share our website Samay Dainik
  • 1
    Share

Related posts

Leave a Comment