गान्धी, खादी तथा आत्मनिर्भर अभियान : राष्ट्र निर्माणप्रति नवीकृत प्रतिबद्धता

गान्धी, खादी तथा आत्मनिर्भर अभियान : राष्ट्र निर्माणप्रति नवीकृत प्रतिबद्धता
Please Like and Share our website Samay Dainik

गान्तोक, 10 सितम्बर।

स्वस्थ अनि समृद्ध समाज निर्माणका लागि महात्मा गान्धीद्वारा सिकाइएको आत्मनिर्भरताको पाठलाई पुनरूद्धार गर्दै पूर्णरूपले कार्यान्वयन गर्नका साथै यदि गरीबी उन्मूलनको लक्ष्य हासिल गर्ने दिशामा सफलता हासिल गर्नु छ भने खादी आन्दोलनका सबै पक्षलाई राम्ररी बुझ्न जरुरी छ। पत्र सूचना कार्यालय, इम्फाल तथा क्षेत्रीय लोक सम्पर्क कार्यालय, इम्फालद्वारा आज आयोजित वेबिनारमा यस विषयमाथि विमर्श गरियो।
मणिपुर विश्वविद्यालयको अर्थशास्त्र विभागका प्रोफेसर अमर युमनामले यस अवसरमा बोल्दै अर्थनीतिको आधुनिक चिन्तनधारा अधिकांश रूपमा महात्मा गान्धीका दर्शनहरूमा पाइने गरेको उल्लेख गरे। विकास अर्थनीतिमा लोकप्रिय विषय बन्न धेरै अघि नै मूल्य शृङ्खलाको परिकल्पना महात्मा गान्धीले गरेको उनले बताए। हामीले गान्धीजीका विचारहरूलाई समग्र रूपमा प्रयोग नगरी केवल उनीप्रति ओंठे भक्ति देखाइरहेको पनि उनले उल्लेख गरे। खादीको विषयमा हामीले सोच्दा केवल उत्पादहरूमाथि मात्र ध्यान केन्द्रित नगरेर खादी आन्दोलनका प्रक्रिया अनि गतिको परिप्रेक्ष्यमा पनि सोच्नुपर्ने प्रो. युमनामले बताए। आत्मनिर्भर भारत यिनै क्षेत्रीय अनि स्थानीय विविधतालाई बुझ्दै समग्रमा देशका जनमानसको उत्थानतर्फको प्रयास हो, उनले भने।
यस अवसरमा बोल्दै प्रधानमन्त्री नरेन्द्र मोदीले हाम्रो ध्यान एकपटक पुनः गान्धीवादी चिन्तन-दर्शनतर्फ आकर्षित गरेको कारण आत्मनिर्भरता नै राष्ट्र निर्माणको मुख्य औजार रहेको वरिष्ठ पत्रकार श्रीमती एन सबिताले बताइन्। गान्धीजीको खादी आन्दोलन विदेशी शक्तिको आर्थिक प्रभुत्त्वलाई चुनौती दिने मुख्य आधार मात्र नभएर भारतीय गाउँहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउँदै बेरोजगारको समस्या अन्त्य गर्ने औजार पनि रहेको उनले बताइन्। जनमानस गान्धीजीको विचारको केन्द्रविन्दु रहेको र यसै कारण भारतको समृद्धिमा गाउँहरू पनि अंश रहनुपर्ने कुरामाथि बल दिएको बताइन्।
आफ्नो सम्बोधनमा सूचना एवं प्रसारण मन्त्रालय अन्तर्गत पूर्वोत्तर क्षेत्रका अतिरिक्त महानिर्देशक एसएन प्रधानले आज हामी चुनौतीपूर्ण समयबाट गुज्रिरहेको हुँदा राष्ट्रपिताद्वारा तय प्रतिबद्धता दोहोऱ्याउनुपर्ने आवश्यकता महसुस गरिएको बताए। प्रधानमन्त्रीले एकपटक पुनः अधुरो कामप्रति सबैको ध्यान आकर्षित गरेका छन्, उनले भने। हाम्रो समृद्ध हस्तशिल्प एवं शिल्पकारिता, हाम्रो पारम्परिक कुटीर उद्योगसँग आधुनिक वाणिज्यसँग हातेमालो गर्दै विकास गर्ने क्षमता रहेको पनि उनले आशय व्यक्त गरे।
प्रतिभागीहरूलाई धन्यवाद दिँदै पीआइबी इम्फालका निर्देशक अभिशेख दयालले यो वेबिनार पत्र सूचना कार्यालयद्वारा विभिन्न महत्त्वपूर्ण विषयमाथि आयोजन गर्ने कार्यक्रमको शृङ्खला रहेको र यसमा अधिकारीगण, विशेषज्ञ तथा सञ्चारकर्मीहरूले एक मञ्चमा आएर आफ्नो विचार साझा गर्नुपर्ने बताए। महात्मा गान्धीका विभिन्न विचार-चिन्तनबारे स्वस्थ विमर्श अनि चर्चा-परिचर्चा शुरु गर्न सञ्चार माध्यमलाई आह्वान जनाउँदै गान्धीजीका दर्शनहरू हाम्रो समाजको अंश बन्नका साथै गरीब अनि पछि परेका तप्काको उत्थानमा धेरै सहयोग गर्ने उनले बताए।
महात्मा गान्धीको 150 औं जन्म वार्षिकीको निम्ति सालभरी कार्यक्रम आयोजन गरिने क्रम अन्तर्गत यो वेबिनार आयोजन गरिएको थियो। यस अवसरमा 30 जना अधिकारी अनि सञ्चारकर्मीले सहभागिता जनाए। (पीआइबी)

गान्धी, खादी तथा आत्मनिर्भर अभियान : राष्ट्र निर्माणप्रति नवीकृत प्रतिबद्धता


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment