देह व्यापार गर्नेहरूको भण्डाफोर

देह व्यापार गर्नेहरूको भण्डाफोर
Please Like and Share our website Samay Dainik

नोएडा, 27 मई (हिस)। दिल्लीसित जोडिएको जिल्ला गौतमबुद्ध नगरको ग्रेटर नोएडामा देशव्यापी लकडाउनबीच पुलिसले देह व्यापार गर्ने गिरोहको भण्डाफोर गरेको छ। पुलिसले दुई महिला समेत 6 जनालाई पक्राउ गरेको छ। पुलिस उपायुक्त तृतीय राजेश कुमार सिंहले बुधवार बताएअनुसार गए राती ग्रेटर नोएडामा गुप्तरूपमा अवैध देह व्यापार चलिरहेको थियो। सूचनाको आधारमा सिग्मा 1 सोसाइटीस्थित शिवम् गेस्ट हाउसमा छापा मारेर गेस्ट हाउसका मालिक, म्यानेजरसँगै दुई महिलालाई पक्राउ गरियो।
यस अवसरमा उनीहरूसँग दुई ग्राहक पनि थिए। पुलिस उपायुक्तले जानकारी दिएअनुसार आरोपिहरूको पहिचान गेस्ट हाउसको मालिक नयाँ दिल्ली निवासी अनीश कश्यप, म्यानेजर मण्डी हिमाचल प्रदेश निवासी दीपाल कृष्ण अनि दुई ग्राहक कसना निवासी राहुल शर्मा, दनकौर निवासी नीरज कुमारलाई पक्राउ गरिएको छ। उनले भने, उनीहरूको साथमा दुईजना महिलालाई पनि पक्राउ गरिएको छ। उनीहरूसँग गर्भनिरोधक औषधि, निरोध, मोबाइल, ट्यालेट आदि पनि पुलिसले भेटाएको छ। file photo source google 

देह व्यापार गर्नेहरूको भण्डाफोर


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment