न्यायमूर्ति एपी सुब्बाद्वारा लोकायुक्त अध्यक्षको शपत ग्रहण

न्यायमूर्ति एपी सुब्बाद्वारा लोकायुक्त अध्यक्षको शपत ग्रहण

गान्तोक, 10 जुलाई (हिस)। न्यायमूर्ति एपी सुब्बाले आज सिक्किम लोकायुक्तको अध्यक्षको रूपमा शपत ग्रहण गरेका छन्। नयॉं राजभवनमा आयोजित शपत ग्रहण समारोहमा राज्यपाल गंगा प्रसादले न्यायमूर्ति सुब्बालाई पद अनि गोपनियताको शपत दिलाए। शपत ग्रहणपछि लोकायुक्तका अध्यक्षलाई मुख्यमन्त्री पीएस तामाङसहित अन्य आमन्त्रित अतिथिहरूले खादा लगाइदिएर बधाई दिए। यस अघि राज्यका मुख्य सचिव एससी गुप्ताले नियुक्ति अधिपत्र पढ़ेर सुनाएका थिए। आईपीआर विभागअनुसार न्यायमूर्ति एपी सुब्बा सिक्किम लोकायुक्तको अध्यक्ष पदमा नियुक्ति हुने प्रथम सिक्किमे न्यायाधीश हुन्। उनी सिक्किम उच्च न्यायालयका न्यायाधीश नियुक्त बन्ने पनि पहिलो सिक्किमे हुन्। यसअघि उनी सिक्किम कानून आयोगका अध्यक्ष पदमा असिन् थिए। शपत ग्रहण समारोहमा आज मुख्यमन्त्री तामाङसहित सिक्किम विधानसभाका अध्यक्ष एलबी दास, सिक्किम उच्च न्यायालयकी न्यायाधीश श्रीमती न्यायमूर्ति मिनाक्षी मदन राई, न्यायाधीश न्यायमूर्ति भास्करराज प्रधान, केबिनेट मन्त्रीहरू, विधायकहरू, सांसदहरू, विभागीय अधिकारीहरू आदि उप​स्थित थिए।

जनताले कानुनी लड़ाईं लड़ेर भएपनि आफ्नो जन्मसिद्ध अधिकार लिनुपर्छ : पवन चामलिङ

जनताले कानुनी लड़ाईं लड़ेर भएपनि आफ्नो जन्मसिद्ध अधिकार लिनुपर्छ : पवन चामलिङ

न्याय खोज्दै तीनवटा जिल्लाका जनता पुगे एसडीएफ भवनजगन दाहाल गान्तोक, 9 जुलाई। गलत मान्छे चौकीमा पुग्यो भने गलत मान्छेकै बोलबाला चल्छ। चुनाउमा गुण्डा, भट्टू, चोर सबैले उठ्न पाउछन् तर त्यसमा जनताको फैसला राम्रो हुनुपर्छ। सिक्किमको वर्तमान सरकारले जनतालाई न्याय दिँदैन। जनताले डर, अन्याय र दुःख पाउँछन् यो सरकार रहुञ्जेल। सङ्गठनमा शक्ति हुन्छ त्यसैले जनता सङ्गठित बन्नुपर्छ। डरको कारण सत्तारूढ़ पार्टीमा जानु भनेको अत्याचारीलाई बढ़ावा दिनु हो। यो कुरा पूर्व मुख्यमन्त्री तथा एसडीएफ पार्टीका अध्यक्ष पवन चामलिङले बताएका हुन्। आज इन्दिरा बाइपासस्थित एसडीएफ मुख्यालयमा पार्टी अध्यक्षसमक्ष अन्यायको गुनासो बोकेर आएका तीनवटा जिल्लाका प्रतिनिधिहरूलाई सम्बोधन गर्दै उनले वर्तमान स्थितिलाई हेर्दा सिक्किम सरकार नै असुरक्षित रहेको बताए। पार्टी अध्यक्ष पवन चामलिङले भारत सरकारको नियमअनुसार यस्तो स्थितिमा श्रमजिवीहरूले पूर्णरूपमा खान, लाउन, दवाई पानी पाउनुपर्ने हो तर यस्तो भएको छैन भने। उनले वर्तमान सरकार प्रजातन्त्रिक ढङ्गमा छानिएको भएपनि अप्रजातन्त्रिक काम गरिरहेको छ भने। उनले भने, अब सिक्किमे जनताले राजनीतिक शक्तिलाई हातमा राख्नुपर्छ। जनतालाई सङ्गठित भएर आफ्नो राजनीतिक अधिकारको प्रयोग गरेर बस्ने अपील गर्दै उनले आगामी 2024-को सिक्किम विधानसभा चुनाउको निम्ति राजनीतिमा नयाँ प्रयोग ल्याउने जानकारी दिए भने उनले 2024-को चुनाउ आफ्नै नेतृत्वमा लड्ने र पार्टीले कम्तिमा 80 प्रतिशत नयाँ अनुहार मैदानमा उतार्ने बताए। एसडीएफ अध्यक्षले अब आफू मुख्यमन्त्री होइन तर 1994-को जस्तो जवान भएर चुनावी… Read More

मुख्यमन्त्रीले भुल बुझाबुझ भनेर ढाकछोप गर्नु होइन, भुल गर्नेहरूमाथि कानूनी कार्वाही गर्नुपर्छः एसडीएफ

मुख्यमन्त्रीले भुल बुझाबुझ भनेर ढाकछोप गर्नु होइन, भुल गर्नेहरूमाथि कानूनी कार्वाही गर्नुपर्छः एसडीएफ

गान्तोक, 8 जुलाई। सिक्किमभित्र प्रवेश गर्नका निम्ति आपदा प्रबन्धन अधिनियमलाई पालन गर्नु अनिवार्य रहेको हुँदाहुँदै पनि फोन कलको भुल बुझाबुझले अवैध प्रवेश भएको काण्डलाई मुख्यमन्त्रीले ‘जस्टिफाइ’ गर्नु उनको गैर जिम्मेवारीपूर्ण बयान र अपराधलाई ढाकछोप गर्ने कार्य हो भन्दै एसडीएफ पार्टीले यस कुराको घोर प्रतिवाद जनाएको छ। आज पार्टीका प्रवक्ता प्रशान्त छेत्रीले एउटा प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, आपदा प्रबन्धन अधिनियम लागू भइरहेको समयमा गत 1 जुलाईको दिन पाँचजना मानिस अवैधरूपले सिक्किम भित्रिनु सिक्किम र सिक्किमे जनताको लागि अत्यन्तै दुर्भाग्यपूर्ण घटना हो। विज्ञप्तिमा भनिएको छ, यस घटनाले राज्य सरकार अनि पुलिस प्रशासनले सिक्किमेली जनताको ज्यानसँग हद दर्जाको हेलचेक्ˆयाई गरेको छ। यसरी नै 8 जुलाईको दिन विभिन्न स्थानीय समाचार पत्रहरूमा प्रकाशित भुल बुझाबुझको परिणामले अवैध प्रवेश काण्ड हो भनेर मुख्यमन्त्रीले गैर जिम्मेवार अनि झूटा कुरा गरेको पनि एसडीएफ पार्टीले ठहर गरेको छ। पार्टीले भनेको छ, स्टेट टास्क फोर्सका समन्वयक रिञ्जिङ दोर्जी भोटियालाई जाँचको जिम्मेवारी सुम्पिएको र जाँच रिपोर्टमा ती व्यक्तिहरू र पुलिसकर्मीहरूबीच भुल बुझाबुझको कारण प्रवेश भएको र पुलिस निलम्बन रद्द गरिएको भन्ने मुख्यमन्त्रीको अर्को बयान पनि समाचार पत्रहरूमा प्रेसित छ। एसडीएफ पार्टीले भनेको छ, मुख्यमन्त्रीका यी बयानहरूलाई एसडीएफ पार्टी अत्यन्तै गैर जिम्मेवारी बयान भनी ठहर गर्दछ। जनाधिकारले उनलाई राज्य सञ्चालन गर्ने अहम दायित्व दिएको छ। उनी सिक्किमेली जनताको दायित्वशील पदमा… Read More

मुख्यमन्त्रीले दिएको स्पस्टिकरण नाटकको ‘पार्ट टू’ : भरत बस्नेत

मुख्यमन्त्रीले दिएको स्पस्टिकरण नाटकको ‘पार्ट टू’ : भरत बस्नेत

गान्तोक, 8 जुलाई। सिक्किम प्रदेश कांग्रेस कमिटीका अध्यक्ष भरत बस्नेतले मल्ली काण्डलाई लिएर सरकारलाई कठघरामा उभ्याएका छन्। उनले मल्ली काण्डमा राज्यका मुख्यमन्त्री प्रेम सिंह ताममाङले दिएको स्पस्टिकरणलाई नाटकको पार्ट टू बताएका छन्। उनले मल्लीकाण्डमा सरकारले दिएको फैसला जनताले स्वीकार गर्न नसक्ने बताउँदै यसमाथि राज्यपालले हस्तक्षेप गर्नुपर्ने माग राखेका छन्। अध्यक्ष बस्नेतले राज्यका विपक्षी विधायकहरूलाई यस्तो समयमा सरकारको कार्यविरुद्ध आवाज उठाउने अपील गरेका छन्। उनले आफ्नो पक्षबाट दिल्ली राष्ट्रिय कांग्रेसमा पनि लगातार सम्पर्क भइरहेको जानकारी दिएका छन्। मल्लीकाण्ड, मुख्यमन्त्रीको कुरा नाटकको पार्ट टू- भरत बस्नेत गान्तोक, 8 जुलाई। मल्ली काण्डमा सरकारका कम्जोरीहरू अघि ल्याउँदै सिक्किम प्रदेश काङ्ग्रेस समितिका अध्यक्ष भरत बस्नेतले राज्यका मुख्यमन्त्री, मुख्यसचिव अनि डीजीपीसम्मलाई पनि कठरामा उभ्याउने काम गरेका छन्। आज सिक्किम प्रदेश काङ्ग्रेस कमिटिको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष भरत बस्नेतले मल्ली काण्डमा मुख्यमन्त्रीले राखेको कुरालाई मल्ली काण्डको नाटक पार्ट टू भनि नामाकरण गरेका छन्। उनले सिक्किम सरकारले आफूले बनाएको नियम आफैं उल्लङ्घन गरिरहेको छ भन्दै मल्ली काण्डमा सरकारका गल्ती औंल्याएका छन्। उनले सरकारका नोटिफिकेसनहरू देखाउँदै मल्ली चेकपोस्टबाट छिर्ने वाहनमा पाँच जना रहेको जसमा तीन जनालाई मात्र चढ्ने अनुमति छ भनेका छन्। उनले कोविड-19 महामारीको समयमा सिक्किम छिर्नेको सिक्किम सब्जेक्ट हुनुपर्छ भन्ने सरकारको नोटिफिकेशनमाथि पनि उनले प्रश्न उठाएका छन् भने यसमा गौरी शङ्करका दाजु भाइमात्र जोरथाङवासी… Read More

निष्कासित निष्कासित खेल्दैछ गोर्खालीग

निष्कासित निष्कासित खेल्दैछ गोर्खालीग

दार्जीलिङ, 8 जुलाई। अखिल भारतीय गोर्खालीगका संयोजकद्वय भारती तामाङ, एसके प्रधानहरूले प्रताप खाती पनि पार्टीबाट निष्कासित गरिदिए। आज उनीहरूले दार्जीलिङमा एक पत्रकार सम्मेलनको आयोजना गरेर प्रताप खातीले गोर्खालीगको सदस्यता ग्रहण गर्नपरे एक आवेदन गर्नुपर्ने अनि आवेदन नगरे गोर्खालीगको सदस्य बन्ने अवसर पनि नपाउने बताए। यति मात्रै होइन, प्रताप खातीहरूले स्थानीय लाडेनला रोडस्थित गोर्खालीग पार्टी कार्यालयको ताला तोड़ेर हिजो एक बैठक गरेको आरोप लगाउँदै भारती तामाङ, एसके प्रधानहरूले खाती साथै मीना सुब्बा विरूद्ध एक प्राथमिकी पनि दर्ता गरेका छन्। स्मरण गराइन्छ, हिजो मात्रै प्रताप खातीले स्थानीय लाडेनला रोडस्थित पार्टी कार्यालयमा एक आपतकालीन बैठकको आयोजना गरी एसके प्रधानलाई 6 वर्षको लागि पार्टीको प्राथमिक सदस्यताबाट निष्कासित गरेको घोषणा गरेका थिए भने एक सप्ताहभित्र पार्टीका सम्पूर्ण कागज पत्र नबुझाए उनीविरुद्ध कानूनी कार्वाही गर्ने पनि चेताउनी दिएका थिए। तर यसको ठीक एक दिनपछि एसके प्रधान, भारती तामाङ आदिले फेरि प्रताप खातीलाई नै पार्टीबाट पूर्णरूपले निष्कासित गरिएको घोषणा गर्दै प्रताप खातीले पार्टीको हिसाब-किताब, पार्टीको लेटर हेड आदि शीघ्र बुझाउनुपर्ने बताएका छन्। प्रधानले भने, प्रताप खातीसित सब मिलाएर 4 जना मात्रै छन्, जसले आफैलाई अरिजिनल पार्टीका नेता भन्छन्। अरिजिनल पार्टीका नेतृत्वहरू भारती तामाङ, एसके प्रधान, लक्ष्मण प्रधानहरू हुन्। यसैले अहिले पनि चुनाउ आयोगले भारती तामाङको नेतृत्वमा नै रहेको गोर्खालीगलाई मान्यता दिइरहेको छ। उनलाई प्रताप खातीले पार्टीको प्राथमिक… Read More

पूर्वोत्तरमा शीघ्रै गठन हुनेछ गोजमुमो,प्रत्येक चुनाउमा भाग लिने घोषणा

पूर्वोत्तरमा शीघ्रै गठन हुनेछ गोजमुमो,प्रत्येक चुनाउमा भाग लिने घोषणा

दार्जीलिङ, 5 जुलाई। विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चाले आगामी केही दिनपछि पूर्वोत्तर क्षेत्रका आसाम, मेघालय, अरूणाचल र मणिपुरमा पार्टीको शाखा समितिहरू खोल्ने अनि आगामी दिनमा हुने सबै चुनाउहरूमा भाग लिने घोषणा गर्‍यो। एनपीपी (नेशनल पिपल्स पार्टी)-का अध्यक्ष कर्नार्ड साङ्माले आज इम्फालबाट उत्तर बंगालमा पनि एनपीपीको शाखा समिति गठन गरिएको घोषणा गरेपछि नै गोजमुमो अध्यक्ष विनय तामाङले पनि आफ्नो पार्टीलाई पूर्वोत्तरमा बिस्तार गर्ने घोषणा गरेका हुन्। उनले भने-एनपीपीलाई राष्ट्रिय पार्टीको आशिर्वाद प्राप्त छ भन्ने छनक पाइएको छ, यसैले त्यसै राष्ट्रिय पार्टीले नै आगामी 2021-को विधानसभा चुनाउको लागि एनपीपीलाई उत्तर बंगालमा ल्याएको हो। ताकि उत्तर बंगालका गोर्खा, आदिवासी, राजवंशी अनि अन्य् अल्पसंख्यक समुदायको भोट हत्याउन सकोस्। उनले एनपीपीलाई भारतीय जनता पार्टीकै बी टीम हो भन्ने बताउँदै भने-दार्जीलिङले भाजपालाई दार्जीलिङ संसदीय आसनबाट सांसद दिएको 15 वर्ष भइसक्यो, यसरी नै उत्तर बंगालका धेरै जनताले भाजपामाथि आस्था राखेर नै भोट दिइरहेका छन्। तर यसको साटो भाजपा नेतृत्वावधीन केन्द्र सरकारले उत्तर बंगालको लागि अहिलेसम्म केही दिएको छैन। यसैले अर्को वर्ष 2021-मा बंगाल विधानसभाको चुनाउको समय यहाँका जनताको भोट हत्याउन कुनै उपाय नदेख्दा नै भाजपाले एनपीपीलाई यस क्षेत्रका जनताको भोट हत्याउन यहाँ ल्याएको हो। उनले भने-गणतन्त्रमा कसैले पनि, कहीं पनि पार्टी खोल्न सक्छ, तर एनपीपीले उत्तर बंगालमा शाखा खोल्नुमा केवल भाजपाको हात छ। यसैकारण गोर्खा जनमुक्ति मोर्चा… Read More

22 वटा कोरोना पोजिटिभ मामिला थपियो

22 वटा कोरोना पोजिटिभ मामिला थपियो

गान्तोक, 05 जुलाई (हिस)। सिक्किममा कोरोना भाइरसको थप 20 वटा पोजिटिभ मामिला आएको छ। शनिवार कुल 141 जनाको नमूना जाँच गरिँदा 20 जनाको रिपोर्ट पोजिटिभ आएको हो। रहल 121 जनाको रिपोर्ट भने नेगेटिभ आएको छ। पोजिटिभ रिपोर्ट आउने सबै एसएसबीका जवान रहेका छन्। यी सबै यसअघि पोजिटिभ रिपोर्ट आएका एसएसबी जवानको सिधा सम्पर्कमा रहेका व्यक्तिहरू थिए। स्वास्थ्य विभागका सचिव एवम् महानिर्देशक डा. पेम्पा टी. भोटियाले जानकारी गराएअनुसार शनिवार १४१ जनाको जाँच गराइएको थियो। यसरी नै दिल्लीमै जाँच गरी फर्केका एक व्यक्ति अनि सिक्किम फर्कनेहरूको सेवामा खटेका एक व्यक्तिको रिपोर्ट पनि पोजिटिभ आएको हुँदा आज कुल २२ जनाको रिपोर्ट पोजिटिभ आएको छ। अर्कोतिर तीनजनाको रिपोर्ट नगेटिभ आएपछि अस्पतालबाट छुट्टी दिइएको छ। राज्यमा हाल कोरोना भाइरसको पोजिटिभ मामिला 51 पुगेको छ भने 61 जना स्वस्थ भएका छन् अनि 13 जना राज्य बाहिर गइसकेका छन्।

सिक्किमले कोभिड-१९ विरुद्ध उल्लेखनीय काम गर्दैछ : एलआर विश्‍वनाथ

सिक्किमले कोभिड-१९ विरुद्ध उल्लेखनीय काम गर्दैछ : एलआर विश्‍वनाथ

‘सिक्किममा प्रभावी कोभिड प्रबन्धन – अनुकरणीय पहल’ विषयमा पीआइबी गुवाहाटीद्वारा वेबिनार आयोजित गुवाहाटी, २ जुलाई, २०२०| कोभिड-१९ विरुद्धको सङ्घर्षमा सिक्किमले उल्लेखनीय काम गरिरहेको सूचना एवं प्रसारण मन्त्रालय अन्तर्गत पूर्वोत्तर क्षेत्रका महानिर्देशक एवं विभाग प्रमुख एलआर विश्‍वनाथले बताएका छन्| सिक्किमले कोभिड महामारी विरुद्ध चालेको कदमहरू प्रकाश पार्दै उनले वेबिनारलाई सम्बोधित गरिरहेका थिए, ताकि अरू राज्यले पनि सिक्किमको पदक्षेपहरू अनुकरण गर्नसकून्| ‘सिक्किममा प्रभावी कोभिड प्रबन्धन – अनुकरणीय पहल’ विषयमा पत्र सूचना कार्यालय, गुवाहाटीद्वारा  आजको वेबिनार आयोजित गरिएको थियो| यस्तो सङ्कतको स्थितिमा वेबिनारको प्रभावबारे बोल्दै एलआर विश्‍वनाथले अनुकूल सञ्चार रणनीतिको परिवेशमा नीति निर्णय लिने प्रमुख व्यक्तिहरूका साथमा सञ्चार रणनीति तयार पार्ने र त्यसलाई कार्यान्वयन गर्ने पत्रकारहरूले एकजुट भई वर्तमान सङ्कटको स्थितिबारे चर्चा गर्दै जनसाधारणसम्म प्रसारित गर्ने विश्‍वसनीय माध्यम बनेको बताए| पूर्वोत्तरका राज्यहरूमा सङ्कटको स्थिति कसरी व्यवस्थित गरिँदैछ भन्ने विषयमा पत्रकारहरूलाई सचेत गराउन पीआइबीले कोभिड-१९ विषयमा शृङ्खलाबद्ध रूपमा वेबिनार आयोजन गरिरहेको पनि उनले बताए| कोभिड-१९ महामारीको समय सिक्किम सरकारले शुरुदेखि नै आवश्यक रोकथामका उपाय अप्नाउँदै सङ्कटको स्थितिलाई प्रभावी तरिकाले सम्हालेको सिक्किम सरकारका कोभिड-१९ समन्वयक एवं कनिष्ठ सचिव सन्नी खरेलले वेबिनारलाई सम्बोधन गर्ने क्रममा जानकारी दिए| सिक्किम सरकारले कोभिड-१९ नियन्त्रित राख्न अप्नाएको रणनीतिबारे पनि उनले विस्तारका साथ जानकारी दिए| हालसम्म ६ लाख ५० हजारभन्दा धेरै व्यक्तिको जॉंच राज्यले सम्पन्न गरिसकेको उनले अवगत गराए| रोकथाम उपायको… Read More