डा. खानको निधनमा पवन चामलिङद्वारा शोक प्रकट

डा. खानको निधनमा पवन चामलिङद्वारा शोक प्रकट
Please Like and Share our website Samay Dainik
  • 13
    Shares

सिङ्तामका वरिष्ठ चिकित्सक डा. अब्दुल हाफिज खानको निधनमा पूर्व मुख्यमन्त्री एवं एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङले गहिरो शोक प्रकट गरेका छन्। उनकी श्रीमती प्रविण खान एसडीएफ पार्टी चेली मोर्चाकी वरिष्ठ नेत्री रहेको बताउँदै पवन चामलिङले भनेका छन्, डा. खानले केही समयसम्म सरकारी डाक्टरको रूपमा सेवा दिएका थिए। उनी छोटो समयमा नै एक परिचित डाक्टर बन्न सकेका थिए। छोटो समयको सरकारी सेवाबाट अवकास लिएपछि निजी अस्पताल सञ्चालन गर्ने डाक्टर खान एक जना सामाजिक कार्यकर्ता र बुद्धिजीविका रूपमा परिचित थिए। उनको निधनले शुभचिन्तकहरूलाई दुखित बनाइदिएको छ भन्दै यो शोकको घडीमा परिवारलाई यो क्षतिको सामना गर्ने शक्ति ईश्‍वरले प्रदान गरून् भन्ने कामना पनि पवन चामलिङले गरेका छन्।

सङ्तामका प्रसिद्ध चिकित्सक डा. खान अब रहेनन्

सिङ्ताम, 1 अक्टोबर।
सिङ्तामका एक वरिष्ठ चिकित्सक डा. अब्दुल हाफिज खानले आज यस संसारबाट बिदा लिए। डा. खानको आज बिहान लगभग 11.30 बजी हृदयाघात भएर निधन भएको उनको परिवारसूत्रले बताएका छन्। डा. खानको निधनले सिङ्ताम मात्रै नभएर सिक्किमका विभिन्न स्थानमा रहेका उनका शुभचिन्तकहरूले दुःख व्यक्त गरिरहेका छन्। 68 वर्षीय डा. खानले सिङ्ताम सरकारी अस्पतालमा पनि नोकरी गरेका थिए भने सिङ्ताम बजारमा धेरै वर्षअघिदेखि चिकित्सा क्लिनिक चलाउँदै आइरहेका थिए। डा. खान सिक्किमका एक निपुण बेडमिन्टन खेलाड़ी पनि हुन्। सिङ्ताम अनि वरिपरि आयोजित विभिन्न खेलकूददेखि लिएर सबै प्रकारको कार्यक्रमहरूमा पनि स्व. डाक्टर खानले यथेष्ठ सहयोग पुर्‍याउने गरेका थिए। गरीब तथा बिरामीहरूलाई सक्दो सहयोग पुर्‍याउने स्व. डा. खानले आफूपछि पत्नी प्रवीण खान (भोटिया), छोरा-बुहारी अनि छोरी-ज्वाँईलाई छोड़ी गएका छन्। भोलि 2 अक्टोबर, लगभग 3 बजी बेलुकी स्व. डाक्टर खानको अन्तिम दाह-संस्कार मुस्लिम धर्मअनुसार रम्फू माइनिङस्थित मुस्लिम शमशान-घाटमा सम्पन्न गरिने उनको परिवारले जनाएका छन्।
स्मरणरहोस्, शान्तिनगर गाउँ सुधार समितिका सल्लाहकार पनि रहेका डा. खानको निधन भएपछि सिङ्ताम जिल्ला अस्पतालका चिकित्सकहरूले उनको कोरोना जाँच गर्दा नेगेटीव आएको बताइएको छ।

डा. खानको निधनमा पवन चामलिङद्वारा शोक प्रकट


Please Like and Share our website Samay Dainik
  • 13
    Shares

Related posts

Leave a Comment