अनलाइन राष्ट्रिय कुङ फु च्याम्पियनशीपमा दोर्जे तामाङले जिते काँस्य पदक 

अनलाइन राष्ट्रिय कुङ फु च्याम्पियनशीपमा दोर्जे तामाङले जिते काँस्य पदक 
Please Like and Share our website Samay Dainik

खरसाङ, 26 मई (हिस)। खरसाङको दोर्जे तामाङले पहिलो अनलाइन कुङ फु राष्ट्रिय च्याम्पियनशीपमा काँस्य पदक जितेका छन्। भारतीय कुङ फु एसोसिएसनले गत 15 देखि 18 मईसम्म प्रथम अनलाइन राष्ट्रिय कुङ फु थौलो च्याम्पियनशीप आयोजना गरेको थियो जसमा दार्जीलिङ जिल्ला कुङ फु एसोसिएसनको तर्फबाट तीनजना नानीहरूले सहभागिता जनाएका थिए।
उक्त पहिलो अनलाइन कुङ फु राष्ट्रिय च्याम्पियनशीपमा खरसाङको बुञ्चर बस्तीका दोर्जे तामाङ नानीले काँस्य पदक जित्न सफल भएका छन्। यसरी दोर्जे तामाङले काँस्य पदक जितेकोमा तिनका कोच बिमल प्रधानले पत्रकारहरूलाई जानकारी गराउँदै दोर्जे तामाङले खरसाङ र दार्जीलिङ कुङ फु एसोसिएसन दार्जीलिङ जिल्लाको टीमलगायत सम्पूर्ण पहाड़वासीलाई नै गौरान्वित बनाएको बताए। उनले दोर्जे तामाङको अभिभावक, कोच लगायत सबैलाई बधाई पनि दि​ए।

अनलाइन राष्ट्रिय कुङ फु च्याम्पियनशीपमा दोर्जे तामाङले जिते काँस्य पदक 


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment